• २० वैशाख २०८२, शनिबार

प्रेस स्वतन्त्रता दिवस

पत्रकारका सुरक्षा चुनौती

blog

विश्व राजनीतिक घटनाक्रमको प्रभावले विश्वम प्रेस जगत् अत्यन्तै खराब स्थितिबाट गुज्रिरहेको छ । नेपालमा पनि विभिन्न समूहले गरेको आन्दोलनका कारण नेपाली प्रेस जगत भयरहित र सुरक्षित रहन सकेन । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे) का अनुसार, सन् २०२४ मा विश्वव्यापी रूपमा १२४ जना पत्रकार र मिडियाकर्मीको हत्या भएको छ । जसले गर्दा यो वर्ष पत्रकारिता क्षेत्रका लागि इतिहासमा सबैभन्दा घातक वर्ष बनेको छ । ती मृत्युमध्ये लगभग ७० प्रतिशत गाजापट्टी र लेबनानमा इजरायली सेनाको कारणले भएको थियो । गाजापट्टीमा मात्र ८२ प्यालेस्टिनी पत्रकार मारिएका थिए । 

नेपालमा प्रेस स्वतन्त्रताको सवालमा २०८१ साल अत्यन्तै दुःखद वर्ष रहेको छ । कार्य क्षेत्रमा भएको पत्रकार हत्या आक्रमण र अन्य प्रेस स्वतन्त्रतामाथिका गम्भीर प्रकृतिका घटनाले प्रेसमाथि विभिन्न चुनौती कायम रहेको छ । नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन इकाइमा सन् २०२४ मे ४ देखि २०२५ अप्रिल २७ सम्म प्रेस स्वतन्त्रता हननका ७३ वटा घटना अभिलेख भएका छन् । गत वर्ष यही अवधिमा ६२ वटा घटना अभिलेख भएका थिए । उक्त घटनामा पत्रकार हत्या दुई र पत्रकार पव्रmाउका दुई वटा घटना रहेका छन् । कब्जा तथा समाचार सङ्कलन तथा प्रसारण अवरोधका नौ वटा घटना रहेका छन् । त्यसै गरी पत्रकार तथा सञ्चार संस्था आव्रmमणका २० वटा, पत्रकारलाई दुव्र्यवहार तथा धम्कीका २४ वटा र पेसागत असुरक्षाका १६ वटा घटना अभिलेख भएका छन् । 

काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनामा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भयो । रिपोर्टिङ गरिरहेको भवनमा अराजक समूहले आगजनी गर्दा पत्रकार रजकको जलेर मृत्यु भयो । गत कात्तिक २६ गते राष्ट्रिय दलित पत्रकार सङ्घ, कैलालीका सहसचिव तथा सुदूरपाटी डटकममा कार्यरत पत्रकार सुरेश भुलको निर्मम कुटपिटबाट हत्या गरिएको छ । कैलालीको गौरीगङ्गा नगरपालिका–११ कान्तिपुर टोल बस्ने भुललाई २०८१ कात्तिक २५ गते साँझ सामान्य विषयमा विवाद हुँदा सोही ठाउँको एक समूहले निर्मम कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते सुरेशको अस्पतालमा उपचारको व्रmममा २६ गते बिहान मृत्यु भएको थियो । यता कानुन निर्माण गर्ने सङ्घीय संसदमै संसद् सचिवालयले नियामक संस्था प्रेस काउन्सिल नेपालको अधिकार मिचेर दुई जना पत्रकारलाई प्रवेश निषेध ग¥यो । संसदीय सुनुवाइ र संसद्का उपसमितिमा पत्रकारको पहुँच रहने लोकतान्त्रिक अभ्यासलाई बेवास्ता गरी समाचार सङ्कलनमा अवरोध गरिएको छ ।

पर्सा र डडेलधुरा जिल्लामा जिल्ला प्रमुखबाटै विभिन्न समयमा सञ्चार माध्यमा प्रकाशित र प्रसारणको तयारीमा रहेका सामाग्रीमाथि अवरोध गरिएको थियो । उनीहरूले टेलिभिजनको सामग्री प्रसारण रोक्न र अनलाइनमा प्रकाशित भइसकेको समाचार हटाउन दबाब दिएका थिए । विभिन्न समुहले विरगन्ज पोखरा चितवन काठमाडौँमालगायतका स्थानमा गरेको प्रदर्शनमा झडप हुदाँ समाचार सङ्कलन गर्न पुगेका पत्रकारमाथि आव्रmमण तथा दुव्र्यवहार भएका छन् । प्रेस स्वतन्त्रतामाथि भएका यस प्रकारका घटनाले नेपाली प्रेस स्वतन्त्रताको अवस्था र प्रेसप्रति नेतृत्व तहमा रहेका जिम्मेवार व्यक्तिको बुझाइ स्पष्ट पार्छ । 

