दिङ्लामा षडानन्द विश्वविद्यालय
राणा शासन कालमा शिक्षाको ज्योति जगाउने श्री १०८ आबाल ब्रह्मचार षडानन्द अधिकारीका नाममा दिङ्लामा विश्वविद्यालय स्थापना गरी सञ्चालन गर्ने प्रक्रिया अगाडि बढेको छ । “..जनताका छोराछोरीले जो विद्या पढ्न चाहन्छन् सो विद्या सुविस्ताले पढ्न पाउन भनी पाठशाला खोलेको छु ...” भन्ने कल्याणकारी उद्घोषका साथ भोजपुर जिल्लाको दिङ्लामा विक्रम संवत् १९३२ मा पाठशाला स्थापना गर्ने बालागुरुका नामले सुपरिचित षडानन्द अधिकारीका नाममा विश्वविद्यालय स्थापना गर्ने कार्यको अगुवाइ ऋषिराज लुम्सालीले गर्नुभएको छ । दिङ्लामा षडानन्दका नाममा उच्चस्तरको शैक्षिक संस्था सञ्चालन गरी यो क्षेत्रमा अत्यधिक शैक्षिक जागरण आओस् र शैक्षिक उन्नयन होस् भन्ने
प्राकृतिक दोहनको असर
नेपालको धार्मिक–सांस्कृतिक अभ्यास अनुसार हावा, पानी, वन, पर्वतको पूजा गरिन्छ । यिनको अनुशासित र आवश्यकता अनुसार प्रयोग गरिन्छ, जसले गर्दा वातावरण स्वच्छ र मानवमैत्री हुन्छ । त्यही भएर धार्मिक–सांस्कृतिक परम्परा स्थापित गरी यसलाई हरेक तिथि र पर्वमा उत्सवका रूपमा मनाउने चलन चलाइयो तर आजभोलि यो सत्कर्मबाट मानिस विमुख हुँदै छन् । प्राकृतिक सम्पत्तिको दोहन अत्यधिक भइरहेको छ । आज प्रकृति जस्तो स्वरूप र अवस्थामा रहनुपर्ने हो
त्यो बेलाको मनोरञ्जन
एउटा समूह र अर्को समूहबिच झगडा हुन्थ्यो । रोचक कुरा त यो झगडामा नियम बनाइएको हुन्थ्यो र झगडा गर्ने व्यक्ति अनुशासनमा बस्थे । अनुशासन र नियमभित्र रहेर नै हरेक रात दुई समूहबिच झगडा हुन्थ्यो । झडपमा मारामार भने हुँदैनथ्यो । तथानाम गाली पनि हुँदैनथ्यो । फेरि यो खेल पनि होइन, जहाँ रेफ्री तथा एम्पायर होस् तर झगडा गरेर रमाइलो गर्ने चलन पनि चलेको थियो । गाउँका युवा रातभर समूह बनाएर विपक्षी समूहसँग झगडा गर्थे । राति झगडा गरेका युवा दिउँसो भेट्दा भने मिलेरै बस्थे । दिनभर आआफ्नो काममा व्यस्त हुन्थे । रात परेपछि भने झगडा गर्न तम्सन्थे । झगडामा मानवीय क्षति हुँदैनथ्यो । एक दिन होइन, दुई दिन होइन तीन दशक चल्यो यो झगडा । यो सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५, चाचालुङमा कुनै बे
दिगो विकास लक्ष्यको यात्रा
दिगो विकास र समाजवाद दुई महत्वपूर्ण र परस्पर सम्बन्धित विषय हुन्, जसले आधुनिक राजनीतिक, आर्थिक, सामाजिक सोचलाई व्यापक प्रभावित गर्छ । यी दुई अवधारणाले हाम्रो समाजलाई स्थिर, न्यायपूर्ण, र दिगो बनाउने उद्देश्य राख्छन् । यी दुई विषयलाई प्रायःजसो अलग–अलग रूपमा बुझिन्छ । यी दुई विषयको परिभाषा, उद्देश्य, र उनीहरूको अन्तर सम्बन्धबारे सङ्क्षिप्त चर्चा गर्नु सान्दर्भिक छ । नेपालका राजनीतिक दल र नीति निर्माताले समाजवाद र दिगो विकासलाई कसरी सँगसँगै अघि बढाउन सक्छन् वा बढाउनुपर्ने छ भन्ने विषयबारे विशेष चर्चा गरिएको छ । दिगो विकासको उद्देश्य आर्थिक वृद्धि, सामाजिक समावेशिता र
