लोकतन्त्रको असल अभ्यास
लोकतन्त्रको आधारशिला कानुनी शासन हो र यसका लागि स्वतन्त्र र निष्पक्ष न्यायपालिका अनिवार्य छ भन्ने प्रमाणित भइसकेको छ । नियन्त्रण र सन्तुलनको राजनीतिक सिद्धान्त तथा संवैधानिक सर्वोच्चताको कानुनी सिद्धान्तको सम्मिश्रणमा आधारित भई कानुनको पालना र प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने अवस्थालाई राज्यका सबै निकायले आत्मसात् गर्नु आवश्यक छ ।न्यायिक निकायबाट फैसला भएका मुद्दामा विगत ५० वर्षको इतिहास हेर्दा हालसम्म एक लाखभन्दा बढी दोषी व्यक्ति फरारको सूचीमा रहेको तथ्याङ्क देखिन्छ । ती व्यक्तिसमेतबाट भुक्तान हुन बाँकी कैद, जरिबाना र क्षतिपूर्तिको रकम जम्मा गर्दा ठुलो परिमाणमा फैसला कार्यान्वयन बाँकी रहनु कानुन कार्यान्वयनको दृष्टिबाट डरलाग्दो देखिन्छ । दण्डहीनताको अन्त्य र लोकतान्त्रिक व्यवस्थाका बहुआयाममा यसले गम्भीर प्रश्न खडा गरेको छ । कानुनी शासनको प्रभावकारिताका लागि स्वेच्छाचारी प्रवृत्ति नियन्त्रण पहिलो सर्त हो, जसमा कानुनको समान प्रयोग र पालना अनिवार्य हुन्छ । फैसला हुनुअघि र पछिको दुवै चरणमा प्रदर्शन हुने प्रभावकारिताले नै सामाजिक न्याय वितरण लक्षित उद्देश्यमुखी हुन सक्छ । कानुनी शासनको वर्तमान अवस्थाएउटै मुद्दामा दशकौँ वर्ष अदालत धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै चुस्त न्यायिक प्रणाली विकास गर्न मात्रै हाम्रो योजना प्रणालीले जोड दिएको छैन । अपितु, राज्यका सबै निकायको प्रतिफलपूर्ण प्रयोगबाट न्यायको वितरण एवं विशेष र कमजोर अवस्थामा रहेका वर्ग र क्षेत्रको प्राथमिकीकरणका माध्यमबाट पुनर्वितरणकारी न्यायको सुनिश्चितताका लागि समेत नेपालको संविधानले जोड दिएको छ । यस संवैधानिक तथा योजनागत व्यवस्थालाई व्यवहारमा उतार्न घनीभूत र सार्थक प्रयास हुनु आवश्यक छ । यसबाट मात्रै कानुनी शासनको समग्र अवस्थामा सुधार आई समृद्ध नेपाल र सुखी नेपालीको दीर्घकालीन सोचको दिगो कार्यान्वयन सम्भव देखिन्छ ।वल्र्ड जस्टिस प्रोजेक्टले पछिल्लो पटक सन् २०२३ मा सार्वजनिक गरेको कानुनी शासनको सूचकाङ्क हेर्दा नेपाल ७१ औँ स्थानमा समावेश भएको देखिन्छ । विश्वका १४२ देशका कानुनी शासनका विभिन्न मानकको मूल्याङ्कन गरी सार्वजनिक गरिएको यस सूचकाङ्क अनुसार खुला सरकार, स्वतन्त्र न्यायालय, मौलिक अधिकार तथा सुरक्षा नियमन प्रयोग, भ्रष्टाचार नियन्त्रण, राज्यभित्र विद्यमान राजनीतिक संस्कृति, अधिकार र दायित्वको प्रयोग जस्ता विषयमा नेपालको अवस्था कमजोर देखिन्छ । राज्यका निकायको जिम्मेवार भूमिकामा रहने पदाधिकारीको भूमिका, गलत कार्य गर्नेहरू दण्डित हुने अवस्था र कानुनी प्रयोगको समानताको स्तर हेर्दा यो अवस्था सिर्जना गर्न कुनै एक तहका व्यक्ति मात्रै जिम्मेवार देखिँदैनन् । बरु समाजका विभिन्न तह र तप्कामा नेता, कर्मचारी, न्यायकर्मी, नागरिक समाज र स्वयम् नागरिकको भूमिका समेत कानुनी शासनको सबलीकरणका लागि अझ बढी जिम्मेवार हुनुपर्ने अवस्था छ ।चालु सोह्रौँ योजनाले विधिको शासनको सूचकाङ्क ०∙५२ बाट ०∙८० पु¥याउने लक्ष्य लिएको पाइन्छ । सुशासन र सदाचार प्रवर्धनमा महालेखा परीक्षक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रभावकारिता अभिवृद्धि तथा संवैधानिक आयोगका प्रतिवेदनसमेतले दिएका सुझावको कार्यान्वयनको अनुगमन र पालना हुन सकेको देखिँदैन । सर्वोच्च अदालतमा मात्रै हाल २५ हजार बढी मुद्दा विचाराधीन छन् । न्यायालय तथा संवैधानिक निकायबाट भएका निर्णय कार्यान्वयनको अवस्थाले न्याय प्राप्तिका सारभूत र कार्यविधिगत प्रभावकारितामा सुधारका ढोका खोल्न सहयोग पुग्ने हुन्छ । उल्लिखित अवस्थाबाट कानुनको पालना र कार्यान्वयनमा देखिएका सुधारको कमजोर अवस्थालाई नै प्रतिनिधित्व गर्छ । राज्यका निकायप्रति जनविश्वास कमजोर हुँदा समग्र शासकीय प्रणालीप्रति नै वितृष्णा पैदा हुने स्थिति सिर्जना हुन सक्छ । राज्यका कार्यकारी निकायप्रतिको अविश्वासले सामान्य कुरामा पनि न्यायालयप्रति झुकाव देखिने अवस्था पनि रहन्छ । जुन अवस्थालाई रोक्न नेपालले रणनीतिगत र कार्यनीतिगत हस्तक्षेप अवलम्बन गर्नुपर्ने अवस्था छ ।