सरकारले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न ल्याउन लागेको सञ्चारसम्बन्धी विभिन्न ऐनले अझै पूर्णता पाएको छैन । मिडिया काउन्सिल ऐन , सूचना प्रविधिलगायत सञ्चारसम्बन्धी केही ऐन धेरै वर्षदेखि निर्माणको व्रmममा रहेको छ । सरोकारवाला निकायले मिडिया मैत्री एकीकृत कानुनका लागि सुझाव दिएका थिए । 

सामाजिक सञ्जालको प्रयोग बढेसँगै मिथ्या सूचनाले स्थान पाएको छ । विभिन्न समूहको कुण्ठाग्रस्त प्रचारवाजीका कारण मिथ्या सूचनाको अपजस सञ्चार माध्यमले भोग्नु परेको छ । केही घटनामा सञ्चार माध्यमले विश्वासनीयता गुमाउदा सामाजिक सञ्जाल र सञ्चार माध्यमप्रति आममानिसको मात्र नभई नेतृत्व तहमा रहेका व्यक्तिको समेत बुझाइ एउटै रहेको पाइन्छ ।

वास्तवमा नेपाली सञ्चार माध्यम पत्रकार आचारसंहित र स्वनियमनमार्फत व्यावसायिक अभ्यासमा व्रिmयाशील छ । पत्रकारिता जहिल्यै सिद्धान्त र समाजप्रति उत्तरदायित्वको कसीमा बाधिएको हुन्छ । नेपालमा यसको नियमन प्रेस काउन्सिल नेपालमार्फत हुँदै आएको छ । नियमनको बहानामा सामाजिक सञ्जाल तथा सञ्चार माध्यमाथि कडाइ गर्नुको साटो सर्वसाधारणलाई मिडिया साक्षरता गराउनु आवश्यक देखिन्छ ।

कृतिम बुद्धिमत्ता आजको पत्रकारितका लागि अवसर र चुनौतिका रूपमा देखिएको छ । कृतिम बुद्धिमत्ताका विभिन्न साधनले पत्रकारितालाई थप सहज र पत्रकारितालाई थप द्रुत बनाउन सक्छ । फोटो सम्पादक, तथ्याङ्क प्रस्तुतीकरण र अडियो, भिडियो लिपिबद्ध गर्र्नलगायत अन्य कार्यमा यससको उपयोगिता महìवपूर्ण ठानिन्छ । यसका लागि पत्रकारको क्षमता अभिवृद्धि गर्न सञ्चारगृहले महìवपूर्ण भूमिका खेल्न सक्छन् । 

विश्व प्रेस स्वतन्त्रता दिवस 

विश्व प्रेस स्वतन्त्रता दिवस प्रत्येक वर्ष मे ३ मा मनाउने गरिन्छ । सन् १९९१ मा नामिबियाको विन्डहोक सम्मेलनले पत्रकार सुरक्षाको पक्षमा घोषणा–पत्र जारी गरेसँगै युनेस्कोको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घले १९९३ मा अनुमोदन गरेसँगै मे ३ मा प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएको हो । युनेस्कोको सव्रिmयतामा हरेक वर्ष सञ्चार क्षेत्रका समसामायिक मुद्दालाई समेटेर नारा बनाइ दिवस मनाउने गरिन्छ । यस वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसको नारा ‘बलियो नयाँ युगमा रिपोर्टिङ – प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ रहेको छ । 

यो दिवस कार्य क्षेत्रमा मारिएका पत्रकारको सम्झनामा उनीहरूको न्यायका लागि सरोकारवाला निकायलाई दबाब दिन मनाउने गरिन्छ । नेपालमा पत्रकार महासङ्घ, युनेस्कोलगायत पत्रकारको हक हितमा व्रिmयाशील संस्थाले विभिन्न कार्यव्रmम आयोजना गरी दिवस मनाउँदै छन् । यसको मुख्य उद्देश्य लोकतन्त्रको सबलीकरण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षाको विषयमा विचार विमर्श गर्नु हो ।