• १९ माघ २०८२, सोमबार

अब अर्को कक्षा (कविता)

वर्षभरि किताब पढेँ होमवर्क गरें, नट बनाएँ । नजानेका प्रश्न सोधें दिनैपिच्छे पाठ बुझाएँ ।

पुतली (कविता)

आहा कति राम्रो पुतली जहिल्यै उड्छ मेरै वरिपरि घाम होस् वा झरी घुम्छ दिनैभरि ।।

ऋतु (कविता)

छ भाइ ऋतुको नाम सम्झ शरद्पछि आउँछ हेमन्त । वसन्त ऋतु जब तिमी आउँछौ आँकुरा मुना पालुवा पलाउँछौ ।

नेपाली हुँ वीर (कविता)

नेपाल हो घर मेरो हिमाल हो शिर, देशको सान बढाउने नेपाली हुँ वीर । हेर साथी आकाशमा बादलको घेरा, बादलभित्र झिलिमिली चन्द्रमाको डेरा ।

कुकुर (कविता)

हाम्रो घरको पाले यो साहै्र राम्रो खाले यो भुक्छ अरू सबैलाई नचिनेको मान्छेलाई ।।१।।

आमाको माया (कविता)

टन्टलापुर घाममा टुक्र्याइरहन्छौ ढुङ्गा बनाउँछौै पहाड जत्रै गिट्टीको थुप्रो गिट्टीकै आकारमा उठ्ने गरी ठेला । डोकोको पिँधबाट झार्दै साउने झरी बिताइदिन्छौ बर्सात बालुवा ओसारी–ओसारी ।

“...अनि देशकै उत्कृष्ट विद्यालय बन्यो”

भाइबहिनीहरू, यस पटक तपाईंहरूलाई नेपालकै उत्कृष्ट विद्यालयमध्ये एक विद्यालयका बारेमा जानकारी दिँदै छौँ । देशकै मध्यभागमा रहेको भरतपुर महानगरपालिका–१० स्थित नारायणी उच्च माध्यमिक विद्यालय । यो स्कुल अहिले देशकै नमुना विद्यालय हो ।

धावक बन्ने रिकजनाको सपना

‘भविष्यमा राम्रो खेलाडी बनेर चिनिने मेरो लक्ष्य छ । उत्कृष्ट धावक बनेर राष्ट्रिय रूपमा परिचित हुने मेरो सपना हो’ । मुनासँगको कुराकानीमा रिकजना माझीले भनिन । म्याग्दीको मंगला गाउँपालिका–५, पोककी रिकजना मङ्गला माविको कक्षा ८ मा अध्ययनरत छिन । खेलकुदका साथै उनी पढाइमा पनि अब्बल छन् । हामीले कतै देखेका हुन्छौँ भीर पहरामा पनि राम्रो फूल फुलेको हुन्छ । दुई ढुङ्गाको बीचबाट उम्रिएको बिरुवा सङ्घर्ष गरेर उर्किएको हुन्छ । यस्तै उदाहरण हुन रिकजना । उनी लाखौँ बालबालिकाका लागि एउटा प्रेरणाको स्रोत हुन सक्छिन् ।

प्रजातन्त्र दिवस ‘सम्झनै पर्ने साथ’

फागुनको महिना । देश र जनताले सम्झने दिनमा पर्दछ– ७ गते । वि.सं. २००७, फागुन ७ लाई नेपालले ऐतहासिक दिनका रूपमा लिने गरेको छ । यो दिनलाई ऐतिहासिक दिन अर्थात् ‘प्रजातन्त्र दिवस’ भनेर मनाउँदै आएका पनि छौँ । र, यो दिनलाई किन सम्झन्छौँ त ? हामीले सुनेका छौँ– ‘नेपालमा १०४ वर्षसम्म राणा शासन चलेको थियो ।’ हामीले राणा

होली रङहरूको पर्व

भाइबहिनीहरू तिमीहरू सबैलाई थाहा नै होला तिमीहरू सबैले स्कुलका साथीभाइ अनि परिवारका सदस्यबीच एकआपसमा अनुहारमा अबिर, रङ लगाएर अनि बेलुन र प्लास्टिकको थैलीमा पानी भरेर एकअर्कालाई हानेर रमाईलोसँग होली खेलेका पनि होलान् तर तिमीहरू कतिलाई होली पर्वका बारेमा राम्रोसँग जानकारी छैन होला । यसर्थ यहाँ म होलीका बारेमा अनि होलीको सुरुवात कसरी भयो भन्नेबारेमा जानकारी दिँदैछु । होली पर्व खासगरी नेपालीहरूले प्रत्येक वर्ष