न्याय निरूपणमा उठेका प्रश्नविधिको शासनलाई प्रजातन्त्रको सूत्रपात भएदेखि नै नेपालको शासकीय आयामको मेरुदण्डका रूपमा स्वीकार गर्न थालिएको हो । आधुनिक रूपमा शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको पालना तथा संविधानवादमा आधारित मूल्य मान्यताको अवलम्बन गर्दै समानता र स्वतन्त्रताको औपचारिक बीजारोपण पनि राणा शासनको पतनसँगै भएको हो । विशेष गरी प्रधान न्यायालय ऐन, २००८ जारी भएसँगै न्यायपालिकालाई कार्यपालिकाको प्रभावबाट मुक्त गराई सुधारात्मक न्यायलाई जोड दिने औपचारिक प्रयासले सार्थकता पाएको देखिन्छ । हुन त राणाकालमै विसं १९९७ साउन १ गते प्रधानमन्त्री जुद्धशमशेरले एक सनद जारी गरी नेपालमा प्रधानन्यायालय स्थापना गरेका थिए । सो सनदबमोजिम न्यायाधीश जनरलको निर्वाचनमार्फत बहादुरशमशेर जबरा न्यायाधीश जनरल पदमा निर्वाचित भएको पाइन्छ । प्रजातन्त्र स्थापना हुनुअघि राज्यका सबै अङ्गमा राणाको एकछत्र प्रभाव रहेको अवस्थाबाट न्यायालय पनि त्यसबाट अछुतो रहने कुरा थिएन । यसरी शक्ति पृथकीकरणको अभ्याससँगै स्वतन्त्र न्यायालय प्रारम्भ भएकाले यसबाट प्रजातन्त्र र मानव अधिकारको जग सुदृढीकरणमा नेपालले लामो अवधि पार गरेको पाइन्छ ।सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने पद्धतिलाई वर्तमान संविधान प्रारम्भ भएपछि अङ्गीकार गरिएको छ । स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायको सुनिश्चितताका लागि सर्वोच्च अदालतसहितका तीन तहको एकीकृत न्यायपालिकाको व्यवस्था संविधानले गरेको छ । नागरिक अधिकारको रक्षा, व्यक्तिगत स्वतन्त्रताको अभ्यास र कानुनको समान प्रयोग तथा पालनाको अवस्थालाई पहुँचयोग्य, सर्वसुलभ र अनुभूतिगम्य बनाउन भने थुप्रै कार्य गर्न बाँकी छ । यसको सुनिश्चितता नगरी लोकतन्त्रका किरण नागरिकले अनुभूति गर्न नसक्ने हुँदा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायप्रणालीको अवलम्बन गरी कानुनी राज्य र सामाजिक न्याय जस्ता लोकतन्त्रका आधारभूत मान्यताको सुदृढीकरण गर्न हाम्रो ध्यान जानु जरुरी छ । विगतको दलविहीन व्यवस्था होस् वा खुला शासन व्यवस्थाभित्रै भएका नागरिक स्वतन्त्रता हननको अवस्था । नागरिक हित र अधिकार रक्षाका लागि न्यायालयले खेलेको भूमिका स्वर्णाक्षर लेखिँदै आएको छ । न्यायालयको यस्तो भूमिकालाई कुण्ठित गर्न अनेक प्रयास पनि नभएका होइनन् । लोकतन्त्रविरुद्ध हमला हुँदासमेत न्यायालयले रिटकै माध्यमबाट विगतदेखि नागरिक अधिकार बहालीमा प्रत्यक्ष योगदान पु¥याउँदै आयो । प्रधान न्यायालय ऐन, २००८ को दफा ३० ले पहिलो पटक प्रधान न्यायालयलाई रिट जारी गर्ने अधिकार प्रदान गरेको थियो । न्यायालयको यही असाधारण अधिकारलाई नागरिकको मौलिक हक प्रचलनसमेतको उद्देश्यले आजसम्म उच्च स्थान प्राप्त हुँदै आएको छ । हाल बन्दी प्रत्यक्षीकरणको रिटको क्षेत्राधिकार जिल्ला तहसम्म रहने र सर्वोच्च अदालतसँगै उच्च अदालतबाट समेत रिट जारी हुन सक्ने सुनिश्चितता नेपालको संविधानले गरेको छ । लोकतान्त्रिक व्यवस्थाका लागि भएका आन्दोलन होस् वा सामाजिक न्यायका लागि भएका अनेक सङ्घर्ष होऊन्, नागरिकको अन्तिम भरोसाको विन्दु स्वतन्त्र न्यायालय नै रहँदै आएको छ । यसको सुदृढीकरणबिना लोकतन्त्रको अभीष्ट र सामाजिक न्यायको ढोका फराकिलो नहुने हुँदा कानुनको प्रयोग र पालनामा देखिएका अनेक अप्ठ्याराको निराकरण गर्दै कानुनको सम्मान र न्यायालयमाथिको जनआस्था अभिवृद्धिमा सबैको योगदान अभिवृद्धि गर्न हातेमालो हुनु आवश्यक देखिएको छ । बेला बेलामा न्यायालयभित्रै स्वतन्त्र र सक्षम न्याय निरूपणका क्षेत्रमा अनेक प्रश्न खडा हुँदै आएको छ । न्यायिक निष्पक्षताको सुनिश्चिततामा न्यायकर्मी र न्यायिक नेतृत्व नै आँखा चिम्लिने गरेको आरोप विगतमा पनि खेप्नु नपरेको होइन । आज पनि न्यायाधीश नियुक्तिदेखि न्यायिक कार्यसम्पादनसम्ममा नागरिकका थुप्रै प्रश्न थाती नै देखिन्छ । कार्यपालिकामा