सुशासन प्रवर्धनमा पालिका
संविधानको धारा ५६ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको हुने उल्लेख छ ।
प्राचीन चाड इन्द्रजात्रा
बाह्र महिनाका १२ आदित्यमध्ये भदौ महिना इन्द्रको विशेष महिना मानिन्छ । नेपाल भाषामा यसबेलाका देवतालाई ञँलाद्यो भनिन्छ । ञँलाद्यो अर्थात् इन्द्रको पूजा, उत्सव जात्रा यहीबेला नै सम्पन्न गरिन्छ । प्राचीनकालमा इन्द्रको उत्सवलाई इन्द्रमह भनेर वर्णन गरिएको पनि पाइन्छ । इन्द्रजात्रा नेपालमा मनाइने विभिन्न जात्रामध्ये एक अत्यन्त प्राचीन जात्रा हो । संस्कृतिविद्का अनुसार दसैँतिहार, फागुपूर्णिमाभन्दा पनि इन्द्रजात्रा अझ पुरानो चाडका रूपमा रहेको छ । भदौ शुक्लपक्षको
बालबालिका नै भविष्य
बालबालिका भनेका परिवारको खुसी मात्र नभएर देशको भविष्यसमेत हुन् ।
संसद्प्रति उत्तरदायी पिएसबी
दुई सार्वजनिक सञ्चार संस्था रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एउटै छाता संस्था अन्तर्गत गाभेर सार्वजनिक सेवा प्रसारण (पिएसबी) गठन गर्ने कानुन सङ्घीय संसद्बाट २५ भदौमा पारित भएको छ ।
डिजिटल दुनियाँको प्रभाव
अहिले मानिसको दिनचर्यामा सबैभन्दा बढी प्रभाव डिजिटल उपकरणले पारेको देखिन्छ । इन्टरनेट र सामाजिक सञ्जाल जस्ता डिजिटल दुनियाँबिना अधिकांशको दैनिकी नै चलाउन गाह्रो बन्दै गएको छ ।
सञ्चय कोषको हरित लगानी
हरेक देशको वित्तीय प्रणालीको स्थायित्व र विकासमा नियामक निकाय मात्रै नभई बैङ्क तथा वित्तीय संस्थाहरूको भूमिका अहम् हुन्छ ।
शैक्षिक सुशासनमा स्थानीय तह
विद्यालयमा सञ्चालन हुने शैक्षिक, भौतिक, आर्थिक तथा जनशक्ति परिचालनलगायतका सबै प्रक्रिया विद्यालय सुशासन अन्तर्गत पर्छन् ।
निर्वाचन व्यवस्थापन सुधार
निर्वाचन आयोग ऐन, २०७३ मा निर्वाचनसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सम्बन्ध विस्तार गर्नु निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार हुने उल्लेख छ ।
बाल अधिकार स्थापनाका चुनौती
बाल अधिकार सुनिश्चित हुन नसक्नुको प्रमुख कारण असमानता छ ।
पहिचान रक्षाको मूल जिम्मेवारी
युवा नेपालीको ठुलो जनसङ्ख्या नब्बेको दशकपछि प्रवासमा छ ।
सेयर बजारप्रतिको आकर्षण
अहिले सेयरप्रति धेरैको चासो बढिरहेको छ । यसको कारण अर्थतन्त्रमा सुधार हुँदै जानु हो ।
श्रद्धाकर्म सोह्रश्राद्ध
सनातन धर्मशास्त्रले श्राद्धसम्बद्ध विषयलाई सर्वोच्च महत्व दिएको पाइन्छ । वैदिक शास्त्रहरूमा अति विस्तारका साथ श्राद्धका अनेकौँ आयामलाई उजागर गरिएको छ ।
अनलाइनमा बालबालिका असुरक्षित
बालबालिका इन्टरनेटसँगै हुर्कंदै छन् । इन्टरनेटमा रमाउँदा सधैँ रमाइलो मात्रै हुँदैन ।
बालबालिका संरक्षणमा राज्यको दायित्व
बालबालिका मुलुकको भविष्यका कर्णधार हुन् । त्यसैले निजहरूको हित र संरक्षण राज्यको प्रमुख दायित्व हो ।
हुम्लाको विकास कर्णाली कोरिडोर
