पत्रकारितामा विश्वसनीयता
पत्रकारिता पेसाको प्रमुख उद्देश्य नै आदर्श समाज स्थापना गर्नु हो । पत्रकारिताका माध्यमबाट आदर्श समाज स्थापनाका लागि सही सूचना, सत्शिक्षा र उत्प्रेरणादायी खुराक पस्कने काम गरिन्छ । यस अर्थमा पत्रकारिता समाजको ऐना हो । विश्वमै शक्तिशाली र गरिमामय मानिएको पत्रकारिता पेसा नेपालको सन्दर्भमा सोचेअनुरूप विश्वसनीय हुन सकिरहेको छैन, जसले नेपाली पत्रकारिताको व्यावसायिक उन्नतिमा समेत आशातीत सफलता चुमेको पाइँदैन । यसर्थ नेपाली पत्रकारितामा सबै पक्षबाट विश्वसनीयता बढाउनुपर्ने आवश्यकता खड्किँदै छ ।
निजामती पुरस्कारको साख
अङ्ग्रेजीमा एउटा भनाइ छ ‘अ प्याट अन द ब्याक इज वोर्थ टु अन द हेड’ अर्थात् पछिल्तिर एक पटक धाप मार्दा काममा दोहोरो प्रगति हुन्छ । यस भनाइले सकारात्मक प्रशंसाको शक्ति नकारात्मक दण्डभन्दा महत्वपूर्ण हुन्छ भन्ने जनाउँछ । यसैसाथ आउने ‘क्यारोट एन्ड स्टिक’ कर्मचारीलाई सकारात्मक र नकारात्मक तकनिकीद्वारा काममा बढी दत्तचित्त गराउने उपायका रूपमा आएका छन् । निजी क्षेत्रमा भने अठारौँ शताब्दीको मध्यदेखि सुरु भएको औद्योगिक क्रान्तिपश्चात् दण्ड र पुरस्कारका विषयमा धेरै नै खोज अनुसन्धान र प्रयोगहरू भए । सरकारी कर्मचारीलाई सार्वजनिक स्रोतको उपयोगकर्ता र सरकारको दाहिने हात भएर न्याय र नैतिकता वितरण गर्ने संयन्त्रका रूपमा लिइन्छ । सार्वजनिक प्रशासक पनि मानव भएको र मानवीय चरित्र प्रदर्शन गर्ने भएका
सुदृढ सार्वजनिक सेवा
निजामती सेवा राज्यको स्थायी सरकार हो । यसलाई जनता र सरकारबिचको सम्बन्ध सेतु मानिन्छ । विश्वमा सन् १८५३ (बेलायतबाट) र नेपालमा २०१३ सालबाट औपचारिक रूपमा सुरु भएको यो सेवा समग्र सरकारी सेवाको मार्गदर्शक पनि हो । लामो पदसोपान, आवधिक वृत्तिशृङ्खला, निर्वैयक्तिकता, योग्यता प्रणाली, अनुशासन र आचारसंहिता, निरन्तरता, लिखित दस्ताबेज, गैरसैनिक चरित्र जस्ता सुन्दर विशेषताले यस सेवालाई नागरिक माझ एक प्रतिष्ठित, विश्वसनीय र भरपर्दो सेवाको रूपमा उभ्याएको छ ।
राजनीतिक शक्तिको प्रभाव
राजनीतिक दल, गठबन्धन तथा सङ्गठनमा हुने शक्ति र सामथ्र्यको भूमिका महत्वपूर्ण हुन्छ । राजनीतिक शक्ति र सामथ्र्य आपसमा अन्तरसम्बन्धित पनि हुन्छन् साथै यी दुवै तत्वले राजनीतिमा ठुलो प्रभाव पार्छन् । वास्तवमा राजनीतिक शक्तिको तागत त्यसको निर्णय गर्ने क्षमता, लागु गर्ने क्षमता र जनसमर्थन हासिल गर्ने क्षमतामा भर पर्छ । साथै राजनीतिक शक्ति कसरी गतिशील भएर काममा अगाडि बढिरहेको छ भन्ने कुराले राजनीतिक शक्ति र सामथ्र्यको मापन गरिरहेको हुन्छ । कुनै पनि राजनीतिक दल, गठबन्धन तथा सङ्गठनको काम गर्न सक्ने क्षमतालाई त्यसको शक्ति भनिन्छ भने निश्चित समयमा काम गर्ने दर तथा निर्णयलाई कार्यान्वयन गर्ने क्षमताको दरलाई सामथ्र्य भनिन्छ । राजनीतिक शक्ति र सामथ्र्यको सही संयोजनले राजनीतिक शक्तिको सफलता र प्रभावलाई निर्धारण गर्छ ।