रहेका व्यक्तिको प्रभाव न्यायिक जनशक्ति छनोट र तिनको कार्यसम्पादनमा पर्न सक्ने चिन्ता न्यूनीकरण गर्न संवैधानिक परिषद् र न्याय परिषद् जस्ता निकायले निश्चित मापदण्ड विकास गर्नुपर्ने आवश्यकतामा जोड दिइँदै आएको छ । यी निकायको पुनर्संरचनालाई संविधान संशोधनका महìवपूर्ण प्रस्थानविन्दुका रूपमा अथ्र्याउनुपर्ने विचारसमेत प्रकट भइरहेको देखिन्छ । विभिन्न तहका न्यायाधीशको नियुक्ति समयमै गर्ने र उच्च तथा सर्वोच्च अदालतका न्यायाधीशका प्रत्याशीको योग्यता परीक्षण गर्ने मापदण्डको परिपक्वता विकास र यस्ता मूल्यप्रतिको मतैक्यसहितको समाधान हामीहकाँ प्राप्त हुन सकेको छैन । यस्तो अवस्थाले संवैधानिक जिम्मेवारी निष्पक्ष र प्रभावकारी रूपमा बहन गर्न एकातिर पर्यावरणीय वातावरण तयार हुन सकेको छैन भने स्वयम् न्यायपालिकालाई कानुनी शासनको बागडोर प्रभावशाली बनाउने गरी आडभरोसा प्राप्त हुन सकेको देखिँदैन । सक्षम लोकतन्त्रको मार्गसमृद्धि र मानव अधिकारका लागि लोकतन्त्रको विकल्प सक्षम लोकतन्त्र मात्रै हो भन्नेमा कमै विमति होला । लोकतन्त्रको आधारशिला कानुनी शासन हो र यसका लागि स्वतन्त्र र निष्पक्ष न्यायपालिका अनिवार्य छ भन्ने प्रमाणित भइसकेको छ । नियन्त्रण र सन्तुलनको राजनीतिक सिद्धान्त तथा संवैधानिक सर्वोच्चताको कानुनी सिद्धान्तको सम्मिश्रणमा आधारित भई कानुनको पालना र प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने अवस्थालाई राज्यका सबै निकायले आत्मसात् गर्नु आवश्यक छ । कानुनी शासन र संविधानवादको संवर्धनका लागि भएका कानुनको पालनामा सुदृढीकरणको प्रत्याभूति गराउन शासकीय साझेदारको ऐक्यबद्धता अनिवार्य छ । ढिलो न्याय पाउनु न्याय नपाएसरह हो भन्ने विधिशास्त्रीय मान्यतालाई व्यवहारमा आत्मसात् गर्दै सक्षम, सुदृढ र परिणाममुखी राज्य प्रणाली स्थापना गर्नु आवश्यक मात्र होइन, अनिवार्य छ । स्वतन्त्र न्यायपालिका लोकतन्त्रको सर्वोच्च आसन भएकाले यसको ओज अभिवृद्धिमा स्वयम् न्यायपालिका मात्र होइन, सामाजिक न्याय वितरण गर्ने सबै निकाय सक्षम, कामयाबी र प्रभावकारी बन्नु अनिवार्य हुन्छ । कानुन बनाउने निकाय गैरविधायिकी कार्यमा केन्द्रित नभई मौलिक र आवश्यकतामा आधारित कानुन निर्माणमा सक्षमता प्रदर्शन गर्ने, नियामकीय भूमिका निर्वाह गर्नुपर्ने निकाय आवेगहीन र पूर्वाग्रहरहित भएर सुदृढ कार्यसम्पादन गर्ने तथा कार्यकारी अङ्गले समन्वयपूर्ण ढङ्गले नतिजा दिई सामाजिक न्याय वितरणमा हातेमालो गर्नु पर्छ । नागरिक समाज दलीय, गैरदलीय वा बाह्यप्रभाव भन्दा सीमान्तीकृत नागरिक, देश र जनताप्रति झुक्ने पद्धति विकास गरी कानुनी शासनप्रति खबरदारी गर्दै सशक्त भूमिका निर्वाह गर्नप्रति केन्द्रित हुनु आवश्यक छ । यसले नै लोकतन्त्रको वितरण र सङ्घीय प्रणालीको सशक्तीकरण सम्भव छ । निष्कर्षलोकतन्त्रको अभ्यासबाट समृद्धि र सुख प्राप्त गर्ने नेपालको कार्यभारमा रहेका अनेक चुनौती सामना गर्न राष्ट्रिय मुद्दामा सहकार्य, स्थानीय निकायको सक्षमता अभिवृद्धि र सङ्घीय एकाइबिच सहकार्य र सहकारिता महìवपूर्ण छ । सुशासन र सदाचारको कार्यभारले समाजका सबै निकायको उत्तरदायित्व र जवाफदेहितालाई कानुनी शासनको बृहत् लाभको सुनिश्चिततासँग जोडेको हुन्छ । कानुन निर्माण, व्याख्या र कार्यान्वयनको प्रत्याभूतिका लागि राज्यका अङ्गले आफ्नो प्रभावकारिता यिनै लक्ष्यमा केन्द्रित गरी सुशासन र सामाजिक न्यायको प्रवर्तनलाई संवर्धन गर्नु आजको आवश्यकता हो ।
शैक्षिक प्रशिक्षण प्रतिष्ठानको खाँचो
