• ४ जेठ २०८१, शुक्रबार

बिग्रिँदै होली ! (कविता)

blog

रङको पर्व होलीलाई

कसैले फागु पनि भन्छन्

खुसी मनाउने नाममा यहाँ

रङ किनेर पैसा सक्छन्

काम लाग्ने कपडा पनि

रङ हानेर बिगारी फाल्छन् ।


जथाभावी रङ हान्दा

छालाको रोग पनि लाग्छ भन्छन् !

रमाइलो गर्ने भन्दै कतिपय साथी

निकै उत्ताउला पनि बन्छन् ।


रङलाई पैसा माग्नु नपरे

होलीका दिनमा भाग्नु नपरे

अबिर, टीकासम्म दलेर

खेल्दा रमाइलो हुन्थ्यो होली

चलन बिग्रिँदै आज भोलि !