ज्येष्ठ नागरिकमा एक्लोपन
सामाजिक अन्तर्क्रिया मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण औषधी हो । आपसी सद्भाव, प्रेम, सहयोग, विश्वास र समझदारीबाट आत्मबल बढ्नुका साथै मनोसामाजिक स्वस्थतासमेत प्राप्त हुन्छ । व्यक्ति व्यक्तिबिचको अन्तर्क्रियामा कमी हुनासाथ अन्तर्मुखी प्रवृत्ति बढ्दै जान्छ भने सामान्य जनजीवनबाट व्यक्ति एकाकी बन्न थाल्छ । सामाजिक, आर्थिक र राजनीतिक द्रुत परिवर्तनले व्यक्तिलाई समायोजन हुन कठिनाइ सिर्जना गरेको अवस्थामा वा उसको जीवनस्तरमा तुरुन्तै ठुलो परिवर्तन आएमा समायोजनजन्य समस्या सिर्जना हुन सक्छ । मानवनिर्मित वा प्राकृतिक जुनसुकै दुर्घटना वा विपत् सृजित समस्याबाट सबैभन्दा बढी
संविधान संशोधनको बहस
नेपाली कांग्रेस र नेकपा (एमाले) को सरकार गठनको विभिन्न कारणमध्ये नेपालको संविधान संशोधन पनि एक हो । संविधान प्रारम्भ भएको नवौँ वर्ष पूरा भई १० औँ वर्षमा प्रवेश गर्न लागेको अवस्था छ । सङ्घीय संसद्ले उक्त संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि पुनरवलोकन गर्ने छ भन्ने संवैधानिक व्यवस्थासमेत गरेको छ । यस अर्थमा राजनीतिक दलले उल्लेख गरेको संविधान संशोधनको कुरालाई समय सान्दर्भिक रूपमा लिन सकिन्छ । साथै संविधान एक परिवर्तनशील दस्ताबेज हो । यसलाई विधि र प्रक्रियाबमोजिम समानुकूल संशोधन गर्ने प्रचलन संसारभर छ । संविधान देशको सर्वोच्च कानुन भएकाले मूलभूत व्यवस्थामा परिवर्तन गर्न सामान्य कानुनलाई मात्र संशोधन गर्न सकिँदैन किनकि संविधानभन्दा उच्चस्तरको वा समानस्तरको कानुन बनाइएको हुँदैन । संविधानसँग बाझिने गरी कानुन बनाइँदैन, बनाइएमा बाझिएको हद जतिको कानुन स्वतः निष्क्रिय हुन्छ । जति पनि कानुन बनाइन्छ, संविधान अन्तर्गत बनाइनु पर्छ
पूर्वाधारमा लगानीका वैकल्पिक विधि
सडक, पुल, वैकल्पिक मार्ग, सहरी पूर्वाधार जस्तैः पार्क, मेट्रो रेल, प्रदर्शनी स्थल आदिको निर्माण विकासका पूर्वसर्त हुन् । गुणस्तरीय दिगो भौतिक संरचना नभई आर्थिक गतिविधिका लागि आधार तयार हुँदैन । विकास भनेको नागरिकको घरछेउमा सुविधा पुग्नु र त्यो सुविधा उपभोग गर्न उनीहरूको गोजीमा पैसा पनि हुनु हो । भौतिक संरचनाले सोझै गरिबको गोजीमा पैसा भर्दैन तर पहिले भौतिक संरचना बनाएपछि मात्र गोजी भर्ने आधार तयार हुँदै जान्छन् । पूर्वाधार विकासमा निजी क्षेत्र
संवैधानिक नैतिकता र बिपी कोइराला
