शिशु कक्षाबाटै अङ्ग्रेजी माध्यम
धनुषाको मिथिला नगरपालिका–५, श्रीपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयले शिशु कक्षाबाटै अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ । उमेर समूहका आधारमा विद्यार्थीले गठन गरेको बाल ज्ञान क्लबले पाठ्यपुस्तक र स्वयंसेवकका रूपमा कक्षामा पढाउन सहयोग गर्ने भएपछि विद्यालयले शिशु कक्षाबाटै अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको हो ।
जरायोको सिङ्गसहित दुई जना पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाले दुई थान जरायोको सिङ्गसहित दुई जनालाई पक्राउ गरेको छ । महोत्तरीको महोत्तरी गाउँपालिका–३ वस्ने २० वर्षिय रितेशकुमार पाण्डे र धनुषाको जनकपुर उपमहानगरपालिका–२४ वस्ने २० वर्षिय सोनुकुमार पाण्डेलाई जरायोको सिंङ्गसहित प्रहरीले पक्राउ गरेको हो ।
हराउन थाल्यो गाउँघरका महिलाले खोपाउने ‘गोदना’
धनुषाको दक्षिणी सीमान्त नगरपालिका नगराइनकी ६५ वर्षीया ममता यादवले नाडीमा आफ्नो नामसँगै श्रीमान् प्रमोदको नाम खोपाउनुभएको छ । तीन छोराछोरीकी आमा भइसकेपछि गाउँमै उहाँले नाडीमा श्रीमान्को नाम खोप्नुभएको हो ।
करेन्ट लागेर महिलाको मृत्यु
बारामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका –२३ बैराठपुर टोलकी ३५ बर्षिया प्रभादेवी रहेको बारा प्रहरीले जनाएको छ ।
बाढीबारेको पूर्व सूचनाले जोगायो स्थानीयको धनमाल
मनसुन सुरु भएलगतै बाढी प्रभावित क्षेत्रवासीलाई चिन्ताले पिरोलिएको हुन्छ । वर्षा भएपछि नदी र खोलामा आउने बाढीले जनधनको ठूलो क्षति ब्यहोर्नुपर्दा मनसुन लाग्नेबित्तिकै चिन्ता बढ्छ । बाढी आउने नआउने पूर्व जानकारी नहुँदा वर्षातमा यस्तो क्षति ब्यहोर्नुसँगै जाग्राम बस्नुपर्ने बाध्यता स्थानीयलाई छ ।
रेलमा आगो लागेको समाचार गलतः इन्जिनियर साह
जयनगर–कुर्था सञ्चालन हुँदैआएको रेलमा बिहीबार आगलागिको समाचार समाजिक सञ्जालमा भाइरल भइरहँदा सो सूचना पूर्णतः गलत भएको रेल्वे विभागका ईन्जिनियर रविन्द्र साहले जानकारी दिनुभयो ।
सिमरा विमानस्थलबाट दैनिक उडान कटौती हुने
बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ । विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो । सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिनुभयो । नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट सो अवधिमा दैनिक आधामात्रै उडान हुने उहाँले बताउनुभयो ।
सम्मान ग्रहणमा खर्च हुँदैछ समय
नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान ग्रहण कार्यक्रममा जान भ्याइनभ्याइ भएको छ । सम्मान ग्रहणमा समय खर्च भइरहेको छ जनप्रतिनिधिको । दैनिक चार÷पाँचवटा सम्मानका कार्यक्रममा सहभागी हुनुपर्ने अवस्था रहेको नवनिर्वाचित जनप्रतिनिधिले बताएका छन् ।
घुस लिएको अभियोगमा प्रधानाध्यापक र अध्यक्ष पक्राउ
महोत्तरी जिल्ला श्री मा.वि. एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानले ५० हजार घुस लिएको अभियोगमा अख्तियार दुरुयोग अनुसन्धान आयोगले दुवैजनालाई बिहीबार पक्राउ गरेको छ ।
मधेश प्रदेश सभाको नवौं अधिवेशन शुरु, आइतबार नीति कार्यक्रम आउने
