• ८ जेठ २०८१, मङ्गलबार

भूकम्प संस्मरणको विम्ब

blog

मनोहर कार्की 

प्रकृतिको नियम र प्रकोपका बीचमा कुनै सम्बन्ध रहँदा के नियमित आकस्मिकताका रूपमा प्राकृतिक प्रकोप र प्रकोपजन्य दुर्घटना भएका होलान् त ? प्रश्न सधैँ माथिङ्गलमा मडारिइरहन्छ । यस्तै नियमित आकस्मिकताको भयावह प्रतीक २०७२ वैशाखको भूकम्प उदाहरणीय विभत्स र आततायी नियति भएर आजसम्म पनि मुटु थर्किन्छ । प्रकृतिको दारुणिक नियति अब नदोहरियोस् कामना यही गरौँ । 

वैशाख १२ मध्याह्न समय गोरखाको उत्तरीक्षेत्रको बारपाक गाउँलाई केन्द्रबिन्दु (इपिसेन्टर) बनाएर गएको आमविनाशकारी भूकम्पको भयावह तरङ्गले सिङ्गो राष्ट्र एक पटक झस्कियो । विनाशकारी क्षतिले समग्र देशबासीमा दुःख तथा पीडाको छाप लामो समयका लागि छोड्यो । आम विनाशकारी भूकम्पको चपेटामा निर्दोष बालबालिका, वयस्क र प्रौढ तथा कैयौँ गाउँबस्ती सखाप भए । मानवीय र भौतिक संरचनाको व्यापक क्षतिले मानसपटलमा अमिट छाप त छोड्यो नै प्राकृतिक विपत्बाट सचेत रहन ठूलै पाठ सिकायो ।

नेपालीमा यस प्रकोपजन्य घटनाले एकता, धैर्यता तथा साहसको ऊर्जा पनि थप्यो । त्यो साहसिक ऊर्जाको पदचापमा पुनर्निर्माण तथा नवीन बस्तीको निर्माणमा निकै हदसम्म कार्य भए । बारपाक गाउँको नवीन रूप पुनर्निर्माणको एक उदाहरणीय कार्य भयो । अन्य भूकम्प प्रभावित बस्ती तथा गाउँहरूमा नयाँघर निर्माण सबलीकरणसहित पुनर्निर्माणका कार्यको अगुवाइ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ग-यो । निकै हदसम्म सफल पनि भयो । यस्तै प्रकृतिका गम्भीर प्रकृतिक विपत्को व्यवस्थापन तथा पुनर्निर्माणमा भविष्यका लागि व्यवस्थापकीय सक्षमता र कुशलताको उदाहरण रहन सक्यो । 

यसै सन्दर्भमा धरहराको पुनर्निर्माण कार्य सम्पन्न भई पुरानै स्वरूप र शैलीको सोपान राजधानीको मुटुमा ठडिएको भीमसेन स्तम्भ धरहराले दिएको छ । तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले वि.संं १८८२ मा ११ तल्ले ऐतिहासिक धरहरा निर्माण गर्नुभएको । वि.सं. १९९० माघ २ गतेको विनाशकारी भूकम्पले माथिल्लो दुई तल्ला भत्किएको थियो । ०७२ वैशाख १२ गतेको भूकम्पले पूर्ण रूपमा क्षति पुर्याइ भत्किएको थियो । आजभन्दा सात वर्षअघि वैशाख १२ गते मध्याह्नको त्यो अकल्पनीय घटनाले नेपालको आमसञ्चार जगत्मा कम्पन सिर्जित ग-यो । विश्वका प्रमुख सञ्चार माध्यमले प्रमुख समाचारका रूपमा सम्प्रेषण गरे गोरखा भूकम्पको ताजा समाचार ।