साइबर सुरक्षामा पूर्वतयारी
इन्डोनेसियाको राष्ट्रिय डाटा सेन्टरमा हालै भएको साइबर आक्रमणले सयौँ सरकारी कार्यालयमा घाटा पुग्यो । उक्त आक्रमणपछि ह्याकरले ८० लाख डलर फिरौतीको माग गरे । फिरौतीको माग डार्क वेबमार्फत गरिएको थियो । यस आक्रमणमा साइबर अपराधीले रुसी रन्समवेयर सङ्गठन लकबीटद्वारा विकसित सफ्टवेयर प्रयोग गरेका थिए । यस आक्रमणले राष्ट्रिय र स्थानीय स्तरका २१० वटा संस्थालाई असर पुगेको त्यहाँका अधिकारीले जानकारी दिएका छन् ।
वित्तीय सङ्घीयताका कमजोरी
विभिन्न शासकीय प्रणालीमध्ये सङ्घीय शासन प्रणालीलाई उच्चतम मानिएको छ । यसका अन्तर्निहित विशेषतामा शासकीय संरचना मुलुकभर फैलिने हुँदा सबै नागरिकले छिटो, छरितो र चुस्त शासकीय र प्रशासकीय सेवा उपभोग गर्न पाउँछन् । साथै सङ्घीय शासन प्रणालीको पहुँच राज्यका सबै भागमा पुग्ने भएकाले विकास निर्माण कार्यमा सबै नागरिकको सहभागिता हुने गर्छ । जनताका आवश्यकता र चाहना अनुसार सरकारका गतिविधि सञ्चालन हुने भएकाले नागरिक र सरकारबिच सुमधुर सम्बन्ध एवं सहभागिता रहेको हुन्छ ।
नागको आशीर्वाद पाए आध्यात्मिक उन्नति
प्रत्येक वर्ष श्रावणशुक्ल पञ्चमीका दिन नागको पूजाआजा गरी नागपञ्चमी मनाइन्छ । यस दिन घरको मूलढोकामाथि गाईको गोबरले नागको चित्र या तस्बिर टाँसी धानको लावासहित कपासले नागको खुट्टा बनाई दुध, दुबो, नैवेद्य, फलफूल, दक्षिणासहित नागराजालाई पूजाआजा गरी प्रसन्न पारिन्छ । नाग देवतालाई धूपबत्ती गरिसकेपछि निम्न श्लोक पढिन्छ : ‘अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च । सुमन्तुजैमिनिश्चैव पञ्चैते वज्रवारकाः । मुनेः कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् ।
आयुर्वेद प्रतिष्ठानको आवश्यकता
आयुर्वेद संसारकै पुरानो चिकित्सा पद्धति हो । पूर्वीय दर्शनमा आधारित यो पद्धति अहिले पनि उत्तिकै सान्दर्भिक र भरपर्दो छ ।
राजनीतिक नैतिकताको प्रश्न
मानवीय गतिविधिमा सबैभन्दा महत्वपूर्ण राजनीति हो । राजनीतिबाट नै समाज, नागरिक र मानव जातिका लागि सर्वश्रेष्ठ या महानतम कार्य प्रदर्शन गर्न सकिन्छ तर राजनीतिमा नैतिकता भएन भने समग्र मानव जातिकै नोक्सान हुन सक्छ । राजनीतिमा नेताको भूमिका महत्वपूर्ण हुन्छ । राजनीतिक प्रणाली जस्तोसुकै होस्, भौगोलिक क्षेत्रफल, जनसङ्ख्या या अन्य सूचकाङ्कहरू घटी बढी जे होस्, जस्तोसुकै परिस्थितिमा पनि नेता हरेक देशमा हुन्छन् तर सबै नेता एकै प्रकारका हुँदैनन् । खराब मात्र होइनन्, असल नेताको चारित्रिक विशेषता पनि फरक फरक हुने गर्छ र त्यही फरकपनले नै उनीहरूलाई एक विशिष्ट नेताको रूपमा संसारले चिन्ने गर्छ ।
विकाससँगै विनाश
सडकले सहज यात्रासँगै मानवीय जीवनशैलीमा सहजता ल्याएको छ । गाउँ गाउँमा निर्माण भएका सडक ग्रामीण भेगको आर्थिक विकासका सहयोगी भइरहेका छन् । सडकको कारण नागरिकको जीवनस्तरमा उल्लेखनीय परिवर्तन आउन सम्भव भएको छ । २०२१ सालमा सिद्धार्थ राजमार्गको निर्माण सुरु भएको थियो । त्यसको चार वर्षपछि यो राजमार्ग सञ्चालनमा आयो । मान्छेले हातले नै खनेको यो सडक अहिले पनि सहज छैन । सिद्धार्थ राजमार्ग जस्तो अन्य मुख्य राजमार्गमा नियमित सवारीसाधन सञ्चालन भएको वर्षौंसम्म पनि ग्रामीण क्षेत्रका नागरिक सडक सञ्जालको पहुँचबाट टाढा रहे । उनीहरू मोटर चढ्न मुख्य
अतिवादले ढलेको शासन
राजनीति गर्नेले सत्ताको शक्ति र उन्मादमा अतिवादी काम र घमण्ड गर्नु हुँदैन । नेताले गर्ने काम जनपक्षीय भएन भने कुनै पनि बेला जनआक्रोशको सिकार बन्न सकिन्छ । भनिन्छ, राजनीति गर्नेलाई अवसर मिले कहिले हस्तिनापुरको राज पनि मिल्छ त कहिले अवसर गुमे चपरीमुनिको बास पनि हुन बेर लाग्दैन । बङ्गलादेशको २० वर्ष सत्ता चलाएकी शक्तिशाली प्रधानमन्त्री शेख हसिना वाजेदलाई अतिवादी कामले सत्ताबाट बहिर्गमन मात्र हुनु परेन देशै छाडेर भाग्नु परेको छ । सत्ताको चरम दुरुपयोग गर्दा उहाँले यस्तो नियति भोग्नु परेको छ । २० वर्षको अवधिमा उहाँले गरेका केही राम्रा काम ओझेलमा परेका छन् । बङ्गलादेशलाई स्वतन्त्र ब
खाद्य सुरक्षाका लागि कृषिवन प्रणाली
पृथ्वीमा खेतीयोग्य जमिन सीमित हुँदै गएको छ । बढ्दो जनसङ्ख्यासँगै खाद्यान्न सुरक्षाका लागि भएकै भूमिबाट उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी पोषणको सुनिश्चित गर्नु मानवीय चुनौतीको विषय हुँदै छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्यासम्बन्धी एजेन्सीका अनुसार यो शताब्दीको आधा आधी पुग्दा विश्वको जनसङ्ख्या साढे नौ अर्ब पुग्ने अनुमान छ । मानवजनित कारणले गर्दा भूमिको उत्पादकत्वमा ह्रास, माटोको प्राङ्गारिक अनुपातमा क्षयीकरण, जैविक वस्तुको माटोमा हुनुपर्ने उपस्थिति र क्रियाकलापमा न्यूनता, जलवायु परिवर्तनले पारेको असर जस्ता कारणले खाद्यान्न उत्पादनमा गिरावट आएको छ । यसो हुँदा जमिनको बहुआयामिक उपयोगिताको दृष्टिकोणबाट सघन प्रकारको खेती प्रणाली अवल
शेयर बजारको उत्साह कायम रहला ?