विद्यालय शिक्षा मानव संसाधन विकासको आधारशिला हो । गुणस्तरीय विद्यालय शिक्षाबाट मात्र व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनका लागि दक्ष, सिपयुक्त र असल नागरिकका रूपमा व्यक्तिलाई तयार गर्न सम्भव हुन्छ । दक्ष, सक्षम र उत्प्रेरित शिक्षक र कुशल शैक्षिक व्यवस्थापनबाट मात्र विद्यालय शिक्षालाई गुणस्तरीय बनाउन सकिन्छ । यसका लागि शिक्षण पेसा र शैक्षिक व्यवस्थापनमा संलग्न जनशक्तिलाई ज्ञान, सिप र प्रविधिका दृष्टिले सधैँ अद्यावधिक बनाई राख्न निरन्तर तालिम र प्रशिक्षणको आवश्यकता पर्छ । शैक्षणिक योजना तथा शैक्षिक सामग्रीको निर्माण र प्रयोग, विद्यार्थीका सिकाइ आवश्यकता एवं विविधताको पहिचान र सम्बोधन, कक्षा व्यवस्थापन र बालमैत्रीपूर्ण सिकाइ वातावरणको निर्माण, आधुनिक शिक्षण कौशल र प्रविधिको अवलम्बन गर्न शिक्षकलाई तालिम र प्रशिक्षण आवश्यक पर्छ । शिक्षण सिकाइका व्रmममा सामना गरिने समस्याको पहिचान र समाधान, शिक्षा र शिक्षणसँग सम्बन्धित नयाँ ज्ञान र नवप्रवर्तनसँग शिक्षकलाई निरन्तर परिचित र अद्यावधिक भइरहने अवसर प्रदान गर्नु पर्छ । यसका लागि निरन्तर विभिन्न तालिम (सेवा प्रवेश, सेवाकालीन र पुनर्ताजगी तालिम), कार्यशाला र सिकाइ एवं शिक्षणसम्बद्ध अनुसन्धानको अवसर दिनु पर्छ । त्यस्तै शैक्षिक व्यवस्थापनका विभिन्न तहमा कार्यरत कर्मचारीलाई पनि तालिम र प्रशिक्षणको आवश्यकता पर्छ । विगतमा शैक्षिक जनशक्ति विकास केन्द्र र २९ वटा शिक्षा तालिम केन्द्रबाट शिक्षक पेसागत विकास र शैक्षिक व्यवस्थापन तालिम सञ्चालन हुँदै आएकोमा हाल प्रत्येक प्रदेशमा प्रदेश सरकार अन्तर्गत एक÷एक वटा तालिम केन्द्र रहेका छन् ।कार्य जिम्मेवारी तथा सेवा क्षेत्रको तुलनामा यी संरचना, पूर्वाधार, उपलब्ध मानव तथा वित्तीय स्रोत पर्याप्त छन् त ? यससँग सम्बन्धित केही तथ्याङ्कीय आँकडाबारे चर्चा गरौँ । नेपाल सरकारको नीति अनुसार सामुदायिक विद्यालयका शिक्षकलाई मात्र तालिम दिने व्यवस्था छ । हाल सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म ५७ लाख ९२ हजार ७६१ विद्यार्थी अध्ययनरत छन् । यिनका लागि शिक्षण सिकाइ व्रिmयाकलाप सञ्चालनमा संलग्न आधारभूत तथा माध्यमिक तहका स्वीकृत दरबन्दीमा स्थायी तथा अस्थायी र राहत अनुदान कोटामा गरी एक लाख ५६ हजार १७७ शिक्षक कार्यरत रहेका छन् । ३३,०६१ प्रारम्भिक बालविकास तथा शिक्षा कक्षा र ७,१३३ सामुदायिक माध्यमिक विद्यालयमा त्यत्तिकै सङ्ख्यामा व्रmमशः बालविकास शिक्षक तथा विद्यालय कर्मचारी कार्यरत रहेका छन् (शिक्षा तथा मानव स्रोत विकास केन्द्र, २०८१) । बालविकास शिक्षकलाई बालबालिकाको सर्वाङ्गीण विकाससँग सम्बन्धित व्रिmयाकलाप सञ्चालन र विद्यालय कर्मचारीलाई आर्थिक, प्रशासनिक कार्य, शैक्षिक सूचना र अभिलेख व्यवस्थापनका लागि तालिम र क्षमता विकासका कार्यव्रmम सञ्चालन गर्नुपर्ने हुन्छ । सङ्घ, प्रदेश र स्थानीय तहमा करिब चार हजारको हाराहारीमा शिक्षा सेवाका कर्मचारी रहन्छन् । शैक्षिक योजना निर्माण र कार्यान्वयन, विद्यालय सुपरीवेक्षण र शैक्षिक सुधार, विद्यार्थी मूल्याङ्कन र परीक्षा व्यवस्थपन, विद्यालयको प्रशासनिक व्यवस्थापन र सुशासन प्रवर्धन, शैक्षिक सूचना तथा अभिलेख व्यवस्थापन र शिक्षक तथा विद्यालय कर्मचारीको क्षमता विकास, अन्तर तह समन्वय जस्ता शैक्षिक व्यपस्थापनका विविध पक्षमा उनीहरूका लागि तालिम तथा क्षमता विकासका कार्यव्रmम सञ्चालन गर्नुपर्ने हुन्छ । यसरी शिक्षण सिकाइ र शैक्षिक व्यवस्थापनसम्बन्धी तालिम दिनुपर्ने लक्षित जनशक्ति दुई लाख हाराहारीमा देखिन्छ ।सङ्घ, प्रदेश र स्थानीय तहमा गरी एक लाख ३८ हजारको सङ्ख्यामा रहेका कर्मचारीका लागि तालिम दिन विभिन्न प्रतिष्ठान र तालिम केन्द्र छन् । अधिकृत स्तरका कर्मचारीका लागि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान छ । सहायक स्तरका कर्मचारीका लागि कर्मचारी प्रशिक्षण प्रतिष्ठान छ । यीबाहेक न्यायसेवा तालिम केन्द्र, वित्त व्यवस्थापन तालिम केन्द्र, हुलाक प्रशिक्षण केन्द्र, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र विभिन्न विषयगत मन्त्रालय अन्तर्गत केन्द्रीय स्तरमै विभागस्तरका तालिम केन्द्र छन् । प्रदेशस्तरमा पनि विषयगत निकायका तालिम केन्द्र छन् । हाल कतिपय प्रदेशले प्रदेश सुशासन केन्द्र गठन गरी प्रशासनिक प्रशिक्षणको कार्य गर्दै आएका छन् । उल्लिखित तथ्याङ्कलाई हेर्दा शैक्षिक जनशक्तिका लागि तालिम प्रदायक संस्थागत बस्दोबस्त, पूर्वाधार, स्रोतसाधन र जनशक्ति अपर्याप्त छ । सरकारको