मधेश प्रदेशको प्रदेशसभाको नवौं अधिबेशन बिहीबार (आज) बाट शुरु भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको नवौं अधिबेशन प्रारम्भ गर्न पठाएको पत्र पढेर सभामुख सरोजकुमार यादवले नवौं अधिबेशन प्रारम्भ भएको घोषणा गर्नुभयो ।
प्रदेशलाई समृद्ध बनाउने कार्यक्रम र बजेट ल्याउँछौँ : मुख्यमन्त्री राउत
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउने गरी आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउने बताउनुभएको छ ।
ईनारमा शव फेला, हत्याको आशङ्का
सिरहाको गोलबजार नगरपालिका –२ टुड्कीया निवासी ज्ञानचन्द्र भन्ने विष्णुदेव साहको शव विहीवार विहान इनारभित्र फेला परेको छ । पत्नीका लागि औषधी लिएर फर्किन्छु भन्दै मङ्गलबार बेलुकी साइकल लिएर बाहिर जानुभएका उहाँ नफर्किनु भएपछि आफन्तले खोजतलास गर्ने क्रममा विहीवार विहान गाउँ नजिकैको इनारभित्र साईकलसहित उहाँको शव फेला परेको हो ।
गाई फार्ममा आगलागी हुँदा धनजनको क्षति
जनकपुरधाम उपमहानगरपालिका १७ मनहरपुरस्थित गएराती विजय यादवको ओम पशुसेवा केन्द्रमा आगलागी हुँदा करिब साठी लाख रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बारामा १० जनाको डुबेर मृत्यु
बारा जिल्लामा चार जना पुरुष, चार बालक र दुई जना बालिका गरी एक वर्षमा १० जनाको पानीमा डुबेर मृत्यु भएको छ । २०७८ साउनदेखि २०७९ जेठ १८ सम्म पानीमा डुबेर उहाँहरुको मृत्यु भएको देखिएको हो ।
मैथिली रङ्गमञ्चका सशक्त कलाकार अनितारानी
जीवन्त र चरित्रसङ्गत अभिनय तथा सशक्त र प्रभावोत्पादक संवाद प्रवाहीकरणबाट मैथिली रङ्गमञ्चमा उपस्थिति जनाउने थोरैमात्र महिला कलाकारमा अग्रणी हुनुहुन्छ – अनितारानी मण्डल । रङ्गमञ्चमा महिलाको उपस्थिति न्यून भएका बेला पनि प्रभाव, पहुँच र निकटताका आधारमा अवसर पाउने दुर्नियतिकाबीच रङ्गकर्ममा मण्डलको प्रवेश प्रतिभा र क्षमतालाई निरन्तर तिर्खादै जाने मिहिनेतका कारण सम्भव भयो ।
विद्युतीय उपकरण बिग्रिने जोखिम बढ्दो
छिनछिनमा झ्याप्प–झ्याप्प विद्युत् आउने, जाने क्रम बढेपछि विद्युतीय उपकरण बिग्रिने जोखिम बढेको छ । विगत केही दिनदेखि छिनछिनमा विद्युत् आउने,जाने गरेका कारण समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन् ।
मधेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि
मधेश प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुन लागेको हो । आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा नवौँ अधिबेशन आह्वानसम्बन्धी प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र सभामुखले बाचन गरी सुनाउने र विभिन्न पार्टीका संसदीय दलका नेताले मनतव्य राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । यस्तै केही दिनअघि निधन भएका प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको शोकप्रस्ताव आजको बैठकमा पेश गरिने कार्यसूची रहेको छ ।
पीडितलाई चाँडो न्याय दिउँ : कानूनमन्त्री शर्मा
कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले द्वन्द्वको पीडालाई नलम्ब्याइ पीडितलाई समयमा न्याय दिनुपर्ने बताउनुभएको छ । जनकपुरधाममा बुधबार आयोजित ‘संक्रमणकालीन न्याय सम्बन्धी कानून तथा संरचनागत सुधार सम्बन्धी परामर्श’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । द्वन्द्वका पीडितले समयमा न्याय नपाउँदा पीडितलाई झन् पीडा भइरहेको उहाँको भनाई छ ।
