• १३ साउन २०८१, आइतबार

सप्तरीमा उम्मेदवारहरू घरदैलाेमा व्यस्त

blog

देवराम प्रसाद यादव

सप्तरी, कार्तिक १९ गते । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि यतिबेला उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । सप्तरीको चार वटै निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले जसपा गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । 

सप्तरी–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोसपाका केन्द्रीय सदस्य जयप्रकाश ठाकुरबीच त्रिपक्षीय चुनावी प्रतिस्पर्धा तीव्र देखिएको छ । 

–जसपाका अध्यक्ष उपेन्द्र यादव मतदाताहरूसँग भलाकुसारी गर्नुहुँदै


–जनमत पार्टीका अध्यक्ष डा. सीके राउत मतदातासँग भलाकुसारी गर्नुहुँदै


–सत्ता गठबन्धनका उम्मेदवारहरू चुनावी अभियानमा

यस्तै, सप्तरी –१ मा नेपाली काँग्रेसका उम्मेदवार रामदेव साह र जसपाको उम्मेदवार मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहबीच द्विपक्षीय प्रतिस्पर्धा रहेको नागरिक समाजका अध्यक्ष सुखराम यादव बताउनुहुन्छ । स्वतन्त्र उम्मेदवार अशोककुमार मण्डलले पनि उहाँहरूलाई चुनौती दिन सक्ने बताइएको छ । 

सप्तरी –३ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेशकुमार यादव र नेकपा एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरीबीचको कडा प्रतिस्पर्धा हुने शिक्षक सङ्घ, सप्तरीका अध्यक्ष दिनेशप्रसाद यादवको भनाइ छ । 

यता, सप्तरी –४ मा नेपाली काँग्रेसका नेता तथा पूर्व राज्यमन्त्री तेजुलाल चौधरी र जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवबीच प्रतिस्पर्धा हुने भएको छ ।