आज भदौ २४ अर्थात् बिपी कोइराला को १११औँ जन्मजयन्ती । प्रथम विश्वयुद्ध प्रारम्भ भएको सालमा जन्मिएका बिपी कोइरालाको आज एक शताब्दी, एक दशक र एक वर्षयता आएर सम्झना गर्नुको उपादेयता वा सार्थकता के होला आफैँमा एउटा गम्भीर प्रश्न छ ।
धार्मिक स्वतन्त्रता कांग्रेस पहिचान
मुलुकका सत्तारूढ र ठुला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई सहमति सरकार निर्माणको एउटा आधार बनाएका छन् । संविधान संशोधनको विषयलाई अगाडि बढाउने निर्णय एमालेले गरिसकेको छ । कांग्रेसले पनि महामन्त्री विश्वप्रकाश शर्माको बहिर्गमनको नीतिलाई संविधान संशोधनको विषय बनाउने निर्णय गरेर संविधान संशोधनको प्रक्रियामा जाने सङ्केत दिइसकेको छ । पार्टी बैठकलाई समापन गर्दै सभापति शेरबहादुर देउवाले पनि संविधान संशोधन गर्नुपर्ने कारण र परिस्थि
डिजिटल बैङ्किङका समस्या
पछिल्लो समय अनलाइन सेवाको बढ्दो उपयोगका कारण डिजिटल बैङ्किङ कारोबारमा प्रयोगकर्ताको आकर्षण बढेको छ । यससँगै विद्युतीय माध्यम प्रयोग गरेर हुने आर्थिक लेनदेन तथा बैङ्किङ कारोबारमा ठगीका घटना पनि उत्तिकै बढ्दै गएका छन् । डिजिटल प्रविधिको तीव्र विकासले देश विदेशदेखि गाउँका कुनाकाप्चासम्म आफूले चाहेको समयमा पैसा लेनदेनको प्रक्रियालाई सहज बनाएको छ तर यसबाट बैङ्किङ कारोबारमा असुरक्षा र जोखिम पनि बढेको छ । सामाजिक सञ्जाल
पालिका पर्यटन प्रवर्धन
बेरोजगारी देशकै सबैभन्दा ठुलो समस्या भएको छ । स्वदेशमा रोजगारी पाउन नसकेपछि दिनकै दुई तीन हजार नेपाली युवा बिदेसिन बाध्य छन् । सरकारले ठुलो मात्रामा लगानी गरेर तत्कालै रोजगारी सिर्जना गर्न सक्ने अवस्था छैन । सरकारको सीमित साधनस्रोत बाधक छन् । सीमित राजस्व साधारण खर्चमै ठिक्क हुने हुँदा पुँजीगत खर्चको आकार पनि व्यापक बनाउन सकिएको छैन । व्यापक लगानी गरेर रोजगारी सिर्जना गर्न सक्ने स्थिति नहुँदा अनेक विकल्पमा ध्यान जानु पर्छ । यो अवस्थामा रोजगारी सिर्जना गर्न उपलब्ध प्राकृतिक स्रोतसाधनलाई ससाना पुँजी, योजना, रणनीति, सिप, दक्षता र सिर्जनशीलता उपयोग गर्नुपर्ने हुन्छ । त्य
जलवायु न्यायको बहस
नेपालका लागि जलावायु परिवर्तन तथा सङ्कट मुख्य चुनौती रहेको छ । पछिल्लो समय जलवायु सङ्कटका कारण ठुलठुला महामारी, प्रकृतिक प्रकोप तथा पर्यावरणीय विनाश भइरहेको छ, जसको प्रभावले मानवीय तथा प्राकृतिक क्षति भइरहेको छ । सँगसँगै आममानिसको नियमित जीवनशैलीमा परिवर्तन भइरहेको छ । अझ भन्नुपर्दा, जलवायु सङ्कटले आममानिस मात्र होइन, देश नै प्रभावित भएको छ । नेपालमा जलवायु परिवर्तनको कारण मौसमजन्य घटनामा आएको परिवर्तनले बेमौसम
अदालती फैसलाको प्रभाव
अदालको फैसला संवेदनशील हुन्छ । एउटा कार्यालय प्रमुखले आज गरेको निर्णय गलत रहेछ भने भोलिपल्टै सच्याउन सकिन्छ तर न्यायाधीशले फैसला गरिसकेपछि त्यति सजिलै न्याय उल्टिने सम्भावना पनि रहँदैन । अनुसन्धानकर्ताको अनुसन्धान, उसले पेस गरेको प्रमाण, न्यायाधीशको प्रमाण अध्ययन गर्न सक्ने क्षमता र योग्यता एवं न्यायाधीशका विवेकमा अदालतको फैसला अडिएको हुन्छ । न्यायाधीशको निष्पक्षता र सदाचार पनि न्याय सम्पादनका क्रममा महत्वपूर्ण तत्व हुन् ।
प्राथमिकताले गाँजेको समाज
नेपालीमा प्राथमिकता अनि अङ्ग्रेजीमा ‘प्रायोरिटी’ । प्राथमिकता भन्नेबित्तिकै सबैले जान्नैपर्ने, सिक्नैपर्ने, सुन्नैपर्ने, गर्नैपर्ने, बुझ्नैपर्ने कुराको लस्करमा पहिलो स्थान प्राप्त गर्नेलाई सम्झनु पर्छ । पहिलोबाट दोस्रोमा पुग्ने वित्तिकै त्यो प्राथमिकतामा पर्दैन । कसैले तपाईंलाई ‘एकछिन कुर्नुस्’ भन्छ भने तपाई प्राथमिकता होइन । त्यहाँ तपाई भन्दा महत्वपूर्ण अरू नै छन् । चित्त नदुखाउनु होला । हेर्नुस् मैले पनि चित्त दुखाएको छैन, मलाई थाहा छ मेरो यो लेख पनि धेरैको प्राथमिकतामा परेको छैन । प्राथमिकतामा पर्न त धेरै मेहनत गर्नु पर्छ । हुन त आजभोलि प्राथमिकता पाउने विभिन्न उपायको विकास भइसकेको छ । डिजिटल टेक्नोलोजीदेखि, फिजिकल हेलोप्याथी र द्रव्योलोजी सबै यस्तैमध्येका केही उपाय हुन् ।
शैक्षिक विकासको मूल प्रवाह
शिक्षाले व्यक्तिमा अन्तरनिहित प्रतिभा र सम्भावनाको पहिचान एवं प्रस्फुटन गरी सर्वाङ्गीण विकास गर्छ । शिक्षाले नै व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनका लागि दक्ष, सिपयुक्त र असल नागरिकका रूपमा व्यक्तिलाई तयार गर्छ । आधुनिक समाजमा शिक्षालाई नागरिकको आधारभूत आवश्यकता अन्तर्गत राख्ने गरिन्छ र नागरिकको मौलिक हक एवं राज्यको दायित्वका रूपमा लिइएको छ । राज्यबाट सबै नागरिकलाई शिक्षा पाउने व्यवस्था गरिएको हुन्छ । शिक्षा प्राप्तिका लागि शा
तिनै तहको जिम्मेवारी
समग्र मुलुकको विकास र समृद्धिका लागि सार्वजनिक वित्त व्यवस्थापनले महत्वपूर्ण भूमिका खेल्छ । यसको माध्यमबाट सार्वजनिक स्रोतको अनुमान योग्यता तथा सुनिश्चितता, विनियोजन तथा खर्च कुशलता, आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम गर्न सकिन्छ । सार्वजनिक वित्तको सामाजिक, आर्थिक विकासमार्फत समृद्धि हासिल गर्न सक्नु पर्छ । सुशासन र सामाजिक न्याय प्रत्याभूत गर्ने वातावरण निर्माण गर्दै समुन्नत नेपाल बनाउन जरुरी छ ।
नवनियुक्त प्रधान सेनापतिका कार्यभार
नवनियुक्त प्रधान सेनापति अशोकराज सिग्देलले भोलिबाट विधिवत् रूपमा सैनिक सङ्गठनको नेतृत्व समाल्दै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहबिच प्रधान सेनापतिको फुली लगाइदिएपछि सोमबार सिग्देलले औपचारिक रूपमा सैनिक मुख्यालय गएर पदभार ग्रहण गर्ने कार्यक्रम छ । शक्तिशाली सङ्गठनको कार्यभार समाल्दा जुन किसिमको उत्साह हुन्छ, सङ्गठनलाई आइपर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौती सामना गर्न त्यत्तिकै कठिन छ । नेपालमा भूराजनीतिक प्रभाव बढ्दो छ । सार्वभौमसत्ता समान भए पनि ठुला भनिएका राष्ट्रको ध्यान नेपालतिर केन्द्रित छ । यस्तो अवस्थामा असंलग्न परराष्ट्र नीतिको हाम्रो सांसारिक पहिचान सुरक्षित राख्न
महिला र तिज पर्व
हाम्रो सनातन परम्परामा अनादिकालदेखि नै व्रत, उपवासका साथ अनेक चाडपर्व मनाइँदै आएका छन् । यसरी मनाइने चाडपर्वमध्ये हरितालिका तिज पनि एक हो । भाद्र शुक्ल तृतीयाका दिन महिलाहरू हरितालिका व्रत गर्छन् । यस व्रतको विधान वर्तमान समयमा उपलब्ध १८ महापुराणमा भेटिँदैन । बृहत् धर्मशास्त्रनिबन्धग्रन्थहरूमा, लक्ष्मीधरकृत कृत्यकल्पतरुका व्रतखण्डमा, त्यसपछिका श्रीदत्तकृत समयप्रदीपमा, चण्डेश्वरकृत कृत्यरत्नाकरमा र हेमाद्रिकृत चतुर्वर्गचिन्तामणिका व्रतखण्डमा पनि यस व्रतको उल्ले
निजामती कर्मचारीको जवाफदेहिता
मानिसको जन्मदेखि मृत्युसम्मको आवश्यकतापूर्ति र सेवाका लागि सरकारले गर्ने कार्यको निमित्त नियुक्त मानव स्रोत अर्थात् निजामती कर्मचारीको दिवस अर्थात् निजामती सेवा दिवस आज । विसं २०१३ भदौ २२ मा निजामती सेवा ऐन, २०१३ बाट यस सेवाको गठन गरिएको हो । तोकिएको कार्यसम्पन्न गर्न सरकारले निजामती कर्मचारीलाई निश्चित पारिश्रमिक, विभिन्न किसिमका भत्ता, अन्य विभिन्न किसिमका सेवा र अवसर मौद्रिक र गैरमौद्रिक रूपमा प्रदान गर्छ । निजामती सेवामा प्रवेश गर्नु हँसीठट्टाको खेल वा चानचुने काम होइन । देशको सबैभन्दा शिक्षित र बौद्धिक नागरिकले कडा प्रतिस्पर्धात्मक विभिन्न चरणका परीक्षा उत्तीर्ण गरेर नियुक्त हुने अवसर पाउँछन् ।
सुशासनमा नवीन सोच
सार्वजनिक चासो र सरोकारको सम्बोधन, समस्या समाधान तथा राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा सरकारले गरेका प्रतिबद्धता पूरा गर्न सार्वजनिक नीतिको निर्माण तथा कार्यान्वयन गरिन्छ । विद्वान् थोमस डाईका अनुसार सरकारले गर्ने वा नगर्ने भन्ने सम्बन्धमा लिने निर्णय नै सार्वजनिक नीति हो । सरकारका प्रत्येक निर्णयको असर र प्रभाव सम्बद्ध क्षेत्र/समुदायमा अल्पकालीन तथा दीर्घकालीन रूपमा पर्दछ । नेपालमा शासकीय संरचनाको परिवर्तनपछि प्रदेश तथा स्थानीय
निजामती सेवाको भविष्य
‘निजामती’ शब्दले सरकारी सेवामा कार्यरत कर्मचारी र तिनको समूहलाई जनाउँछ, जसले प्रशासनिक र कार्यकारी जिम्मेवारी वहन गर्छन् । यो शब्द विशेष गरी सरकारी निकायमा कार्यरत स्थायी कर्मचारीलाई इङ्गित गर्न प्रयोग हुन्छ, जो सरकारी नीति, योजना र कार्यक्रमको कार्यान्वयनमा संलग्न हुन्छन् । सामान्यतया, ‘निजामती’ शब्दले राज्यको सेवा र प्रशासनलाई समर्थन गर्ने कर्मचारीको समूहलाई बुझाउँछ । निजामती सेवा भनेको देशको प्रशासनिक ढाँचाको एक महत्वपूर्ण अङ्ग हो, जस