शेयर बजारमा केही वर्ष अघिसम्म ८० प्रतिशतभन्दा ज्यादा हिस्सा बैङ्क-वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरूले ओगटेको थिए ।
लगानीका नवीन विधि
नेपालमा विकास भन्नु नै भौतिक पूर्वाधार हो भन्ने बुझिएको छ तर यो विकास नभई विकासको पूर्वसर्त मात्र हो । विकासको प्रारम्भिक चरणमा सबै जसो मुलुकको प्रवृत्ति यस्तै देखिन्छ । तीनै तहका सरकारको बजेट विनियोजनको महìवपूर्ण अंश पूर्वाधारमा छ । सडक, पुल, सिँचाइ, प्रसारण लाइन, भवन, विमानस्थल क्षेत्रमा जनस्तरबाट अत्यधिक माग छ तर पूर्वाधारको चित्राङ्कन छैन । कुन क्षेत्रमा कति पूर्वाधार आवश्यक हो भन्ने चित्राङ्कनले विकास, वित्त र वातावरणबिच सन्तुलन कायम गर्न सकिन्छ । राजनीतिज्ञ र नीतिनिर्माताहरू भौतिक पूर्वाधार व्यवस्थापनको क्षमता बाहिर देखिएका छन् । त्यसैले पूर्वाधार क्षेत्रले समस्याहरू भोग्दै आएको छ ।
निजामतीमा महिला
पछिल्लो समय निजामती सेवामा महिलाको सहभागिता बढ्न थालेको छ । सङ्ख्यात्मक रूपमा मात्र नभएर नेतृत्व तहमै महिलाको उपस्थिति हुन थालेको छ । निजामती सेवाको इतिहासमै पहिलो पटक मुख्य सचिवमा महिला पुग्नुभएको छ । साउन १० मा बसेको मन्त्रीपरिषद् बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । पूर्व मुख्य सचिव वैकुण्ठ अर्याल निलम्बनमा परेसँगै लीलादेवी गड्तौलाले निमित्तको जिम्मेवारी पाउनुभएको थियो । २०५२ सालमा न्याय सेवाको शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गर्नुभएकी लीलादेवी सचिव भएको चार वर्षपछि पहिलो महिला मुख्यसचिव भ
लोकतन्त्रको आत्मसम्मान
नेपाली कांग्रेस र नेकपा (एमाले) को ‘गठबन्धन’ सरकार गठन भएपछि संविधान संशोधनको बहस सुरु भएको छ । स्वाभाविक छ, बहसले देशको राजनीति तरङ्गिएको छ । तरङ्गको प्रभाव संविधान संशोधन चाहने र नचाहने दुवै पक्षमाथि परेको छ भने सरोकारवाला निकाय यसबाट झस्किएका पनि छन् । विसं २०७२ को संविधानले प्रदान गरेका हक अधिकार कतै कुण्ठित त हुने हैनन् भनेर दलित, आदिवासी, महिला, मधेशी, जनजाति, अल्पसङ्ख्यक, दुर्गम हिमाली क्षेत्र, पिछडा वर्गलगायतका समुदायमा त्रास पनि पैदा भएको छ । संविधान संशोधनको बहसले पेसागत समूहलगायत सबै क्षेत्र तथा समुदायलाई सोच्न बाध्य बनाएको छ । स्वाभाविक रूपले सञ्चार र पत्रकारिता क्षेत्र पनि अपवाद हुन सक्दैन ।
अर्थतन्त्रमा पर्यटन क्षेत्र