प्राथमिकतामा पनि नपरेको जस्तो देखिन्छ । सङ्घीयता कार्यान्वयनसँगै शैक्षिक जनशक्ति विकास केन्द्र खारेज भएपछि केन्द्रीय स्तरमा यससम्बन्धी छुट्टैै निकाय छैन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शिक्षक तालिम शाखा र शैक्षिक व्यवस्थापन तालिम शाखामा यसको जिम्मेवारी सीमित भएको छ । २९ वटा तालिम केन्द्रले गरिरहेको तालिम र प्रशिक्षणसम्बन्धी कार्य प्रदेश तहका सात वटा तालिम केन्द्रमा सीमित गरिएको छ । यी तालिम केन्द्रमा आवश्यक पूर्वाधारको कमी छ । भएका पनि पुराना र जीर्ण अवस्थामा छन् । समय अनुकूल मर्मत सम्भार र नयाँ निर्माण अपेक्षित रूपमा हुन सकेको छैन । कुनै प्रदेशमा तालिम केन्द्र भवनमा प्रदेश सभा राखिएबाट शिक्षक तालिम सञ्चालनमा कठिनाइको सामना गर्नु परिरहेको अवस्था छ । तालिम दिनुपर्ने शिक्षक कर्मचारी सङ्ख्याको अनुपातमा तालिम प्रदायक जनशक्ति न्यून छ । यसले तालिमको आवश्यकता पूरा गर्न सकिरहेको छैन । तालिम दिनुपर्ने लक्षित समूहको तुलनामा विनियोजित बजेट अपर्याप्त र खर्चका दर पनि अन्य तालिम प्रदायक निकायको तुलनामा न्यून छन् । फलस्वरूप तालिम सञ्चालनमा कठिनाइको सामना गर्नु परिरहेको छ । तालिममा सिकेका ज्ञान र सिपको कक्षाकोठामा प्रयोग भए नभएको सम्बन्धमा प्रभावकारी अनुगमन, पृष्ठपोषण तथा सुधार र अनुसन्धान कार्य हुन सकेको छैन । शिक्षण सिकाइको गुणस्तर अभिवृद्धि, विद्यालय सुशासन प्रवर्धन र प्रभावकारी शैक्षिक सेवा प्रवाहमा शिक्षक, विद्यालय र शैक्षिक व्यवस्थापनका विभिन्न तहमा कार्यरत कर्मचारीलाई सक्षम, उत्तरदायी र उत्प्रेरित बनाउन सङ्घीय तहमा अधिकार, स्रोत र विज्ञतासहितको छुट्टै शैक्षिक प्रशिक्षण प्रतिष्ठान गठन गर्नु पर्छ । यसमा आवश्यकता अनुसार प्रारम्भिक बालविकास तथा शिक्षा, आधारभूत शिक्षा, माध्यमिक तहका विभिन्न विषयगत शाखा र सोसम्बन्धी विशिष्टीकृत जनशक्ति रहने व्यवस्था हुनु पर्छ । त्यस्तै प्राविधिक तथा व्यावसायिक शिक्षा, तालिमको प्रभावकारिता अनुगमन र कार्यमूलक अनुसन्धान, तालिमको आवश्यकता पहिचान, पाठ्यव्रmम र तालिम सामग्री निर्माण जस्ता विषयको पनि अलग्गै शाखा रहने व्यवस्था गर्नु पर्छ । यसले शैक्षिक तालिम नीतिको तर्जुमा, तालिमको आवश्यकता पहिचान गरी पाठ्यव्रmम, तालिम सामग्री निर्माण र परिमार्जन गर्नु पर्छ । प्रदेश र स्थानीय तहलाई स्थानीय परिवेश र आवश्यकता अनुसारको केही विषयवस्तु समावेश गर्ने मापदण्ड तय गर्नु पर्छ । तालिमसम्बन्धी विषयमा अध्ययन, अनुसन्धान गर्ने कार्य गर्नु पर्छ । परिवर्तित नीति, पाठ्यव्रmम र तालिम सामग्रीबारे सङ्घीय तहमा मुख्य प्रशिक्षक प्रशिक्षण सञ्चालन आवश्यक छ । प्रदेश सरकारका तालिम प्रदायक निकायबिच समन्वय, तालिमको प्रभावकारिता अध्ययन र तालिम सञ्चालनको अनुगमन एवं सहजीकरण गर्ने कार्य गर्नु पर्छ । प्रत्येक प्रदेशमा शिक्षक तथा कर्मचारी सङ्ख्या र भौगोलिक अवस्थाको आधारमा थप तालिम केन्द्रको स्थापना गरी सङ्घीय तहबाट स्वीकृत मापदण्ड र पाठ्यव्रmम अनुसार तालिम सञ्चालन गर्नु पर्छ । तालिम केन्द्रहरूमा पर्याप्त भौतिक पूर्वाधार, प्रविधि, बजेट व्यवस्था र खर्चको मापदण्डमा सामयिक वृद्धि गर्नु पर्छ । तालिम केन्द्रहरूले स्थानीय तहलाई स्थानीय आवश्यकतामा आधारित छोटो अवधिका तालिम, अभिमुखीकरण र कार्यशाला सञ्चालनमा सहजीकरण गर्नु पर्छ ।अन्त्यमा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गरी शिक्षाका राष्ट्रिय उद्देश्य हासिल गर्न शिक्षण पेसा र शैक्षिक व्यवस्थापनमा संलग्न जनशक्तिको निरन्तर पेसागत विकास आवश्यक हुन्छ । यसका लागि शैक्षिक तालिमसम्बन्धी विद्यमान व्यवस्थाको पुनरावलोकन र संस्थागत क्षमता विकास अपरिहार्य छ ।
राजनीतिमा सरलपन
