• ५ जेठ २०८१, शनिबार

रुसका राष्ट्रपति पुटिनद्वारा गहिरो दुःख व्यक्त

blog

रुसका राष्ट्रपति भ्लाीदीमीर पुटिन

काठमाडौँ,  कात्तिक १८ गते । रुसका राष्ट्रपति भ्लाीदीमीर पुटिनले गएराति पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको  धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । 

उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार एक पत्र पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद घटनाबाट पीडित नेपालीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । 

राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितहरुका आफन्त तथा शुभेच्छुक नेपाली जनताप्रति आफ्नो साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ ।