• २३ भदौ २०८२, सोमबार

जेनजी आन्दोलन : १३ जनाको मृत्यु

blog

‘जेनजी’ पुस्ताको प्रदर्शन ।

काठमाडौँ, भदौ २३ गते। काठमाडौँमा भएको जेनजी आन्दोलनमा ठुलो मानवीय क्षति भएको छ। विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये १३ जनाको जनाको मृत्यु भएको छ।  उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा छ, सिभिल अस्पतालमा दुई, त्रिवि शिक्षण अस्पतालमा १, काठमाडौँ मेडिकल कलेजमा एक, एभरेस्ट अस्पतालमा तीन गरी १३ जनाको मृत्यु भएको हो।  

ट्रमा सेन्टरमा मात्रै छ जनाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डा. दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो।

राष्ट्रिय ट्रमा सेन्टरमा ३० जनाभन्दा बढी घाइते आकस्मिक कक्षमा उपचाररत छन्। जसमध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ।    

सिभिल अस्पतालका निर्देशक डा. मोहन रेग्मीले दुई घाइतेको मृत्यु भएको जानकारी दिनुभयो। एक सयभन्दा बढी घाइते अस्पतालमा उपचारमा आएकाको केहीलाई अन्य अस्पतालमा रिफर गरेको उहाँको भनाइ छ।  

काठमाडौँ मेडिकल कलेजमा एक जनाको मृत्यु भएको अस्पतालमा चिकित्सक डा. नारायणप्रसाद ढकालले जानकारी दिनुभयो।   

त्रिवि शिक्षण अस्पतालका प्रवक्ता प्राडा.गोपालप्रसाद सेडाईंका अनुसार एक जनाको मृत्यु भएको छ।   एभरेस्ट अस्पतालमा तीन जना घाइतेको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ।     

मेडिकल कलेजमा उपचारमा रहेका दुई जनाको अवस्था गम्भीर रहेको चिकित्सक नारायण दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार घाइते थपिने क्रम चलिरहेको छ।  

एभरेस्ट अस्पतालमा ५० जना घाइते उपचारमा आएकाका मध्ये तीन जनाको मृत्यु भएको अस्पतालका सहायक प्रशासक अनिल अधिकारीले जानकारी दिनुभयो। सात आठ जना घाइतेलाई अन्य अस्पतालमा रिफर गरेको छ।  अन्य आठ जना घाइतेका उपचार भइरहेको उहाँको भनाइ छ। अन्य घाइतेको अवस्था सामान्य रहेको अधिकारी बताउनुभयो।   

त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको अस्पतालमा प्रवक्ता डा. गोपाल सेडाईंले जानकारी दिनुभयो। उहाँका अनुसार अस्पतालमा १४ जना घाइते उपचाररत रहेका छन् उनीहरूको अवस्था सामान्य रहेको छ।  अझ घाइते आउनेक्रम जारी रहेको अस्पतालले जनाएको छ।   

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।