राज्य र प्रशासनसँग सम्बन्धित सामाजिक सिद्धान्त नै राजनीति हो । राजनीति गर्ने मानिसमा उच्च नैतिक चरित्र हुनु पर्छ । विभिन्न प्रकारका ज्ञानले पनि भरिपूर्ण हुन जरुरी हुन्छ । मुलुक र जनतालाई केन्द्रविन्दु बनाएर काम गर्न सक्ने व्यक्ति नै असल राजनीतिकर्मी कहलिन्छ । राजनीति सरल बाटोमा हिँड्दैन भन्ने गरिन्छ । राजनीति सरल रेखामा हिँड्यो भने मुलुकको जीवन सहज हुँदै गई जनताको जीवनमा समेत सकारात्मक परिवर्तन आउन थाल्छन् । राजनीति जति बाङ्गो हुँदै जान्छ, मुलुक त्यति नै अस्तव्यस्त हुने व्रmम बढ्छ । राजनीतिकर्मीमा नैतिकता र इमानदारिताले डेरा जमाउँदै गएमा राजनीति सरल हुँदै जान्छ भने राजनीतिकर्मी मुलुक निर्माण र जनसेवाबाट टाढिँदै गएमा राजनीति विकृत बन्दै जान्छ । मुलुकको राजनीतिक वातावरण कस्तो बनाउने भन्ने मूलतः राजनीतिक दलका नेतामा भर पर्छ ।राजनीति भनेको नीतिहरूको मूलनीति मानिन्छ । कतिपय नीति मानव जीवनलाई आदर्शमय बनाउनैका लागि बनेका हुन्छन् । कतिपय नीति अर्थसम्बन्धी विचारमा मात्रै केन्द्रित रहेका हुन्छन् । धर्मनीति, कूटनीति, परराष्ट्र नीति आदि विभिन्न नीति निर्माण गरिएका छन् । यस्ता नीतिले मानव जीवन या मुलुकको कुनै न कुनै एक क्षेत्रमा मात्रै प्रभाव पारिरहेका हुन्छन् । राजनीतिले भने कुनै क्षेत्र विशेषलाई मात्रै नभई समग्र मानव जीवनका साथै मुलुकको भाग्यमा नै महìवपूर्ण भूमिका खेलिरहेको हुन्छ ।राजनीति राज्यको शासन व्यवस्थासम्बन्धी नीति हो । राजनीति राज्य सञ्चालन प्रणाली हो । जनताका मौलिक अधिकारको रक्षा एवं कदर गर्ने, जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिका बिचमा सन्तुलन कायम गर्ने जस्ता विषय राजनीतिमा पर्छन् । राज्य र प्रशासनसँग सम्बन्धित सामाजिक सिद्धान्त नै राजनीति हो । राजनीति गर्ने मानिसमा उच्च नैतिक चरित्र हुनु पर्छ । विभिन्न प्रकारका ज्ञानले पनि भरिपूर्ण हुन जरुरी हुन्छ । मुलुक र जनतालाई केन्द्रविन्दु बनाएर कार्य गर्न सक्ने व्यक्ति नै राजनीतिकर्मी हुन आवश्यक छ ।नेपालमा भने राजनीति भनेको पार्टीको झन्डा बोकेर हिँड्ने र पार्टीले दिएको टिकटका आधारमा चुनाव लड्ने, दलको कुनै न कुनै पदमा बस्ने र जनतामाथि शासन गर्ने भाष्य निर्माण हुँदै गएको छ । मुलुकको समग्र उन्नयनको खाका कोर्दै जनताका समस्या समाधान गर्दै जाने उद्देश्य गौण बन्दै गएर जसरी भए पनि सत्तामा रहनु नै राजनीतिको मूल उद्देश्य बन्दै गइरहेको छ । सत्यमा आधारित तथ्यलाई उपस्थापित गरेर विधि र विधानका आधारमा सञ्चालित हुनुलाई कमजोर बनाउँदै होहल्ला मच्चाउँदै चर्चामा रहनु नै राजनीति हो जस्तै देखिएको छ ।जसले भए नभएका कुराको हल्ला पिटेर तहल्का मच्चाउन सक्यो उसैलाई नै सफल राजनीतिज्ञ ठान्न थालिएको छ । असत्य कुरालाई पनि सय पटक भनेर सत्य साबित गर्न सक्ने नेता नै असल नेताका रूपमा लिन थालिएको छ । भैरव अर्यालको जय भुँडीमा उल्लेख गरिएका नेता जस्तालाई नै नेता मान्ने परिपाटीको विकास भएको छ । आफ्नो नीति, विचार र सिद्धान्तको व्याख्या गर्दै लोकप्रिय हुन खोज्नेहरूको भन्दा अर्काको बद्ख्वाइँ गरेर पानीमाथिको ओभानो हुन खोज्नेहरूको हाइहाइ हुने वातावरण नेपालमा बन्दै गएको छ ।इतिहास केलाउने हो भने येनकेन प्रकारेण चर्चामा आएका नेताभन्दा सरल र सादा जीवन जिएका नेता अजम्बरी भएका छन् । शक्तिको मादमा प्रभाव जमाउन खोजेका नेता पदावधि सकिएसँगै बिलाएको थुप्रै उदाहरण हाम्रासामु उपस्थित छन् । जसले पदमा रहँदा पनि अभिमान देखाएनन् र पद सकिएपछि पनि कुनै विस्मात् मानेनन्, उनीहरू दीर्घकालसम्म जनताका मनमा रहन सकेका छन् । सदाचारलाई नै जीवन पद्धति बनाउन खोजेका नेता पदमुक्त भएपछि मात्रै नभई देहमुक्त भएपछि पनि जीवित नेताको भन्दा उच्चस्थान प्राप्त गर्न सफल भएका छन् ।नेपालमा प्रजातन्त्र प्राप्तिपछिकै प्रधानमन्त्रीका बारेमा हेर्ने हो भने पनि सरल मानिएका नेता आज यो दुनियाँमा छैनन् र पनि सर्वसाधारण जनताका स्मरणमा ताजै छन् । अन्तरिमकालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको बालुवाटार प्रवेश गर्दा र छोड्दाको छाता, ट्याङ्का र सुराहीको चर्चा सदैव हुने गरेको छ । नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री भनेर चिनिएका मनमोहन अधिकारीको प्रधानमन्त्रीकालका बारेमा कसैले औँला ठड्याउन सकेको छैन । आफ्नो नाममा सम्पत्तिका नाममा फुटेको कौडी नभएका सुशील कोइरालाको प्रधानमन्त्रीको कार्यकाल सकिएपछि पनि कतै बैङ्क खाता नरहेको चर्चा चलेकै हो र सादगी नेताको परिचय कायम गरेरै गए ।