• ६ जेठ २०८१, आइतबार

पश्चिम नेपालमा लगातार भूकम्प, एक वर्षमा १८ ठूला धक्का

blog

काठमाडौं, कात्तिक १८ गते । पश्चिम नेपालमा लगातार ठूला भूकम्पहरु गएका छन् । एक वर्षमा पश्चिम नेपालमा १८ वटा ठूला भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांकअनुसार गतवर्ष कात्तिक २२ गतेदेखि अहिलेसम्म ५ रेक्टरस्केल माथिका १८ वटा भूकम्प गएका छन् । 

पश्चिम नेपालका जाजरकोट, बझाङ्, बाजुरा, डोटी, बाग्लुङ् धादिङ र  दोलखा जिल्लामा केन्द्रबिन्दु गराएर ५ रेक्टरभन्दा माथिका १८ वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । एक बर्षमा सबैभन्दा बढी बझाङ् केन्द्रबिन्दु भएर ठूलो भूकम्प गएको छ । 

बझाङ् केन्द्रबिन्दु भएर २०७९ कात्तिक २६ गते ५.४ रेक्टरस्केल, २०८० असोज १६ गते ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो । सोही दिनमै करिब एक घण्टाको अन्तरमा ६.३ र ५.१ रेक्टरस्केलको भूकम्प गएको तथ्यांक छ । त्यसपछि उक्त क्षेत्रमा १०० बढी पराकम्पहरु गएका छन् । 

यस्तै, बाजुरा जिल्लामा २०७९ माघ १० गते ५.९ रेक्टरस्केल, २०७९ फागु्न १० गते ५.२ रेक्टरस्केल, २०८० बैशाख १५ गते ५.९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक छ । 

सुदूरपश्चिमकै जिल्ला डोटी केन्द्रबिन्दु भएर २०७९ कात्तिक २२ गते ५.७ रेक्टरस्केलको भूकम्प गएको थियो । २०७९ पुस १३ गते बाग्लुङ् केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो । यसबेला पनि पराकम्पनहरु निरन्तर आइरहेका थिए । २०७९ चैत १८ गते दोलखा केन्द्रविन्दु भएर ५.२ रेक्टरस्केलको भूकम्प गएको छ । 

२०८० कात्तिक ५ गते धादिङ केन्द्रबिन्दु भएर ६.१ रेक्टरस्केलको भूकम्प गएको थियो । सोही दिन नै उक्त क्षेत्रमा ५.१ रेक्टरस्केलको अर्को ठूलो भूकम्प गएको थियो । त्यसपछि उक्त क्षेत्रमा लगातार पराकम्प गएका थिए । 

हिजो शुक्रबार जाजरकोट केन्द्रविन्दु भएर अर्को ठूलो भूकम्प गएको छ । राति ११ः ४७ बजे जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको ठूलो भूकम्पपछि त्यहाँ पनि लगातार १७५ बढी परकम्पहरू गइसकेका छन् । 

पश्चिम नेपालमा लामो समयदेखि भूकम्प नगएका कारण त्यहाँ भूकम्पको ठूलो जोखिम रहेको विज्ञहरूले बताउँदै आउनुभएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले पश्चिम नेपाल भूकम्पको जोखिम क्षेत्र नै भएकाले भूकम्प निरन्तर गइरहेको छ ।  

यी ठूला भूकम्पबाहेक पश्चिम नेपालका अन्य जिल्लाहरूमा चारदेखि पाँच म्याग्निच्युडबीचका भूकम्पहरू गएको देखिन्छ । दार्चुला, बाग्लुङ, कास्की, हुम्ला, लम्जुङ, रुकुम पूर्व, गोरखा, मुगु, दैलेख र अछाममा स–साना भूकम्पहरू ८२ वटा गइसकेको भूकम्प मापन केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

यो पनि पढ्नुहोस

भूकम्प प्रभावितलाई एमालेले एक करोड रुपियाँ सहयोग गर्ने

रुसका राष्ट्रपति पुटिनद्वारा गहिरो दुःख व्यक्त

भूकम्प प्रभावितलाई १० लाख र स्वास्थ्य सामग्री सहयोग

सहयोग गर्न अमेरिका तत्पर छ : अमेरिकी दूतावास

जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुग्यो

भूकम्प प्रभावितलाई बागमती प्रदेशको एक करोड ५० लाख सहयोग

उद्धारमा परिचालन भएका जहाजलाई निगमको निःशुल्क इन्धन

भूकम्प प्रभावित जिल्लाका कर्मचारीलाई बिदा नबस्न निर्देशन

भूकम्पपीडितको उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको आग्रह

एनसेलद्वारा भूकम्पपीडित राहत कोषमा ५० लाख सहयोग

भूकम्पका घाइतेकाे उपचार सरकारले निःशुल्क गर्ने

लुम्बिनीले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने

कोशी सरकारले भूकम्पपीडितलाई एक करोड सहयोग गर्ने

सरकारले बनायो इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टर सक्रिय

एनआरएनएले भूकम्पपीडितलाई १० लाख सहयोग गर्ने

भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा निःशुल्क

पूर्व राष्ट्रपति यादवद्वारा उद्धार र राहतमा जोड दिन आग्रह

कांग्रेसद्वारा भूकम्प प्रभावितलाई रु ५० लाख सहयोग

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।