• १३ साउन २०८१, आइतबार

मोरङ कारागारमा कैदीको मृत्यु

blog

गोकुल पराजुली

विराटनगर, कात्तिक १६ गते । जिल्ला कारागार मोरङका एक जना कैदीको मृत्यु भएको छ । पाचन प्रणालीमा समस्या देखिएपछि उपचारका लागि कोसी अस्पतालमा उपचाररत ५४ वर्षे मानबहादुर खपाङ्गीको मृत्यु भएको हो । 

तेह्रथुमको आठराई गाउँपालिका –४ का खपाङ्गीलाई अदालतबाट जबरजस्ती करणी मुद्दामा कैद सजाय तोकिएको थियो । २०७४ साल माघ ९ गतेबाट कारागारमा बस्दै आउनुभएका खपाङ्गीलाई जिल्ला कारागार तेह्रथुमबाट २०७६ मङ्सिर २४ गते विराटनगर कारागारमा सरुवा गरी विराटनगर ल्याइएको निमित्त जेलर तुलसीराम भगतले जानकारी दिनुभयो ।

पायल्स र पेटसम्बन्धी पुरानो रोग र पछिल्लो समय खान नरुच्ने लगायतको समस्या भएपछि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो । मृतकको शव अस्पतालमै राखेर आफन्त र परिवारलाई घटनाका बारेमा खबर गरिएको कारागार प्रशासनले जनाएको छ ।  घरका सदस्यलाई घटनाबारे जानकारी गराइसकिएको निमित्त जेलर भगतले बताउनुभयो ।