पछिल्लो समयमा खुब चर्चा बटुल्दै बालेन साह, रवि लामिछाने र हर्क साङ्पाङहरू उदाए । यी तीनमध्येका दुई जना अद्यापि मेयर पदमा कार्यरत छन् तर उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्न सफल भएका रवि लामिछानेको भने राजनीतिक जीवन भनौँ या सार्वजनिक जीवन के हुने भन्ने धरापमा परेको छ । अदालती प्रव्रिmया सकिएर निर्णय आइसकेपछि मात्रै उहाँको भविष्यका बारेमा केही भन्न सकिने अवस्था छ । बाँकी दुई जनाका बारेमा भने पाँच वर्षको कार्यकाल सकिएपछि मात्रै मूल्याङ्कन गर्न उचित होला ।लामिछाने गृहमन्त्री भएका बेला दिनदिनै जसो कुनै न कुनै फन्डा बाहिर आउने गर्दथ्यो । अरूका मुखबाट होइन कि गृहमन्त्रीकै मुखबाट कहिले को जेलमा जाकिने त कहिले कसलाई भ्रष्टाचारको मुद्दा लगाइने भन्ने भनाइ आइरहेका हुन्थे । राष्ट्रिय स्वतन्त्र पार्टीका बाहेकका अन्य दलका नेता सबै भ्रष्टाचारी छन् र ती सबै पालैपालो जेलमा जान्छन् भने झैँ लाग्दथ्यो । हल्ला ज्यादै गरिएको थियो तर उहाँका कार्यकालमा कोही कसैले कुनै खाले मुद्दा बेहोर्न परेन बरु पदमुक्त हुनेबित्तिकै आफैँ सात वटा मुद्दा बेहोर्न पुगेका छन् ।यता वर्तमान गृहमन्त्री रमेश लेखक कतै चर्को स्वरले बोलेको सुनिन्न । मिडियामा गृहमन्त्रीको उपस्थिति हेर्दा गृह मन्त्रालय कुनै काम नगरी सुतेको त छैन भन्ने भान धेरैलाई पर्छ । मैले यसो गर्छु र उसो गर्छु भन्दै हल्ला पिटेको पनि पाइन्न तर सहकारी प्रकरणमा आमसर्वसाधारणको बचत हिनामिना गर्नेहरूलाई धमाधम कारबाहीको दायरामा ल्याइएको छ । सामान्यभन्दा सामान्य मान्छेका बचतमा रजगज गर्दै आएकाहरू सबैलाई एकै पटक कारबाही गर्न नसके पनि प्रव्रिmया अगाडि बढिरहेको छ । कारबाहीको व्रmम हेर्दा कोही पनि सहजै उम्कन सक्ने जस्तो देखिँदैन । उता विद्युतीय चुरोटमा सुन लुकाएर ल्याएको आरोप लागेका माओवादी नेता कृष्णबहादुर महराका छोरालगायतकालाई मुद्दा चलाउने प्रव्रिmया पनि अघि बढेको छ । ठुला मान्छेका विरुद्धमा सरकारले कदम चाल्दैन भन्ने गलत साबित हुँदै गएको छ । माओवादी नेता नै संलग्न भएको नुवाकोटको शेरा दरबारको जग्गा अतिव्रmमण सन्दर्भमा पनि छानबिन गर्ने कामका लागि गृहमन्त्रीबाट निर्देशन गइसकेको छ । अर्थात् पहिलेकाले हल्ला मात्रै गरे तर अहिले काम हुँदैछ तर चर्चा छँदै छैन भन्दा हुन्छ । गृहमन्त्रीका यस्ता कामले वर्तमान सरकारको छवि उजिल्याउने काम गर्दै छ भन्न हिच्किचाउन पर्दैन ।हवाई सेवाका सन्दर्भमा नियामक निकाय र कार्यान्वयन एकाइ एउटै हुन हुँदैन भन्ने पर्यटन मन्त्रालयमा वर्षौंदेखि चल्दै आएको थियो । दुई वटा अलग अलग निकाय स्थापित गरेर नेपालको हवाई उड्डयन सेवालाई प्रभावकारी र सुरक्षित बनाउनु पर्छ भन्ने आवाज उठिरहेको थियो र पनि कार्यान्वयनमा आउन सकेको थिएन । अहिलेका पर्यटन मन्त्री बद्री पाण्डे मौन जस्तै देखिए पनि काम भने यसै कार्यकालमा हुने लक्षण देखिएको छ । बाहिरबाट हेर्दा सरल देखिए पनि मन्त्री पाण्डेका कार्यकालमा कुनै न कुनै उपलब्धि हासिल हुने अपेक्षा गर्न सकिन्छ ।स्वास्थ्य मन्त्री प्रदीप पौडेलका कामका चर्चा मिडियामा अरूका भन्दा बढी देखिए पनि कामभन्दा हल्ला बढी भएको छैन । अस्पतालमा थन्क्याएर राख्दा राख्दै बिग्रिएका मेसिनको मर्मत नेपालीबाटै गराएर उपयोगमा ल्याउने अभियान नै चलेको छ । स्वास्थ्य बिमादेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क गर्नेसम्मका प्रशंसनीय काम भएका छन् । यी केही उदाहरणका रूपमा प्रस्तुत गरिएको मात्रै हो । सुमना श्रेष्ठले जस्तो हल्ला नगरे पनि शिक्षामन्त्री विद्या भट्टराईको कार्यकालमा असहज वातावरण भए पनि उपलब्धिका केही कुरा प्राप्त होला जस्तै देखिएको छ । कृषि मन्त्रालयका रामनाथ अधिकारी पनि सुधारका लागि प्रयत्नशील नै देखिन्छ । यस्ता अरू मन्त्री पनि छन् ।सरल देखिए पनि काम हुन सक्छ भन्नका लागि केही उदाहरण प्रस्तुत गरिएको हो । सञ्चार माध्यममा छाएर लोकप्रियता बटुल्ने प्रयासभन्दा नतिजामुखी काम गरेर कमाएको नाम दीर्घकालसम्म जपिन्छ । सत्ता र शक्तिमा रहँदाको वाहवाही क्षणिक हुने हुँदा पदमा रहेकाहरूले सत्ता गुमेपछि पनि सम्मान गर्न लायक काम गरेर देखाउन सक्नु पर्छ । मत जितेर भन्दा जनताको मन जितेर इतिहासमा नाम लेखाउने प्रयत्न राजनीतिकर्मीबाट भएमा देश पनि सुध्रिन्छ र जनता पनि सुखी हुन्छन् ।
