• २२ मङ्सिर २०८२, सोमबार

झोलुङ्गे पुलबाट खसेर महिलाको मृत्यु

blog

कविराज घिमिरे 
हिले (धनकुटा), मङ्सिर २२ गते ।
धनकुटाको साँगुरीगढी गाउँपालिकाको लेउती खोलाको झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं. ६ की ७८ को बिस माया लिम्बुको झोलुङ्गे पुलबाट खसेर घटनास्थलमै मृत्यु भएको हो ।

आइतबार साँझ साँगुरीगढी गाउँपालिका वडा नं. ४ को लेउती खोलाको झोलुङ्गे पुल तर्ने क्रममा अचनाक पुलबाट लिम्बु खोलामा खस्नुभएको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार पुल तर्ने क्रममा लिम्बु अचानक पुलबाट चिप्लिएर लड्नु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका सूचना अधिकारी डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।