मङ्गला गाउँपालिमा छ गौरवका योजना
मङ्गला गाउँपालिकाले पूर्वाधार निर्माणमा छवटा गौरवका योजना सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८१/८२ का लागि गाउँसभाबाट छनोट भएका र सङ्घ र प्रदेश सरकारबाट प्राप्त सडक, भवनलगायत ठूला योजनालाई ठेक्का प्रक्रियामार्फत कार्यान्वयन गर्न सुरु गरिएको हो ।
दुर्घटनामा दुईको मृत्यु ,चार जना घाइते
साधन घर्ती म्याग्दी (दरबाङ) , चैत ८ गते । म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् । लुलाङ–गुर्जा सडक खण्ड अन्तर्गत नकटेडाँडाबाट लुलाङ गाउँतर्फ आउने क्रममा बिहीबार साँझ करिब पाँच बजेको समयमा ग १ त ७१९६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय देविन बिक (वर्ष १८) र पूर्णलाल रसाइली (वर्ष २१)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । पूर्णलालको घटना स्थलमै मृत्यु भएको हो भने अर्का देविनको लुलाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । चार जना घाइते मध्ये दुई जना स्थानीय कविराज बिक र कमल बिक रहेका छन् भने अन्य मालिका गाउँपालिका–६,दरबाङका विकास बिक र धवलागिरि गाउँपालिका–४,किस्मत बिक रहनुभएको वडा अध्यक्ष अकप्रसाद विकले जानकारी दिनुभयो । घाइते चार जनाको लुलाङ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि बेनी पठाइएको वडा अध्यक्ष विकले जानकारी दिनुभयो । चार जना घाइते मध्ये एक जनालाई थप उपचारको लागि पोखराको मणि पाल पठाइएको छ । अन्य तीन जनाको बेनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।घाइते मध्ये केहीको स्वास्थ्य अवस्था मध्यम र केहीको सामान्य रहेको छ ।सडकबाट करिब डेढ सय मिटर तल खसेर ट्याक्टर खोँचमा अड्किएको थियो । वडा अध्यक्ष बिकका अनुसार,केही जङ्गलमा घुमेर र केही सडक ढलान योजनाको काम गरेर फर्किदैं थिए । सोही गाउँपालिका–७,ताकमका २७ वर्षिय राजकुमार सुनारले चलाएको उक्त ट्याक्टरमा सात जना सवार रहेका थिए । ट्याक्टर दुर्घटनाबारे अनुसन्धान सुरु भएको जिप्रका म्याग्दीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी चौकी ताकमबाट प्रहरी साँझ घटनास्थलमा पुगेका थिए । स्थानीय जनप्रतिनिधि ,स्थानीयवासी उद्धारमा खटिएका थिए । लुलाङ दुर्गम गाउँ हो । लुलाङबाट सदरमुकाम बेनी आउन सवारी साधन मार्फत करिब साढे चार घण्टाको समय लाग्दछ ।
जोमसोम बजार
मुस्ताङ, चैत ८ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–४ पक्की पुलबाट देखिएका कालीगण्डकी नदी माथि पुनःनिर्माण पछिको व्यवस्थित काठेपुलसँगै जोमसोम बजार, हिउँसहितको धौलागिरि र निलगिरि हिमाल । तस्बिरः रासस
वनको खाली जग्गामा खेती गरेर आम्दानी गर्दै महिला