शास्त्र, सदाचार र आधुनिक विज्ञान
सृष्टिका यावत् संरचनालाई आआफ्नो प्राकृतिक नियम र धर्म अनुसार सापेक्षित रूपमा सक्रिय हुन अवरोध सिर्जना गरियो भने त्यसले विनाश मात्र निम्त्याउँछ ।
स्थानीय तहमा वित्तीय जोखिम
‘वित्तीय सुशासन जोखिम’ भन्नाले भ्रष्टाचार, प्रक्रियाको पालना नहुने र कमजोर व्यवस्थापनका कारण सार्वजनिक वित्ती
राउटेको अस्तित्व सङ्कटमा
बृहत् नेपाली शब्द कोस पल्टाउँदा राउटे भनेको नेपालको कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा फिरन्ता व्यवसाय भएको शिकारजीवी एक जाति, काठका भाँडा बनाई जीवनवृत्ति चलाउने र जङ्गलमा बस्ने मानव भनेर परिभाषा गरिएको छ ।
भूकम्पको धक्काले दिएको सङ्केत
नेपालमा भूकम्प र यसका असरका सम्बन्धमा विसं २०७२ को गोरखा भूकम्पले गरेको विनाश देख्नु र भोग्नुअघि खासै चर्चा हुँदैनथ्यो ।
लगानीको प्रमुख आधार सुशासन
नेपाल जस्तो विकासोन्मुख मुलुकको विकास र समृद्धिका लागि लगानी सम्मेलन अत्यन्त महत्वपूर्ण हुन्छ ।
मेलमिलापको मियो
‘हाम्रा शुभचिन्तकले हाम्रो नेपाल फर्किने इरादामा निहित खतरालाई ध्यानमा राखेर नफर्किने सल्लाह दिएकोमा उनीहरूलाई हाम्रो यो भन्नु छ, कि
न्यायिक स्वतन्त्रताका पक्षमा
मोन्टेस्क्युको शक्ति पृथकीकरणको सिद्धान्त अनुरूप राज्यका तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका हुन्छन् भन्ने १७४८ को उनको किताब ‘द स्पिरिट अफ लज’ लाई नै स्वतन्त्र न्यायपालिकाको अभिप्राय मान्ने गरिन्छ ।
सबल अर्थतन्त्र निर्माणका सूत्र
आफ्नो घरको अवस्था होस् वा देशको अर्थतन्त्र बलियो, सुदृढ, दिगो र दरिलो होस् भन्ने चाहना सबैको हुन्छ ।
विद्यार्थी सङ्गठनको औचित्य
समाज परिवर्तनशील छ । समय सापेक्ष यसको संवाहक राजनीति पनि परिवर्तनशील हुनु जरुरी छ ।
संविधान संशोधनमा पैतृक सम्पत्ति
नेपालमा संवत् १९७० असोज ११ गतेदेखि परिवारको मुलीले पितापुर्खाबाट प्राप्त गरेको सम्पत्तिमध्ये चल सबै, अचल आधासम्म र आफ्ना पालामा आर्जेको
तराईमा दाइजोले ल्याएको विकृति
दाइजो प्रथा समाजमा विकृत रूपमा जडो गाडेर बसेको छ ।
सार्वजनिक प्रशासनमा कार्यसंस्कृति
आमनागरिकको दैनिकीसँग जोडिएको सार्वजनिक प्रशासनलाई कामयाबी बनाई राज्यइच्छा पूरा गर्ने संयन्त्र नै कर्मचारीतन्त्र हो ।
प्रशासनिक सुदृढीकरण र जवाफदेहिता
मूलतः राजनीतिक सुदृढीकरणबाट आमनागरिकमा सुशासन, प्रत्याभूत गर्न सकिन्छ ।
बिपीको सामाजिक चिन्तनधारा
आज बिपी चिन्तन र साहित्यको खोजको विषय सुलभ रहे पनि हिजोको अवस्थामा त्यस्तो थिएन ।
मेलमिलापको सान्दर्भिकता
बिपी केवल एक व्यक्ति होइनन्, समाजवादी विचारक हुन् ।
स्थिरताका लागि मेलमिलाप
आधुनिक नेपालको राजनीतिक अभ्यासमा राजनीतिक अस्थिरता सबैभन्दा ठुलो समस्याका रूपमा उपस्थित हुँदै आएको छ ।
नेतृत्व नियाल्ने दृष्टिदर्पण
नेतृत्वको परिभाषा बहुआयामिक छ । फोबर्स अनलाइनले लेखे अनुसार नेतृत्वलाई आठ सयभन्दा धेरै शैली तथा स्वरूपद्वारा परिभाषित गरिएको छ ।
अर्थतन्त्रमा निजी क्षेत्रको योगदान
नेपालमा अहिले अधिकांश समय विकास, प्रशासन र अर्थतन्त्रमा बहस हुने गरेको छ ।
विकासका लागि भौतिक पूर्वाधार
कुनै पनि देशको विकास तथा समृद्धिका लागि दुई वटा कुरा अत्यन्त महत्वपूर्ण हुन्छन्, ‘ऊर्जा र भौतिक पूर्वाधार ।’
उदार अर्थतन्त्रका सफल सर्जक
तीन दशकअघि नेपालमा भर्खर प्रजातन्त्र पुनर्स्थापना भएको थियो । भारतमा चन्द्रशेखर प्रधानमन्त्री बने ।
मुलुक समृद्ध बनाउन युवामा लगानी
वैदेशिक रोजगार विभागका अनुसार मङ्सिर महिनामा मात्र करिब ८४ हजारले अध्ययन र रोजगारीका लागि देश छाडेका छन् ।