• ६ साउन २०८१, आइतबार

प्रतिनिधिसभा बैठक जारी

blog

काठमाडौं, साउन ३१ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक जारी रहेको छ । बैठक मङ्गलबार बिहान ११ बजेदेखि सुरु भएको हो ।

आजको बैठकमा प्रतिनिधिसभाका सचिवले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारको लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपति कार्यालय  पत्रको जानकारी गराउनुभएको छ ।

त्यस्तै, सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको जानकारी गराउनुभएको छ ।

सभामुखले अर्थ समितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।