देशको अन्य क्षेत्रभन्दा कर्णाली प्रदेश विकासमा पछि रहेको छ तर सुर्खेत–जुम्ला मोटरबाटो, जाजरकोट–दुनै डोल्पा मोटरबाटो र हालै मात्र जितेगाढ–हिल्सा (कर्णाली कोरिडोर) मोटरबाटो सञ्चालनमा आए उप्रान्त यो प्रदेश विकासमा पछाडि पर्ने स्थितिमा छैन । मोटरबाटो जुनसुकै मुलुकको विकासमा पहिलो माध्यम हो । नेपालका ७७ जिल्लामध्ये सङ्घीय राजधानी काठमाडौँसँग सडक सञ्जालमा सबैभन्दा पछाडि (खार्पुनाथ पुलबाहेक) हुम्लाको सदरमुकाम सिमकोट जो
शैक्षिक पर्यटनको हब
नेपाल विविधताले भरिएको भूमि हो । यहाँको मनमोहक प्राकृतिक सौन्दर्य, समृद्ध संस्कृति र प्राचीन इतिहासले सबैलाई आकर्षित गर्छ । त्यसैले त नेपाललाई प्राकृतिक रूपमा विश्वमै अति सुन्दर र धनी देश मानिन्छ । हामीले भने यो तथ्यलाई स्वीकार नसक्दा नेपाल पछि परेको छ । नेपाल शैक्षिक पर्यटनका लागि पनि उच्च सम्भावना बोकेको मुलुक हो । पछिल्लो समयमा उच्च शिक्षा पढ्ने बहानामा बर्सेनि अर्बौं रुपियाँ र हजारौँ सबल युवा जनशक्ति विदेश पलायन भइरहेका छन् ।
रेडक्रसको मानवीय धर्म
सन् १९५९ मा छेडिएको सल्फेरिनोको युद्धमा घाइते भएकाहरूको उपचारबाट सुरुवात भएको प्राथमिक उपचार सेवा रेडक्रस अभियानको प्रमुख र अभिन्न अङ्ग हो । रेडक्रसमा आबद्ध भएका विश्वका सबै देशमा रहेका रेडक्रस वा रेडक्रिसेन्ट सोसाइटीहरूले हरेक वर्षको सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाउँदै आएका छन् । प्रत्येक वर्ष कुनै न कुनै सन्देशका साथ मनाइँदै आएको यस दिवसमा यस वर्ष सन् २०२४ को नारा ‘प्राथमिक उपचार र खेलकुद’ रहेको छ ।
बिपीले देखाएको त्यो बाटो
विस २०१२ मा वीरगन्जमा भएको नेपाली कांग्रेसको छैटौँ महाधिवेशनमा बिपीले प्रस्तुत गरेको समाजवादी घोषणापत्रका विभिन्न १८ प्रस्ताव पढेपछि तत्कालीन सभापति सुवर्णशमशेरले भन्नुभएको थियो,
कर्मचारी–सेवाग्राही सम्बन्ध
राज्यले जनताको हितका लागि सार्वजनिक सेवा, सुरक्षा र विकासको व्यवस्था गरेको हुन्छ । सार्वजनिक सेवासुविधा एउटा नागरिकलाई जन्मेदेखि (जन्म दर्ता) मृत्युसम्म (मृत्यु दर्ता) चाहिन्छ । जग्गा किनबेच गर्न मालपोत र नापी कार्यालय जानु पर्छ । साधन चलाउने यातायात कार्यालय, सामाजिक सुरक्षा भत्ता लिन स्थानीय तह र न्याय खोज्ने प्रशासन र अदालत जानु पर्छ । यसरी एउटा नागरिकले आफ्नो जीवनमा उसलाई राज्यबाट आवश्यक पर्ने सेवासुविधा प्राप्त गर्न विभिन्न कार्यालय जानुपर्ने हुन्छ । जनताको कार्यालयप्रति र
नयाँ नायकको खोजी
हामी हत्तपत्त नारी पात्रको नायकत्व स्वीकार गर्दैनौँ । जस्तो भए पनि पुरुष चरित्र र प्रवृत्तिले मात्र मुक्ति दिन्छ, दुःख निवारण गर्छ भन्ने भ्रम छ । त्यसैले प्रायः पुरुष चरित्र र पितृसत्ताले ओतप्रोत व्यक्ति नै समाजमा नेता बन्न मरिहत्ते गर्छन् र भिड जम्मा गर्छन् । एउटा अमूक व्यक्तिको सम्पत्तिको धाक, पारिवारिक खान्दानको धाक कुनै जाति विशेष हुनुको गर्वोक्ति हामीलाई प्रिय र आकर्षक लाग्छ ।
किन बढ्दै छ युवामा विदेश मोह ?