मकवापुर, चैत ८ गते । यहाँका सामुदायिक वनको खाली स्थानमा खेती गरेर महिलाले मनग्य आम्दानी गर्दै आएका छन् । मनहरी गाउँपालिकास्थित पशुपति, डिपाट र सुनाचुरी सामुदायिक वन क्षेत्र भएर जाने विद्युत् प्रसारण लाइन विस्तारका लागि ठूला रूख हटाएर खाली भएको ठाउँमा उहाँहरूले खेती गर्नुभएको हो । पुनः ठूला रूख रोप्न नसकिने सामुदायिक वनका ती जग्गामा अदुवा, बेसार र जडीबुटीखेती गरिएको छ । आफ्नै बारी नभएका विपन्न महिलाले यही खाली जग्गाको उपयोग गरिरहेका हुन् । आफ्नो जमिन नभएकी दलित समुदायकी चम्पामाया परियारले खेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ ।पशुपति सामुदायिक वन उपभोक्ता समूहले गठन गरेको लालीगुराँस जडीबुटी महिला आयआर्जन समूहकी अध्यक्ष चम्पामाया बिहान सबेरै घरको काम सकेर गोठका गाईवस्तुलाई घाँस पराल दिन सामुदायिक वनभित्रको हाइटेन्सनमुनि पुग्नुहुन्छ । जडीबुटी आयआर्जन समूह नै बनाएर उक्त समूहका सदस्यसहित गरिएको खेतीले उहाँलाई आत्मसन्तुष्टिसँगै आर्यआर्जनका लागि बाटो बनाइदिएको उहाँ बताउनुहुन्छ । घरमा पालिएका गाईबाख्रालाई पनि जडीबुटीखेती गरिएको स्थानबाटै घाँसको व्यवस्था गर्नुहुन्छ । आयआर्जनका मुख्यस्रोत जडीबुटीखेती बनाउन कम्मर कसेर लाग्नुभएकी परियारलाई सामुदायिक वनको हाइटेन्सनमुनि गरिएको जडीबुटी र घाँसपातसँगको लगाव र झुकावले घर बस्नै नसक्ने बनाएको छ ।नौ वर्षअघिदेखि वनस्पति कार्यालयबाट उपलब्ध गराइएकोे सर्पगन्धाबाट सुरु गरिएको खेती पछि गएर उहाँले समूहसँग मिलेर बेसार र अदुवाखेतीको पनि विस्तार गर्नुभएको छ । उहाँहरूले उत्पादन गरेको जडीबुटी, अदुवा, बेसार बिक्री गर्न खासै समस्या नभए पनि बीउपुँजी बढाउन पाए हुने भन्ने उहाँलाई लागेको छ । पानी पर्दा ओत लाग्न र खेतीलाई अस्थायी रूपमा भित्र्याउन खेती भइरहेको स्थानमा नै टहरा निर्माण गर्नुभएको छ । उक्त टहरा निर्माणका लागि बागमती प्रदेशसभा सदस्य भारती पाठकको आर्थिक सहयोग, समूहको श्रमदानबाट सम्भव भएको चम्पामायाको भनाइ छ । चम्पामायालाई अहिलेको समूहकी अध्यक्ष चम्पा बन्नका लागि निकै सङ्घर्ष गर्नुपरेको थियो । सानो उमेरमा दमाई भनेर हेपिनुभएकी उहाँ अहिले समुदायकै प्रेरणा बन्नुभएको छ । समूहमा लागेर साधारण लेखपढ गर्न, बोल्न र नेतृत्व विकास गर्नुभएकी उहाँको जीवन अहिले जति सुन्दर देखिन्छ उहाँले भोग्नुभएको दुःखको कथा पनि त्यत्तिकै कहालीलाग्दो छ । सानो छँदा उहाँलाई हेप्नेमात्र होइन, नागरिकता बनाउँदा पनि उहाँको थर दमाई लेखिएको सम्झँदै तत्कालीन नागरिकता वितरण गर्ने अधिकारीप्रति आक्रोश पोख्नुभयो । उहाँको मात्र होइन, उहाँका श्रीमान्को नागरिकतामा पनि थर दमाई उल्लेख गरिएको छ । सोही कारण आफ्ना छोराछोरीको नागरिकतामा पनि दमाई लेखिएको बताउँदै उक्त कारणले छोराछोरीमा हीनताबोध गराएको उहाँ सुनाउनुहुन्छ ।उक्त क्षेत्रका महिलाको आदर्श बन्नुभएकी उहाँले यही समाजमा रहन बस्न निकै सङ्घर्ष गर्नुपरेको सम्झनुहुन्छ । मकवानपुरको मकरीमा जन्मनुभएकी परियारको पारिवारिक तथा पुख्र्यौली काम भनेको कपडा सिलाउनु थियो । तर अन्य समुदायमा छोराछोरीबीच विभेद भएजस्तै उहाँको घरमा पनि उहाँलाई खाना बनाउन सिकाइन्थ्यो भने उहाँका दाजुभाइलाई कपडा सिलाउन सिकाउने गरेको उहाँ सम्झनुहुन्छ । खेत जोत्ने, किसानी गर्ने परिवारमा विवाह भएर गएपछि खेत जोत्ने, वन जाने, मेला जाने मेरो दैनिकी नै भयो । त्यही क्रममा गर्भवती हुँदा समेत रूखबाट लडेर थला परेँ, छोरासमेत गुमाएको उहाँले बताउनुभयो ।