• १७ जेठ २०८१, बिहिबार

पहिचानको खोजी

blog

अस्ट्रेलिया, युरोप, अमेरिकामा 

अस्तित्व खोज्ने हामी नेपाली, 

खै त नेपालमा ?


विकसित र विकासोन्मुख 

त केबल माध्यम मात्रै हो, 

महìव त देशको अस्तित्वको हो । 


देशमा नयाँ कानुन बन्यो भन्छन्, 

खै त नयाँ कानुन ? 


देशमा नयाँ बिहानी आयो भन्छन्, 

खै त नयाँ बिहानीको आभास ? 


नेपाल बन्नलाई अझै कति 

निर्मलाको बलि चड्नुपर्ने होे  ?


त्यसैले आज म खोज्दै छु आफ्नै देशभित्र, 

देशको अस्तित्व, नेपालको अस्तित्व । 


विश्वभर गितार र पियानो गुन्जिँदा, 

मादल र ढोलकी बज्ने कहिले ?  


जापान, कोरियाको विकास हुँदा, 

नेपालको विकास हुने कहिले ? 


बुद्ध, सीता, भृकुटीको प्राचीन 

आदर्शले फैलिएको नेपाल, 

आज त्यो आदर्श कहाँ खोजौँ ? 


विश्वको शिर सगरमाथाजस्तै उच्च मेरो देश 

भ्रष्टाचार, बेथिति र अराजकताले थला परेको छ । 


त्यसैले, आज आफैले आफैँलाई सोध्नु छ, 

खै कहाँ छ मेरो देश ? 


खै त नेपाली मन र नेपालीपन ? 

खै त नेपालीको गौरवमय पहिचान ?