बालबालिकालाई मन पर्ने च्याखुरा

भाइबहिनीहरू तिमीहरूलाई थाहा छ ? घरमा पाल्ने कुखुराजस्तै च्याखुरा पनि हुन्छ नि । च्याखुरा बालबालिकासँग साथी बनेर चाँडै घुलमिल हुने चरा हो । जङ्गलमा पाइने यो चरा घरमा पनि पाल्ने गरिन्छ । च्याखुरालाई नेपाल सरकारले खतराको नजिक रहेको प्रजाति मानेको छ । च्याखुरालाई ठाउँ र स्थानअनुसार च्याखुरा, चाखुरो, चकोर वा चुकर पनि भन्ने गरिन्छ । च्याखुरा समुद्री सतहबाट एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरको उचाइसम्म पाइने गरेको छ । यो चराले ओखर, बदाम, पिठो, धान र पिठोभित्र मिसाएको घिउ खान असाध्यै मन पराउँछ । घरमा पालिएको च्याखुरालाई यस्ता खानेकुरा दिने गरिन्छ । वनमा भएका च्याखुराहरूले पनि सकेसम्म यस्तै खालको खानाको खोजी गर्ने गर्छन् ।

विद्यार्थी ‘पढ्दै कमाउँदै’

सहरका बालबालिका गाडीमा चढेर विद्यालय जानुहुन्छ । बुवाआमाले टन्न टिफिन खर्च दिनुहुन्छ । विद्यालयमा पनि निकै सुविधा पाउनुहुन्छ तर अझै पनि पढाइ खर्चको अभावमा ग्रामीण क्षेत्रका बालबालिकाले बीचमै पढाइ छोड्नु पर्ने बाध्यता छ । ग्रामीण क्षेत्रका धेरै बालबालिका खर्च अभावमा नियमित विद्यालय जान नसके पनि सरकारले त्यस्ता बालबालिकालाई लक्षित गरेर पढ्दै कमाउँदै योजना ल्याएको छ । जसका कारणले आर्थिक अभावले बीचमै पढाइ छोड्न बाध्य हुने बालबालिकालाई भने निक्कै राहत मिलेको छ । पढ्दै कमाउँदै योजना विद्यालयमा आएपछि विद्यार्थी मात्रै नभएर अभिभावक पनि यसबाट प्रभावित बन्नुभएको छ ।

देश बनाउन जागे महावीर पुन

देशप्रेम महत्त्वपूर्ण कुरा हो । सबैले देशलाई माया गर्नुपर्छ । यो माया भनेको देशको विकास र समृद्धिमा योगदान गर्ने साझा कर्तव्य हो । देशलाई समृद्ध बनाउन पद र सत्ता नै चाहिन्न । सङ्कल्प, अठोट, इमानदारिता, लगनशीलता, कर्तव्यपरायणता र प्रतिबद्धता बोकेर देश विकासका क्षेत्रमा होमिने हो भने सफल हुन सकिन्छ भन्ने उदाहरणीय व्यक्तित्व, हुनुहुन्छ, महावीर पुन । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक सञ्चालक ।

के हो ? भर्चुअल रियालिटी

एक किसानले ‘भर्चुअल रियालिटी’ (भीआर) चस्मा गाईलाई लगाइदिएर हरियाली चौरमा चरिरहेको अनुभव गराए र नतिजास्वरूप गाईले धेरै दूध दियो । गाईलाई फरक अनुभव गराउनुका साथै आरामदायी र खुसी बनाउँदा दूध बढी दिने यसअघि गरिएको एक अध्ययनले देखाएको थियो । त्यस अध्ययनलाई आधार बनाएर टर्कीका ती किसानले सन् २०२२ जनवरी ६ मा यस्तो परीक्षण गरेका थिए । भीआर प्रयोगको यो एक गजबको उदाहरण हो । भाइबहिनीहरू, यस पटक हामी ‘भर्चुअल रियालिटी’ अर्थात् भीआर के हो भन्ने बारेमा केही जानकारी लिऊँ है त ।

विमर्शको खुसी

सधैँ अबेलासम्म सुत्ने विमर्श आज भने बिहानै उठेको छ । कोठाको एक कुनाको भुइँतिर ढल्किएर झोक्राइरहेको देखेपछि बाबु विनोदले मायालु पारामा सोधे, “मेरो बाबुलाई के भएको छ ? आज बिहानै पो उठेछ त” तर विमर्शले बोल्ने छाँट देखाएन । बाबुले कपाल सुम्सुम्याउँदै फेरि भने, “मेरो नानालाई के किनिदिनुपर्ने भयो फेरि, ला भन त मैले किनिदिन्छु नि” ऊ केही पनि चलमल गरेन । बरु उल्टै बाबुको हात आफ्नो टाउकोबाट हटाएर कुनातिर स-यो ।