मकवानपुरको सरिखेतबाट मनहरीमा बसाइँ सरेर आएपछि उहाँ अनेमसङ्घमा आबद्ध हुनुभयो । उहाँले सोही समयबाट प्रौढ शिक्षा पढेर साधारण लेखपढ गर्न जान्ने भएको बताउनुभयो । सामुदायिक वनमा सदस्य बन्दा सुरुमा दलित महिला कोटामा प्रवेश गरेको भए पनि दलित भनेर दयाको आधारमा सीमित हुन नचाहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दलित त मलाई समुदायले बनाएको हो म के बन्ने भन्ने त मेरो निर्णय हो जस्तो लाग्यो, त्यसपछि सिक्ने र गर्ने काम केही छोडिनँ । बोल्ने र काम गर्ने आँट भने यो सामुदायिक वनको सदस्य भएपछि बन्यो ।”बिहानबेलुका जसोतसो छाक टार्ने र दिनभर सुतेर समय बिताउने महिला अहिले सक्षम र व्यस्त हुन थालेको चम्पामायाको भनाइ छ । सामुदायिक वनले जीवन फेरिएको उदाहरण आफ्नो समूह रहेको बताउँदै उहाँ भन्नुहुन्छ, “खेती गरौँ जमिन छैन, अरू काम गर्न लगानी छैन, यस्तो अवस्थमा सामुदायिक वन उपभोक्ता महासङ्घले ल्याएको यो कार्यक्रमले हामीलाई परिवर्तन नै गरिदिएको छ ।” सानो लगानीबाट बाख्रापालन सुरू गरिएको र घाँसका लागि पनि टाढा जान नपरेको उहाँको भनाइ छ ।हाल सामुदायिक वनले ‘एक सामुदायिक वन, एक उद्यम’ कार्यक्रम ल्याएको छभने यस कार्यक्रमले आफूहरूलाई जीवन निर्वाहका लागि निकै मद्दत पुगेको चम्पामायाको धारणा छ । पशुपति सामुदायिक वनमा जडीबुटी, डिपाट सामुदायिक वनमा प्राङ्गारिक मल र तेजपत्ता, सुनाचुरी सामुदायिक वनमा तेजपत्ता र कागतीखेती गरेर महिलाहरूले वनलाई आर्थिक स्रोतको माध्यम बनाइरहेका छन् ।
महोत्सवमा पाँच देशका नाटक
पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८१ को तयारी पूरा गरिएको छ । चैत ९ गतेबाट पाँच दिनसम्म चल्ने नाटकको तयारी पूरा भएको महोत्सव निर्देशक परिवर्तनले जानकारी दिनुभयो ।
नेपाल र चीनका व्यवसायीबीच पर्यटन साझेदारी
पोखरा र चीनको सिचुवान प्रान्तको छेन्दु सहरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी (बिजनेस टु बिजनेस) एवम् सेल्स मिसन सम्पन्न भएको छ ।
लुलाङमा ट्याक्टर दुघटना हुँदा एकको मृत्यु,चार जना घाइते
म्याग्दीको धवलागिरि गाउँपालिका २ लुलाङमा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लुलाङ–गुर्जा सडक अन्तर्गत ढोलढार भन्ने ठाउँमा ट्याक्टर दुर्घटनामा परेको हो ।
राङखोला युवा क्लबलाई उपाधि
होलीको अवसरमा अर्जुन चौपारी गाउँपािलका–१ मा दरौखोला युवा परिवारले आयोजित पुरुष भलिबल प्रतियोगिताको उपाधि राङखोला युवा क्लबले जितेको छ ।
पोखरा महानगरका अधिकृत गिरी घुससहित पक्राउ
कास्कीको पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरी घुससहित पक्राउ पर्नुभएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले गिरीलाई बिहीबार दिउँसो न्युरोडबाट नियन्त्रणमा लिएको हो।
जङ्गली च्याउ खाँदा दुईको मृत्यु
तनहुँमा जङ्गली च्याउ खाएर बिरामी भएका मध्ये दुईको मृत्यु भएको छ ।
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन आधा घटेको छ ।
पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा ५ देशका ६ नाटक मञ्चन हुने
पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८१ को तयारी पूरा गरिएको छ । चैतको ९ गतेबाट पाँच दिनसम्म चल्ने नाटकको तयारी पूरा भएको महोत्सव निर्देशक परिवर्तनले जानकारी दिनुभयो ।
सरकारले दिएको समय सकिन १० दिन बाँकी, भौतिक प्रगति ५८ प्रतिशत
पूर्व-पश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक विस्तारमा ५८ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ ।
एसइई पास गर्ने आमाहरुको रहर
बिहिबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५१ वर्षीय सर्मिला पुन पनि परीक्षार्थीका रुपमा सहभागी हुनुहुन्छ ।
फुटबलर सावित्राको सम्मानमा 'साम्बा' चोक नामाकरण
चर्चित फुटबलर सावित्रा भण्डारीको सम्मानमा मस्र्याङदी गाउँपालिका–९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको छ ।
मध्यपहाडी क्षेत्रमा परम्परागत खेती
पश्चिम बागलुङको निसीखोला गाउँपालिका –२ देविस्थानको अर्नाकोटमा गोरुको प्रयोगगरी परम्परागत रुपमा मकै र आलुको एकसाथ खेती गर्दै कृषक । तस्बिरः रामकृष्ण बोहरा
पर्यटक पर्खिरहेको गिरानचौर
पृथ्वीराजमार्गको बरादीबाट करिब २० मिनेट सवारी साधनको यात्रा तय गरेपछि पुगिन्छ आँबुखैरेनी–१ स्थित पर्यटकीय गाउँ गिरानचौर । ढुङ्गा छापेर चिटिक्क पारिएको बस्ती । परम्परागत घरले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गरिहाल्छ ।
फोहोर नउठ्दा कावासोती दुर्गन्धित
एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ । थुप्रिएको फोहोर वर्गीकरणमा समय लागेको भन्दै नयाँ फोहोर नउठाएपछि कावासोती दुर्गन्धित बन्दै गएको हो ।
पुष्पलाल राजमार्गको बागलुङ खण्ड अधुरै
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत बागलुङ खण्ड ट्र्याक खोलेको झन्डै २५ वर्षसम्म पनि पूरा हुन सकेको छैन ।
विज्ञान तथा प्रविधि समृद्धिका मुख्य चालक
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विज्ञान, प्रविधि र नवप्रवर्तन मुलुकको प्रगति र समृद्धिका मुख्य चालक रहेको बताउनुभएको छ ।
बिरुवामा कालोपत्रे सडक पुग्दै
पुतलीबजार नगरपालिका–१०, राङखोला हुँदै बिरुवा गाउँपालिका जोड्ने सडक कालोपत्रेको तयारी गरिएको छ । राङखोलादेखि धौवादी सडकखण्डमा ६.२ किमी प्रिमिक्स कालोपत्रे तयारी गरिएको हो । यो सडक कालोपत्रे भएसँगै बिरुवा गाउँपालिकाको सदरमुकाममा कालोपत्रे सडक पुग्ने छ ।
इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार धामी निर्वाचित
इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजयी हुनुभएको छ। नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी)का उम्मेदवारलाई निकै पछि छाडेर धामीले जित हात पार्नुभएको हो।
'बेंशीसहरबासीलाई चौबिसै घण्टा शुद्ध खानेपानी'
हिउँद लाग्नासाथ पानीको दुःख झेल्दै आएका लमजुङ सदरमुकाम बेसी सहरबासीले अब चौबिसै घण्टा शुद्ध खानेपानी पाउने भएका छन् ।
विनयीत्रिवेणीमा मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया
नवलपरासी पूर्व (नवलपुरको) विनयी त्रिवेणी गाउँपालिकाले मोतियाबिन्दु भएका एक सय ६१ जनाको निःशुल्क शल्यक्रिया सुरु गरेको छ ।