गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २ गते । तिहार बिदामा पेट्रोलियम पदार्थको बिक्रीवितरण खुला हुने भएको छ । नेपाल आयल निगमले तिहारको सार्वजनिक बिदामा उपभोक्ताको हितलाई ध्यानमा राखी डिपो तथा कार्यालय खुला राखी पेट्रोलियम पदार्थको बिक्री गर्ने भएको हो ।
बिदाको दिनमा सातै प्रदेशका डिपो सञ्चालनमा हुने निगमले जानकारी दिएको छ । चाडपर्वका बेला इन्धन खपत धेरै हुने हुँदा उपभोक्ताको सहजताका लागि समय तोकेर डिपो खुला गरिने निगमले जनाएको छ ।
निगमका अनुसार कोशी प्रादेशिक कार्यालय विराटनगरमा कात्तिक ४ र ५ मा डिपो सञ्चालन हुने छ । यस्तै मधेश प्रदेशमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा कात्तिक ३, ४ र ८ मा डिपो खुला हुने छ ।
यस्तै बागमती, कर्णाली र सदूरपश्चिम प्रदेशमा कात्तिक ४ र ७ मा डिपो खुला हुने निगमले जनाएको छ । यस्तै इन्धन डिपो, धनुषा–५ र ७, इन्धन डिपो नेपालगन्ज–४ र ८, शाखा कार्यालय वीरगन्ज–३, ४, ८ मा सञ्चालन हुने निगमले जनाएको छ । यस्तै इन्धन डिपो दाङ कात्तिक ४ र ८ मा शाखा कार्यालय दीपायल कात्तिक ८ मा खुला हुने निगमले जनाएको छ ।