व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन
राज्य सञ्चालनको स्थायी संयन्त्र नै प्रशासन हो । नीति निर्मातालाई राज्यका नीति निर्माणमा तटस्थ र निष्पक्ष सल्लाह दिई राम्रो र कार्यान्वयनयोग्य नीति बनाउन तथा त्यसलाई सफल कार्यान्वयन गरी राज्यको कर्तव्य पूरा गर्ने लक्ष्यसहित संविधान र कानुनबमोजिम स्थापित निकाय हो, प्रशासन । राज्यले लिएको दीर्घकालीन नीति अनुरूप मुलुकको समग्र विकास, समृद्धि र सुशासन कायम गर्न प्रशासनको सिप, कुशलता र बुद्धिमत्तापूर्ण निर्णय क्षमता महत्वपूर्ण रहन्छन् । आफूले गर्नुपर्ने कानुनले निर्दिष्ट गरेको कार्य कुशलतापूर्वक, कम लागत र समयमा, बढी प्रतिफल प्राप्त गर्ने गरी सम्पन्न गर्न सक्ने अवस्था व्यावसायिकता हो । अवस्था हे
उद्यमशीलता विकासमा अर्जुनदृष्टि
स्थायी सरकारका रूपमा निजामती सेवालाई लिइन्छ । योग्यता प्रणालीबाट निजामती सेवामा जनशक्ति चयन गरिँदै आएकोमा पछिल्लो समय समावेशी अवधारणा अनुसार सबै वर्ग, समुदायको प्रतिनिधित्वका लागि निजामती सेवामा पहँुच बढ्दै गएको छ । शासकीय नेतृत्वको सहयोगी र सेवा प्रवाहको निरन्तरताका लागि स्थायी संयन्त्रका रूपमा निजामती सेवाले समग्र विकासमा जोड दिएको छ । सेवा प्रवाहको मुख्य जिम्मेवारीमा रही जनताको परम्परागत, आकस्मिक, रूपान्तरणकारी एवं अन्तरसम्बन्ध कायम गर्न सार्वजनिक सेवाका लागि निजामती सेवा गठन भएको हो । जनता र शासकीय नेतृत्वको असल सम्बन्धको संयन्त्रै सार्वजनिक प्रशासन हो । निजामती सेवाले मुख्य भूमिकामा रही सार्वजनिक सेवा प्रवाहको मियोका रूपमा भूमिका निर्वाह गर्नु परेको छ ।
वैज्ञानिक विकासको मार्ग
देशको अवस्था सडक र यातायातको विकासले मापन गरेको हुन्छ । सडक र यातायात बलियो भए देशको अर्थतन्त्र पनि मजबुत हुन्छ । भौतिक पूर्वाधार निर्माण गर्दै त्यसले आर्थिक गतिविधि चलायमान बनाउँछ । आमनागरिकको पहुँचका लागि सडक आवश्यक भएकाले सडकलाई पूर्वाधारको पनि पूर्वाधार भनिन्छ । पूर्वाधारमा सडक, रेल्वे स्टेसन, जलयातायात, हवाई यातायात सबै पर्छन् । भौतिक पूर्वाधारले उत्पादनशीलतामा देशको आर्थिक क्षेत्रलाई चलायमान बनाउन र विभिन्न अवसर सिर्जना गर्न टेवा पु¥याउँछ । भौतिक पूर्वाधार भएन भने उद्योगधन्दा खोल्न सकिँदैन । भौतिक पूर्वाधारको विकास नभएको ठाउँमा कृषि उपज भए पनि त्यहाँको उपज बिक्री नहुनेजस्ता समस्या देखापर्छन् तर विकासकै मुख्य पूर्वाधार मानिने नेपालको