गोरखाको बारपाक केन्द्रबिन्दु रहेको आम विनाशकारी भूकम्प, गोरखा भूकम्पको पर्यायका रूपमा मिडियाले ग्रहण गर्यो । मुलुकका मध्य–पहाडी र पश्चिमी क्षेत्र तथा काठमाडौँ उपत्यकाका तीनसहित १४ जिल्लामा अधिक मानवीय तथा भौतिक क्षति पुग्यो । समग्रमा बत्तीस जिल्लामा क्षति पु-यायो । त्यस अकल्पनीय भूकम्पले आठ हजार आठ सयभन्दा बढी आमनागरिकको ज्यान लियो । २२ हजारभन्दा बढी घाइते भए भने करिब छ लाख घर पूर्ण र आ‌शिक रूपमा क्षति भए । साथै ८९ जना विदेशी नागरिकको असामयिक निधन भयो । भूकम्पमा अनाहक ज्यान गुमाउन पुगेका सबै दिवङ्गतप्रति फेरि एक पटक हार्दिक श्रद्धाञ्जली र मृतात्माको चीरशान्तिको कामना गर्दछु । लाखौँ जनता भूकम्पको लामो समय अस्थायी घरबासमा जेनतेन गुजारा गरे । भूकम्पको विनाश लिला कत्तिको भयावह थियो ।

नेपालका प्रमुख प्रकृतिजन्य प्रकोपमा बाढीपहिरो, अविरल वर्षापछिको भूक्षय तथा भूस्खलन, सुक्खा पहिरो, गर्मी मौसममा हुने आगलागी, तराई क्षेत्रमा हुने बाढीपछिको डुबान, आँधी (केही वर्षअघिको बारा र पर्साका केही गाउँमा गएको टोर्नाडो आँधी), हिमताल विस्फोट तथा बाढी, चट्याङ, हुरीबतास तथा भूकम्प र भूसतहमा हुने अन्य विभिन्न प्रकोप आदि । विश्वका प्राकृतिक प्रकोपका अति जोखिमजन्य क्षेत्रमा दक्षिण एसियाका मुलुकमा नेपाल एक अग्रणी मुलुक हो । हामी सधैँ उच्च जोखिममा छौँ ।

विज्ञानको सिद्धान्तले प्रकोपका घटनाले भन्दा पनि हामीले निर्माण गरेका कमजोर प्रकोप प्रतिरोधात्मक संरचना निर्माणका कारणले मानवीय क्षति अधिक हुनेछन् । तसर्थ प्रकोप प्रतिरोधात्मक संरचना निर्माणको मापदण्डसहितका संरचना निर्माण प्राथमिक दायित्व हो । भवन तथा संरचना निर्माणका लागि सरकारले निर्धारण गरेका मापदण्ड कडाइका साथ पालना तथा निर्माणका दौरान अनुगमन तथा मूल्याङ्कन जरुरी छ । 

प्राकृतिक प्रकोपको उच्च जोखिममा नेपाल सधैँ रहिआएको सन्दर्भमा प्रकोप न्यूनीकरण तथा प्रकोपपछिका राहत तथा पुनर्निर्माण कार्यमा दीर्घकालीन योजना र सोचका साथ अघि बढ्न सक्नुपर्छ । जसका लागि राज्यसंयन्त्र तथा सरोकार निकायको गहन जिम्मेवार छ । जिम्मेवारीबोधका साथ विपत्मा कार्य गर्ने पद्धति र अभ्यास जनताले अपेक्षा गरेका छन् । विपत् व्यवस्थापन तथा प्राकृतिक प्रकोप न्यूनीकरणका क्षेत्रमा प्रभावकारी कार्यलाई समन्वयात्मक ढङ्गमा अघि बढाउन अझ गुणात्मक र परिणाममुखी कार्य चासो र चिन्ताको विषय सधैँ रहन्छ । 

