• ८ मंसिर २०८१, शनिबार

चिचीपापा किन्दा (कथा)

blog

अशोक ए अशोक आमाले भित्रबाट मायालु स्वरले बोलाउनुभयो । अशोक भने आफ्नो कोठामा पढेर बसेको थियो । ऊ कुद्दै आमाको छेउमा गयो । आमाले भन्नुभयो, “अशोक घरमा भिनाजु आउनुभएको छ । हेर न आज बुवा पनि अफिस गइसक्नुभयो । के खुवाउने होला ? जाऊ त मासु पसलबाट एक किलो मासु लिएर आऊ ।” 

विद्यालय जान ढिला होला नि छिट्टो आउनु है आमाले भन्नुभयो । हस् हस् भन्दै अशोक मासु पसल गयो । त्यहाँ निकै भीड रहेछ । उसको पालो निकै समयपछि मात्रै आयो । अशोक चाहिँ प्लास्टिकमा पोको पारेको चिची बोकेर बेतोडले 

घरतिर दौडियो । बाटोमा यताउता केही वास्तै गरेन । उसको हातमा मासु किनेर बाँकी रहेको दस रुपियाँ थियो । उसले त्यसको चकलेट किन्यो । क्वाप्प पारेर खायो अनि फेरि आमाले भनेको सम्झिएर घरतिर नै लाग्यो । 

बाटाभरि कुकुर सुतेका थिए । अशोकले त्यतातिर ध्यान नै दिएन । उसले बोकेको चिची देखेर कुकुर जुर्मुराए । एउटाले भने क्वाप्प पारेर अशोकको हातमा झुन्डिएको चिची टोकिदियो । अशोक अलमलमा परो । उसलाई अब आमालाई के दिने पिर परो । उता घरमा भिनाजु पनि पाहुना आउनुभएको ..... । अशोक रुन थाल्यो । 

अशोक पसलतिर लागेपछि भिनाजुले छतबाट सबै दृश्य हेरिरहनु भएको रहेछ । उहाँ दौडदै जानुभयो । अशोकलाई सम्झाउँदै अर्को मासु किनी दिनुभयो । हात समाएर घरमा ल्याउनुभयो । मासु आमाको हातमा दिएपछि भने अशोक मुसुक्क हाँस्यो ।