• १२ पुस २०८१, शुक्रबार

प्रजातन्त्र दिवस ‘सम्झनै पर्ने साथ’

blog

 भक्तबहादुर थापा 

फागुनको महिना  । देश र जनताले सम्झने दिनमा पर्दछ– ७ गते । वि.सं. २००७, फागुन ७ लाई नेपालले ऐतहासिक दिनका रूपमा लिने गरेको छ । यो दिनलाई ऐतिहासिक दिन अर्थात् ‘प्रजातन्त्र दिवस’  भनेर  मनाउँदै आएका पनि छौँ । र, यो दिनलाई किन सम्झन्छौँ त ? हामीले सुनेका छौँ– ‘नेपालमा १०४ वर्षसम्म राणा शासन चलेको थियो ।’ हामीले राणा शासन भनेर बुझ्नुपर्दा– ‘एउटा परिवारले चलाएको  व्यवस्था’ भनेर बुभ्mदछौँ । जसलाई (जहानियाँ ) शासन पनि भन्दछौँ । फागुन ७ त्यही दिन हो– जुन एउटा परिवारले नेपालीमाथि बलजफ्ती लादिएको शासन थियो, उनीहरूले जसलाई चाह्यो र परिवारका सदस्यले मात्रै विभिन्न पद पाउने गर्दथे । राणा परिवार र उसले चाहेकालाई मात्रै पद दिन्थे । यिनीहरू एउटा राणा परिवारले नै सारा नेपालीमाथि हुकुम चलाउँथे । त्यसैको अन्त्य भएको दिन हो ।  जुन  अहिले हामी जनताले चाहेको व्यक्तिले देश चलाउने भनेर जान्दछौँ । र, यो दिन– ‘प्रजातन्त्र दिवस’ भनेर मनाउँछौँ । 

यो कसरी सम्भव भयो त ? भनेर जान्न भने हामीले बुझ्न सक्छौँ । यस दिनदेखि जनताका छोरा प्रधानमन्त्री बन्न थालेका हुन् । हामी सामान्य जनतामाथि हामीले चाहेको व्यक्तिले प्रधानमन्त्री भएर शासन चलाउँछ । यसको अर्थ परिवारवाद सकिएको हो । प्रजातन्त्र आयो भनरे बुझ्दा फरक के भयो त भनेर हेर्नुपर्ने हुन्छ । सबै नागरिकले समान हक, अधिकार पाउँछन् । समाजमा देखिएका अन्याय, अत्याचार, विभेद हट्छ ।  सहभागिता  बढ्छ 

भन्नेजस्ता पक्ष यसका मान्यता  हुन् ।  सबैको पहुँच पुग्यो, एकल परिवारवादको अन्त्य प्रजातन्त्र प्राप्तिले ग¥यो । यही फागनु ७ बाट नेपाली जनता रैतीबाट नागरिक बने । जनताको हात माथि प¥यो । यही नै फागुन ७  ले दियो ।  

प्रजातन्त्रको माग गरेर फागुन ७ कसले, कसरी ल्याए त ? भाइबहिनीहरूले थाहा पाउनुपर्ने कुरा हुन ्। यो फागुन ७ ल्याउन अर्थात् प्रजातन्त्र दिवससम्म आइपुग्न शहीदहरूले बलिदान गरेका छन् । त्यस्ता बलिदान गर्ने शहीदमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ हुन् ।  राणाहरूको पारिवारिक शासन अन्त्यका लागि आन्दोलनमा होमिनेको पनि कमी थिएन । उहाँहरू सबैको चाहना देशमा प्रजातन्त्र आओस्, जनताले अधिकार पाउन् विभेद र अन्यायको अन्त्य होस् भन्ने नै थियो । यस्तो चाहना फागुन ७ ले पूरा गरेको हो । यी आम जनताका चाहना पूरा गर्न शहीदहरूले ज्यान दिए । 

फागुन ७, २००७ को उपलब्धिका लागि नेपाली काँग्रेस जनताका पक्षमा  होमिएको थियो । यो मागमा राजा त्रिभुवनको पनि सहमति थियो । यो परिवर्तनका लागि जनता र राजा एकै ठाउँमा आए अनि प्रजातन्त्र आयो । यसलाई राजा र जनता मिलेर यस्तो परिवर्तन सम्भव भएको हो । देशमा परिवर्तनका लागि जनता र राजा मिल्नुपर्छ भन्ने सन्देश यही  फागनु ७ ले दिएको छ । राष्ट्रप्रमुख अर्थात् राजा र जनताको शक्ति अर्थात् राजनीतिक दल मिलेर एकतन्त्रीय राणा शासन अन्त्य गरे । सरकार र जनताबीच सम्बन्ध तथा सम्पर्क बढ्यो । मेलमिलापबाट सफलता पाइन्छ भन्ने उदाहरण बन्यो – ‘फागुन ७’ । यसको उपलब्धिको रक्षामा सबै जुटौँ ।  सबैलाई शुभकामना ।