• १३ साउन २०८१, आइतबार

जग्गा रजिस्ट्रेसन नहुँदा अस्पताललाई समस्या

blog

लहान–३ स्थित प्रादेशिक अस्पताल लहान । तस्बिर: जीबछ यादव

लहान, कात्तिक २० गते । लहान–३ मा रहेको प्रादेशिक अस्पतालको हाताभित्र रहेको एक बिगाहा पन्ध्र कठा जमिन अस्पतालको नाममा रजिस्ट्रेसन नहुँदा अस्पतालको स्तरोन्नतिमा समस्या भएको अस्पतालले जनाएको छ । 

२०३९ सालमा निर्मित अस्पतालका लागि स्थानीय रामकुमार शारदा र उमाप्रसाद मुराकारले दान गर्नुभएको उक्त जग्गा अस्पतालको नाममा पास हुन सकेको छैन । मधेस प्रदेश सरकारले प्रादेशिक अस्पतालको रूपमा नाम परिवर्तन गरेपछि जग्गादाताहरू असन्तुष्ट बनेसँगै अस्पताललाई समस्या भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सुनिल कुमार कुशवाहकले जानकारी दिनुभयो । 

प्रमुख कुशवाहकको अनुसार प्रादेशिक अस्पतालको रूपमा नामकरण भएपछि प्रदेश सरकारले आधुनिक उपकरण लगायत विभिन्न सहयोग गरे पनि अस्पताललाई ५० शैप्यामा स्तरोन्नति गर्न भवन निर्माणको लागि जग्गा रजिस्ट्रेसनको लागि सरोकारवाला निकायहरूसँग सहयोगको लागि वातावरण बनाउन अपिल गरेको बताउनुभयो । 

अस्पतालको ४० वर्ष पुरानो भवन जीर्ण भएकोले वर्षाको समयमा पानी चुहेर उपकरणहरू समेत बिग्रिने गरेको समस्या रहेको मेसु कुशवाहकले भन्दै प्रसूति विभागमा थप दुई जना एमबिबिएस चिकित्सक र ओपिडी हेर्ने चिकित्सक र थप भवन आवश्यक रहेको बताउनुभयो । अस्पतालको स्तरोन्नति र विकासको लागि पहल गरिदिन अस्पताल प्रशासनले आग्रह गरेको छ । सिराहा सप्तरी र उदयपुर जिल्लाका बिरामीहरू यस अस्पतालमा आउने गरेका छन् । 

Author

जीबछ यादव