• ८ वैशाख २०८१, शनिबार

युवामा मधुमेहको समस्या बढ्दै

blog

काठमाडौं, कात्तिक २८ गते । चिकित्सकका अनुसार शरीरको रगतमा चिनीको मात्रा आवश्यक पर्छ । यदि रगतमा चिनीको मात्रा आवश्यकभन्दा बढी भएमा मधुमेह हुने गर्छ । 

मधुमेह रोग विशेषज्ञ डा. दीपक मल्ल हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । यो हर्मोन पेटमा अर्थात् पेङ्क्रियाजले उत्पादन गर्छ । यसको उत्पादन कम भयो भने या हर्मोनले राम्रोसँग काम गरेन भने  रगतमा चिनीको मात्रा बढ्ने डा. मल्ल बताउनुहुन्छ । 

कतिपय मधुमेह वंशानुगत भए पनि आफ्नै जीवनशैलीका कारण मधुमेह हुने गर्छ । डा.मल्लका अनुसार मधुमेह टाइप वान र टाइप टु गरेर दुई प्रकारका हुने गर्दछन् । 

शरीरमा इन्सुलिनको मात्रा कम निकाल्यो वा निकाल्दै ननिकालेको अवस्थाला  टाइप वान डाइबेटिज भन्ने गरिन्छ । टाइप टु डाइबेटिज भनेको शरीरमा इन्सुलिन छ त्यसले राम्रोसँग काम गर्न पाएन भने त्यस्तो अवस्थालाई टाइप टु डाइबेटिज भन्ने गरिन्छ । गर्भवस्थामा मात्र हुने डाइबेटिज हुने गर्छ । 

अस्पतालमा धेरै टाइप टु डाइबेटिज भएर अस्पतालमा आउने डा. मल्ल बताउनुहुन्छ । डा. मल्लका अनुसार तौल घट्नु, मुख सुख्खा हुने आँखा धमिलो देखिने, कान कम सुन्ने, पिसाब फेर्ने ठाउँमा चिलाउने, गिजा पाक्ने, दाँत दुख्ने मधुमेहका मुख्य लक्षण हुन । उहाँका अनुसार मधुमेह मानिस अनुसार फरक फरक लक्षण देखिने गर्दछन् । 

यसको समयमा सही उपचार हुन सकेन भने आँखा, मृगौला, मस्तिष्क, मुटु, नसालगायत शरीरका विभिन्न अङ्गमा समस्या देखिने गर्छ । 

 पछिल्लो समय युवा अवस्थामा मधुमेह बढ्दै गएको डा.मल्ल बताउनुहुन्छ । खराब  जीवनशैली अपनाउने युवा, विदेश गएका युवाहरुमा बढी मात्रामा मधुमेह देखिने गरेको डा. मल्लको तर्क छ । 

मधुमेह हुनुभन्दा अगाडिको अवस्था भएका मानिसलाई राम्रोसँग सल्लाह दिन सकेमा मधुमेह लाग्नबाट बचाउन सकिने डा. मल्लले जानकारी दिनुभयो ।  

नियमित व्यायाम, सन्तुलित आहार जीवनशैली परिवर्तन गर्ने चिकिसत्सको सल्लाह अनुसार औषधि खाँदा यसलाई नियन्त्रण गर्न सकिने चिकित्सक बताउँछन् । 

 मधुमेह दिवसको अवसरमा वीर अस्पतालका मधुमेह तथा हार्मोन रोग विशेषज्ञ डा. दीपक मल्लसँग मधुमेहको विषयमा केन्द्रित भएर गरिएको भिडियो संवाद:


भिडियो : मनोजरत्नशाही र केशव गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।