कलेजमा सञ्चालन भएका स्नातक तहका कार्यक्रमबारे जानकारी दिनका लागि कक्षा १२ पास भएका विद्यार्थीसँग सामूहिक तथा एकल रूपमा प्रत्यक्ष भेट्ने अवसर प्राप्त भयो । कलेजबाट भेट्ने भन्ने सूचना पाएपछि अधिकांश विद्यार्थीमा उत्साह हराएको जस्तो देखिन्थ्यो । उनीहरू उपस्थित देखिनका लागि मात्रै उपस्थित हुने गर्दथे । उनीहरूसँग देशमै बसेर पढ्ने कुनै पनि खालको भाव देखिँदैन थियो । कार्यक्रममा सहभागी भएका सबै विद्यार्थीको एउटै आवाज थियो– हामी चार वर्ष कुरेर पढ्न सक्दैनौँ, जुन देश हुन्छ विदेश नै जाने हो ।
विकासका मूलभूत आधार
विकास आफैँमा बहुआयामिक जटिल प्रक्रिया हो । यो विश्वव्यापी चासो र चुनौतीको विषय बनिरहेको छ । विकासका लागि बृहत् विचार–विमर्शसहित अनुसन्धानमा आधारित सघन गृहकार्य आवश्यक हुन्छ । यसका लागि विकासको सोचमा स्पष्टता हासिल गरेर आफ्नो आवश्यकता र परिवेशको वस्तुनिष्ठ विश्लेषणसहितको विकासको समग्र मार्ग चित्र र तदनुरूपको नीति तथा योजना चाहिन्छ । हाम्रो विकासको अभ्यास सीमित मानिसको हतारोको गृहकार्य र राजनीतिक बजारमा ताम
समाजवाद र लोहिया
‘समाजवाद’ नै नेपालका राजनीतिक दलको घोषित राजनीतिक सिद्धान्त रही आएको छ । राजनीतिक दलहरूको आन्तरिक बैठक, प्रशिक्षण र खुला जनसभामा पनि समाजवादलाई लागु गर्ने प्रतिबद्धता व्यक्त गरिन्छ तर व्यवहारमा भने समाजवाद लागु गर्न सकिएको छैन । यसको मूल कारण भनाइ र गराइमा भिन्नता देखिनु हो । सैद्धान्तिक रूपमा देशका प्रायः सबै जसो राजनीतिक दलहरूले खुला अर्थतन्त्रको नीतिलाई आत्मसात् गरिसकेका छन् । यसले अब समाजवाद लागु गर्न कठिन छ । केवल यो नारामा मात्रै सीमित रहने सम्भावना छ ।
स्वास्थ्यको मानवशास्त्र
मानव शास्त्रीय दृष्टिकोणबाट हेर्दा स्वास्थ्य मानिस वा समुदायको एउटा भौतिक, मानसिक र सामाजिक अवस्था हो । यो जटिल जैविक, वातावरणीय र सामाजिक, सांस्कृतिक पक्षसँग अन्तरसम्बन्धित हुन्छ । स्वास्थ्य केवल रोगको अनुपस्थिति वा अभाव मात्र होइन, यो पूर्ण भौतिक, मानसिक र सामाजिक. अवस्था हो । त्यसैले मानव शास्त्रीले स्वास्थ्यलाई दैनिक काम गर्ने, सामाजिक भूमिका निर्वाह गर्ने र सांस्कृतिक अपेक्षा पूरा गर्ने अवस्था र क्षमतासँग सम्बन्धित हुने कुरामा बढी जोड दिन्छन् ।