• १ कात्तिक २०८२, शनिबार

मुग्लिङ–नारायणगढ दुर्घटना : राजमार्ग पूर्णरुपमा अवरोध

blog

वसन्त पराजुली
भरतपुर, कात्तिक १ गते ।
मुग्लिङ–नारायणगढ सडक खण्डकमा यात्रु वहाक बस र ट्रक गरी सात वटा गाडी एक आपसमा ठोक्किँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

शनिबार बिहान ७ः१५ बजे सो सडकखण्डअन्तर्गत पर्ने गाईघाटमा एकै पटक सात वटा सवारीसाधन एकआपसमा ठोक्किएको हो ।

सुरुमा भरतपुर म.न.पा.२९ नारायणगढ मुग्लिङ सडक खण्डअन्तर्गत घाइघाटस्थितमा मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नं. को ट्रक र विपरित तर्फबाट जाँदै गरेको बा ४ ख ७४२० नं. को बस ठोक्किएको थियो ।

त्यसपछि बसको पछाडि ना ७ ख ९६०७ नं. को टेलर, बा.प्र. ०६–००१ ग ०४८४ नं. को इभी माइक्रो, ग २ ख १६२६ नं. को बस, ना ३ च ३२५६ नं. को बलेरो, बिएबी ८४७० नं. को कार ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी हालसम्म करिब २१ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । जसमध्ये १३ जना नेशनल सिटी अस्पताल, चार जना नयाँ मेडिकल कलेज भरतपुर र चार जना जनता केयर अस्पतालमा उपचार भइरहेको छ । यद्यपी, हालसम्म कुनै पनि मानविय क्षति भने भएको खबर प्राप्त भएको छैन । 

यो पनि पढ्नुहोस