भूकम्पको विनाशलिलाको भय र त्रासलाई सामना गर्दै पुनर्निर्माणको अभियानमा अघि बढेको नेपाली समाजमा करिब ६/७ वर्षको दौरानमा निकै हदसम्म उपलब्धिमूलक काम भए । त्यसै गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाक गाउँको मुहार फेरिइसकेको छ । यो कार्य बारपाकबासी र सहयोगी मन तथा आत्मीयताको पर्याय भयो । बारपाक पुनः फरक शैलीमा नवीनताका साथ जुर्मुरायो । यस्तै नेपालका विभिन्न क्षेत्रका भूकम्पले क्षति पुर्याएका सयौँ बस्ती तथा गाउँ फेरिएका छन्, भूकम्पीय प्रतिरोधात्मक प्रविधियुक्त व्यक्तिगत आवास तथा सार्वजनिक संरचना निर्माण भएसँगै ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पछिल्लो तथ्याङ्क विवरणअनुसार निजी घर निर्माणका सन्दर्भमा कुल सर्वेक्षण सङ्ख्या दस लाख ३७ हजार २९१ लाभग्राही सूचीमा सूचीकृत आठ लाख ५७ हजार ७४४ अनुदान सम्झौता सम्पन्न आठ लाख सात हजार  ७६४ निर्माण सम्पन्न भई तेस्रो किस्ता प्राप्त गर्ने प्रमाणित लाभग्राही छ लाख ५० हजार १०१ रहेको पाइन्छ । 

विनाशकारी भूकम्पका कारण देशका विभिन्न स्थानका ऐतिहासिक तथा पुरातात्विक महìवका सयौँ धरोहरमा अपुरणीय क्षति पु-यायो । विशेषतः काठमाडौँ उपत्यकाका युनेस्कोद्वारा विश्व सम्पदामा सूचीकृत क्षेत्रका ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका कैयौँ धरोहर विनाश भए भने कतिपय धरोहरमा अपुरणीय क्षति पुर्यायो । यस क्षतिलाई आर्थिक मूल्यमा चुकाउन सकिँदैन । परिणामस्वरूप नेपालको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पा-यो । हठात् विश्वव्यापी कोरोना भाइरसको कहर र यसको दोस्रो लहरको तरङ्गले मुलुक फेरि आक्रान्त र सचेत छ । यसको मारमा जुर्मुराउन लागेको पर्यटन क्षेत्रमा पुनः शिथिलताको कालो बादल छाएको छ ।

आर्थिक वृद्धि र विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतका रूपमा रहेको पर्यटन क्षेत्रमा भूकम्प र कोरोना महामारीले पु-याएको क्षति परिपूर्तिका लागि हामीले अझ समय कुर्नुपर्नेछ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका सम्पदा क्षेत्रका उल्लेख्य सङ्ख्यामा सम्पदा तथा ऐतिहासिक धरोहर पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ । महत्वपूर्ण कार्यका रूपमा ऐतिहासिक काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भई केही समयअघि औपचारिक उद्घाटन पनि हुनु सुखद पक्ष हो ।

यस्ता सम्पदाको मौलिकता काय गरी पुनर्निर्माणको कार्य हुन सक्नुमा सम्बन्धित नगरपालिका, पुरातìव विभाग, पुनर्निर्माण प्राधिकरण, कालीगड तथा सबै धन्यवादका पात्र छन् । ऐतिहासिक रानीपोखरीले पनि पुरानै मौलिकता र स्वरूप प्राप्त गर्नसक्यो । सम्पदा पुनर्निर्माण गरी ऐतिहासिक मौलिकता जोगाउनु संवेदनशील विषय हो । पुराताìिवक महìव, कलाकृति र धार्मिक पक्षलाई निकै ख्याल गरियो । प्राकृतिक विपत्तिका समयमा साहस, धैर्यता र अविचलित इच्छाशक्ति आफैँमा विपत् व्यवस्थापनमा उदाहरणीय छ । विनाशपछिको पुनर्निर्माणमा अग्रसरता र लगनशील रहे नयाँ नेपाल निर्माण अभियान सार्थक हुनेछ । 


Author

मनोहर कार्की