केही वर्षयता विश्वका साना देशमा पर्यटन क्षेत्रको विकास तीव्र गतिले भइरहेको छ । फलतः यी देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान पनि बढिरहेको छ । उदाहरणका लागि सन् २०१९ मा मकाउको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ५२.२ प्रतिशत थियो भने दक्षिण एसियाली देश माल्दिभ्सको कुल गार्हस्थ उत्पादनमा यो क्षेत्रको योगदान २६.४ प्रतिशत थियो । यसै गरी सेसेल्सको कुल गार्हस्थ उत्पादनमा यो क्षेत्रको योगदान २६.४ प्रतिशत थियो, जसलाई न्यून मान्न सकिँदैन । सन् २०१९ मा विश्वका सात देशका कुल गार्हस्थ उत्पा
गरिबीमाथि विपतको मार
सन् २०२४ को मनसुन प्रारम्भ भएपश्चात् जुलाई १७ सम्ममा ज्यान नै लिने खालका ३८ वटा घातक पहिरो गएका र १३५ जनाको मृत्यु भयो । कतिपय पूर्वाधार र कृषि तथा पशुजन्य उत्पादनमा क्षति पुगेको छ । यो वर्षको मनसुन अक्टोबरको सुरुवातसम्म रहने भनिएको हुँदा अझ पनि पहिरो जाने र त्यसबाट प्रभावित हुने सम्भावना बाँकी नै छ । जोखिमयुक्त स्थानमा भारी वर्षा हुनासाथ मानिसहरू आफू बसोबास गरेको स्थानबाट सुरक्षित र फराकिलो स्थानमा शरण लिन जानुपर्ने बाध्यता छ ।
वैदेशिक लगानीका उल्झन
वैदेशिक लगानी नाफाको उद्देश्य राखेर एक देशबाट अर्को देशमा हुने पुँजीको आप्रवाह हो, जहाँ यस्ता लगानीलाई आफ्नो देशभित्रको घरेलु पुँजीसरह स्वामित्व, विकास र मुनाफा विस्तारको अनुमति रहन्छ । एक देशको व्यक्ति, समूह, संस्था, कम्पनी, गैरआवासीय नागरिक वा सरकारले मुनाफाको उद्देश्यबाट अर्को देशमा गएर गरिने लगानी र सेयरका आधारमा हक सुनिश्चित हुने लगानीलाई वैदेशिक लगानी भनिन्छ । सन् १९९० को दशकमा विश्वव्यापी आर्थिक उदारीकरणको नीति अ
बलियो जगको सत्ता गठबन्धन
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस र नेकपा (एमाले) बिच १७ असारमा भएको सत्ता सहयात्रासम्बन्धी सातबुँदे सहमति पढेर सुनाउनुभयो । ६ साउनमा सम्बोधनसहित विश्वासको मत लिन प्रस्ताव पेस गर्दै प्रधानमन्त्री ओलीले संसद्मा कांग्रेस एमालेबिच भएको सहमति पढेर सुनाउनुभएको हो । कांग्रेस र एमालेबिच भएका सहमति जनताका बिचमा सार्वजनिक गरिनुपर्ने कुरा कतिपय सांसदले संसद्मै उठाउँदै आएको सन्दर्भमा प्रधानमन्त्री ओलीले उक्त सहमति लुकाउनुपर्ने कुनै कारण नभएको प्रस्ट पार्नुभयो ।
मानसिक स्वास्थ्यको रोकथाम
मानिस शारीरिक, मानसिक, सामाजिक साथै आध्यामिक रूपमा स्वस्थ हुनु नै निरोगिता हो । मानसिक स्वास्थ्य मानव जीवनलाई ऊर्जाशील बनाई गतिशील मार्गमा हिँडाउने महत्वपूर्ण पक्ष हो । जीवनलाई मनोवैज्ञानिक संवेगात्मक तथा सामाजिक रूपमा तन्दुरुस्त राख्नु पनि हो । विश्व स्वास्थ्य सङ्गठनले मानसिक समस्यालाई साधारण तथा दैनिक रूपमा आइपर्ने तनाव व्यवस्थापन गर्न कठिनाइ भई दैनिक, घरायसी तथा समाजमा योगदान गर्न बाधा भएको अवस्थालाई उल्लेख गर्छ ।
