• १९ असार २०८२, बिहिबार

सङ्घका महासचिव डा.तिवारीलाई लिखित जवाफसहित उपस्थित हुन उच्च अदालतको आदेश

blog

काठमाडौँ, असार १९ गते । उच्च अदालत पाटनले नेपाल चिकित्सक सङ्घका महासचिव डा.सञ्जिव तिवारीलाई एक साताभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ । 

सङ्घका महासचिव डा.तिवारीलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले एक साताभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको  हो । 

उपभोक्ता अदालतको काम कारबाहीमा अवरोध गर्न खोजेको भन्दै उपभोक्ता संरक्षण मञ्चका अधिवक्ता सुविन पाण्डेले उच्च अदालतमा मङ्गलबार निवेदन दिनुभएको थियो ।

 बिहीबार उच्च अदालतले पेसी सुनाउँदै विपक्षिलाई सातभित्र लिखित जवाफ सहित उपस्थित हुन आदेश दिएको हो । 

केही दिनुअघि उपभोक्ता अदालतले उपचारमा भएको लापरबाही भएको देखाउँदै अस्पताल र उपचारमा सङ्लग्न चिकित्सकलाई दोषी ठहर गरी जरिवाना सुनाएको थियो । 

उपभोक्ता अदालतलको फैसला आए लगतै नेपाल मेडिकल सङ्घका महासचिव तिवारीले विज्ञप्ति जारी गर्दै नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारसँग बाझिएको निष्कर्ष निकाल्दै यस्ता मुद्धा काउन्सिलेनै अगाडि बढाउनुपर्ने माग राख्नुएको थियो । 

साथै सङ्घले उपभोक्ता संरक्षण ऐन, २०७५ मा आवश्यक संशोधनका लागि दबाब दिन विरोधका कार्यक्रम घोषण गर्नुभएको थियो ।