चिचीपापा किन्दा (कथा)
अशोक ए अशोक आमाले भित्रबाट मायालु स्वरले बोलाउनुभयो । अशोक भने आफ्नो कोठामा पढेर बसेको थियो । ऊ कुद्दै आमाको छेउमा गयो । आमाले भन्नुभयो, “अशोक घरमा भिनाजु आउनुभएको छ । हेर न आज बुवा पनि अफिस गइसक्नुभयो । के खुवाउने होला ? जाऊ त मासु पसलबाट एक किलो मासु लिएर आऊ ।”
बिग्रिँदै होली ! (कविता)
रङको पर्व होलीलाई कसैले फागु पनि भन्छन् खुसी मनाउने नाममा यहाँ रङ किनेर पैसा सक्छन् काम लाग्ने कपडा पनि
सात बार (कविता)
आइतबार सूर्यलाई नमस्कार गरुँ सोमबार चन्द्रमाको शीतल छाया भरुँ । मङ्गलबार जय गणेश पूजा गर्ने बार बुधबार रमाइलोसँग नाच्ने गर ।
नीलमको सपना (कथा)
आज बाबाले घर छाडेर गएको तीन दिन बितिसक्दा पनि नीलमको ओठमा हाँसो देखिँदैनथ्यो । आमा नभएकी नीलमको दुःख मनको इच्छा आकाङ्क्षा बुझ्ने बुवा नै प्रदेश गएपछि नीलमको सौतेनी आमा नीलमलाई दुःख दिन्थिन् । नीलमको स्याहारसुसार गर्न नीलमका बुवाले सौतेनी आमा भित्र्याएका थिए । खेतीपाती गरेर घर खर्च धान्न नसकेपछि नीलमको बुवा परदेश गएका थिए । सौतेनी आमाबाट एक छोरी र एक छोरा भए पनि नीलम घरको सबै काम गर्थिन् । चाडपर्वमा पनि सौतेनी आमा नीलमलाई आफूसँग आफ्नो माइतघर लैजान्न थिइन् । आमा म पनि जान्छु भन्दाभन्दै पनि सौतेनी आमा भएर होला ऊप्रति अलि रुष्ट व्यवहार गर्थिन् ।
आमाबुबा (कविता)
आमाले हुन् कोखबाट, जन्माएकी हामीलाई बुबाले हुन् पैसा कमाई, हुर्काएका हामीलाई । घरको पिलर बलियो जग, हुन है पिता उनी तिम्रै छोरा हुन पाउ, पिता जुनी जुनी ।।
पुस्तक प्रदर्शनीमा जाँदा
तेस्रो त्रैमासिक परीक्षा सकिएयो । परीक्षापछि पुस १३ देखि माघ १ गतेसम्म जाडो बिदा भयो । जाडो बिदामा के के गर्ने भनेर मैले योजना बनाएँ । त्यहीअनुसार गृहकार्य र योजना तयार गरेँ । एक दिन बाबा, आमा र दादाहरूसँग त्रिभुवन विश्वविद्यालयमा घुम्न गएँ । त्यहाँ क्रिकेट र ब्याडमिन्टन खेलेर रमाइलो गरियो ।
होलीको रमाइलो
भाइबहिनीहरू, फागु पर्व अर्थात् होली फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको हनुमानढोका दरबारस्थित वसन्तपुरमा विधिवत् रूपमा चीर गाडेपछि सुरु भएको मानिन्छ । होली पर्व सांस्कृतिक महोत्सवका रूपमा मनाइने र शिशिर ऋतुको समाप्तिपछि वसन्त ऋतुको आगमनमा मानिसको मनभित्र उकुसमुकुस भएर रहेका कुरालाई बाहिर उजागर गराएर शीतलता अनुभव गर्ने मनोकाङ्क्षाका रूपमा पनि लिने गरिन्छ ।
जीवनको लडाइँ (कविता)
कलियुग हो यो विश्वास थोरैलाई गर्नु । खुट्टा तान्ने धेरै हुन्छन् आफ्नो पाइला मजबुत पार्नु ।।
वातावरण संरक्षण
मानिस चेतनशील प्राणी हो । प्राणीहरूमध्ये मानिस सर्वश्रेष्ठ पनि मानिन्छ । उसले आफ्नो जीवन सहज र सरल बनाउन चाहन्छ । मानिसले धेरै नयाँ कुराको आविष्कार पनि गरेको छ तर आफ्नो जीवनलाई अझ सुखमय बनाउन प्रकृति र यसको संरक्षणमा भने चासो दिँदैनौँ । उसले यही प्राकृतिक वातावरणलाई भने नाश पार्दैछ । त्यसैले आज हाम्रो प्रकृति प्रतिकूल हुनुका कारण पनि हामी नै हो । जसले गर्दा मानव जीवनमा धेरै समस्या निम्त्याइरहेको छ ।
घर/जङ्गल (कविता)
रुखै रुख भएको जङ्गल सधैँभरि सुनसान हुन्छ । रुखहरूले कहिलेकाहीँ हल्ला त गर्छन् बतासले हल्लाउँदा अनि
चोखो मूल (बालगीत)
साना साना कोपिलामा, भविष्य छ फूलको सागरसम्मै बग्नुपर्छ, पानी चोखो मूलको।
आमाको पढ्ने रहर
भाइबहिनीहरू कुनै पनि कुरा सिक्न र पढ्न शिक्षा हासिल गर्न उमेर कहिल्यै बाधक हुँदैन है । ७० वर्षीया आमाले पनि ११ कक्षाका किशोरकिशोरीसँगै पढेर ज्ञान हासिल गरिरहेकी छिन् ।
होली पर्व किन मनाइन्छ ?
होली पर्व हिन्दुधर्मावलम्बीहरुले मनाउने गर्छन् । यो पर्व विशेषत भारत र नेपालमा मनाईने गरिन्छ । यो पवर्मा विभिन्न रङ्गहरु एक अर्कालाई लगाउने र खुसीयाली साटासाट गरेर्र रमाइलो गरी मनाईन्छ । यसलाई रङ्गहरुको पर्व पनि भनिन्छ । एक आपसमा भएका शत्रुता भुलेर खुसीयाली मनाउँदै रङ्गहरु छ्यापाछ्याप गरेर होली मनाउने प्रचलन छ ।
धनभन्दा विद्या ठूलो
धेरै वर्षअगाडि एउटा गाउँमा शिखर भन्ने ८ कक्षामा पढ्ने केटो आफ्नो आमा, बुवा र भाइसँग बस्थ्यो । एक दिन उ विद्यालयबाट आएपछि आफ्नो साथीहरूसँग खेल्न गयो । राति उ घर आइपुग्यो । भाइले उसलाई सोध्छ हजुरको कुनै गृहकार्य छैन ? केही पढ्नु छैन तर उ केही नबोली खाना खाएर सुत्छ । बिहान पनि भाइले उसलाई सोध्छ हजुरको केही गृहकार्य छैन ? उसले भाइलाई भन्छ तिमी मलाई बारम्बार एउटै प्रश्न नसोध । मसँग जति भ