व्यवस्थापिका मञ्चको अभ्यास
सङ्घीय संसद् र प्रदेश सभाका अनुभव र विचारको आदानप्रदान गर्ने उद्देश्यले २०७५ सालदेखि न सङ्घीय संसद् र प्रदेश सभाका पदाधिकारीबिच अनुभव आदानप्रदान कार्यक्रम हुँदै आएको छ । यस किसिमको अनुभव आदान प्रदान हालसम्म नौ पटक सम्पन्न भइसकेको छ । अन्तर व्यवस्थापिका मञ्च, नेपालमा सङ्घीय संसद् प्रतिनिधि सभा र राष्ट्रिय सभा साथै सात वटै प्रदेश सभाका पदाधिकारी आबद्ध छन् । संसदीय अभ्यास, सभा तथा समिति सञ्चालन एवं आपसी समन्वय र सहकार्यका विषयमा अनुभव आदानप्रदान गरी आगामी दिनमा आपसी सम्बन्धलाई थप सुदृढ एवं परिणाममुखी बनाउने उद्देश्य राखेको मञ्चले भेलाको अन्तमा केही प्रतिबद्धतासमेत जाहेर गर्ने गरेकोे छ । केन्द्रीय संसद् र प्रदेश संसद्का पदाधिकारी भेला हुने र आपसी अनुभव आदानप्रदान गर्ने अभ्यास छिमेकी मुलु
विकास प्रयासमा युवाको भूमिका
हाम्रो देश नेपालबाट काम वा अध्ययनका नाममा देश छाड्ने युवाको सङ्ख्या अस्तिभन्दा हिजो र हिजोभन्दा आज बढिरहेको छ । भोलिचाहिँ रोकिएला त, यसमा ढुक्क बनेर टाउको हल्लाउन सकिने अवस्था पनि छैन । हुन त काम वा अध्ययनका लागि मन लागेको ठाउँमा जान पाउनु हामी सबैको अधिकार हो । यसो भन्दै गएमा भोलि देशको अवस्था कस्तो बन्ला ? युवा भनेका देशका अमूल्य गहना र शक्ति दुवै हुन् । उनीहरूलाई सक्षम र सबल बनाउनु राज्यको मूल कर्तव्य नै हो । आफ्नो कर्तव्य निर्वाहका लागि राज्य सधैँ संवेदनशील बन्नु अति आवश्यक छ । अझ त्यतिले मात्र पनि पुग्दैन, अझ अगाडि बढ्नु नितान्त आवश्यक छ । यदि युवा देशभित्र बसेर कामधन्दा गर्न चाहँदैनन् वा उनीहरूका चाहना विदेश जाने देखिए, ढिलो चाँडो
शैक्षिक सुधारका कार्यभार
नेपाली राजनीतिमा कोर्स करेक्सन भएको छ । राजनीतिक परिवर्तनको नेतृत्वमा अग्रङ्क्तिमा उभिएर नेतृत्व गरिरहेका दलहरूको नयाँ राजनीतिक गठबन्धनपछि भएको सरकार गठनसँगै नागरिकमा नयाँ आशा र अपेक्षाको सञ्चार भएको छ । जनमतबाट स्थापित दलले सत्ताको नेतृत्व लिएपछि आशाको सञ्चार हुनु स्वाभाविक हो । राजनीतिक तहमा पनि नागरिक अपेक्षालाई नेतृत्व प्रदान गर्न भिन्न ढङ्गको जिम्मेवारीबोध भएको छ । बदलिएको राजनीतिक अवस्थासँगै राजनीतिक स्थायित्व, विकास, सुशासन र समृद्धिको परिकल्पना गरिएको छ । नागरिकको सुखी जीवन र राष्ट्रको समृद्धिको लक्ष्य हासिल गर्ने अभिलाषा नयाँ राजनीतिक परिवेशमा नयाँ ढङ्गले जुर्मुराएको छ । यो सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओली र सरकारमा सहभागी मन्त्रीका दैनन्दिन कार्यप्रगतिका समी