कृषकलाई सहुलियत दरमा उन्नत जातको धानको बिउँ वितरण
धनुषाको मिथिला नगरपालिकाले नगर क्षेत्रभित्रका किसानलाई सहुलियत दरमा उन्नत जातको धानको बिउँ वितरण शुरु गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बिउँ वितरण शुरु गरेको हो ।
सरकारी अस्पतालमा अनुगमन
रौतहटको चन्द्रपुर नगरपालिका–५ मा रहेको सरकारी अस्पतालमा छजना स्वास्थ्यकर्मी बिना सूचना अनुपस्थित रहेको पाइएको छ ।
विद्यालय समयमा पनि कवाडी सामान टिप्दै बालबालिका
जीबछ यादव लहान, जेठ १७ गते । लहानको मुख्य चोकमा विद्यालय समयमा मुसहर समुदायका बालबालिका होटल नजिकमा यत्रतत्र फालेका कवाडीका सामानहरु टिपिरहेका हुन्छन् । पानीको खुला बोटल, रेडबुलको खाली डिबा, फलामका टुक्राहरु बोरामा सङ्कलन गरेर नजिकै रहेको विभिन्न कवाडी केन्द्रहरुमा बेच्न पुग्छन् । दिनको तीन सय रुपियाँसम्म कमाउन सकिने कुरा लहान–१ का जयकुमार सदाय, चन्चा सदाय र लिरवा सदायले बताएका छन् । विद्यालयमा एक महिनामा दुई चार दिन मात्र विद्यालय जाने र अरु दिन काम गर्ने गरिएको उनीहरुले बताएका छन् । करिब १२ वर्षका मुसहर समुदायको बालबालिकाहरु विद्यालय छाडेर कवाडी संकलन गरिरहँदा पनि बालश्रम रोक्न र बालअधिकार सुरक्षित गर्न कसैको नजर नपर्नु विडम्बनापूर्ण रहेको महिला अधिकारकर्मी रेणु कर्णले प्रतिक्रिया दिनुभयो । मुसहर समुदायको बालबालिकाहरुलाई खाना पोशाकसहितको व्यवस्थापन गरेर पढाईप्रति आकर्षण जगाउनुपर्ने धारणा लहान–२ का सुकदेव सदायको रहेको छ । विद्यालयमा नियमित आउन घरघरमा गएर अभिभावकलाई पटक पटक अभिमुखीकरण गरे पनि विद्यालयमा आउन बेवास्ता गरिएको लहान–१ स्थित श्री जनता आधारभूत विद्यालयका प्रधानाध्यापक बद्रीनारायण चौधरीले बताउनुभयो । मुसहर समुदायको बालबालिकाले गरिरहेका बालश्रममुक्त गराउन शिक्षा चेतनाको कार्यक्रम गर्न स्थानीय निकायको ध्यान आकर्षण गराउने लहान–२१ का वडाध्यक्ष राज कुमार यादवले बताउनुभयो ।
अव्यवस्थित पार्किङले सास्ती
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकामा व्यवस्थित पार्किङ छैन । व्यवस्थित पार्किङ नहुँदा आधा सडक ढाक्ने गरी मूल सडकमै जथाभावी सवारी साधन पार्किङ हुँदा सर्वसाधारणलाई समस्या पर्ने गरेको छ । यस विषयमा सरोकारवाला निकाय मौन छन् । सर्वसाधारणको बढी आवागमन हुने र जलेश्वरको मुख्य बजार क्षेत्रमै सडक नै ढाक्ने गरी वर्षौंदेखि पार्किङ हुँदै आए पनि सरोकारवाला निकायले समस्या समाधानको अग्रसरता नदेखाएको स्थानीयको गुनासो छ ।
नगरवासीलाई तीस युनिट विद्युत् छुट
प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको वीरगञ्ज महानगरपालिकाको प्रमुख पदमा नवनिर्वाचित राजेशमान सिंहले ३० युनिटसम्म विद्युत् छुट दिने निर्णय गर्नुभएको छ । प्रमुख सिंहले वीरगञ्जको घण्टाघर क्षेत्रको जीर्ण सडक मर्मत कार्यलाई पहिलो प्राथमिकतामा राख्नेसमेत बताउनुभएको छ ।
सर्लाहीको बलरामा थप चारमा मलेरिया पुष्टि
सर्लाहीको बलरा नगरपालिकामा मलेरियाका थप चार जना बिरामी भेटिएका छन् । गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा चार जना बिरामी थपिएको जिल्ला स्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ ।