कास्की समाचारदाता
कास्की, चैत ८ गते । पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८१ को तयारी पूरा गरिएको छ । चैत ९ गतेबाट पाँच दिनसम्म चल्ने नाटकको तयारी पूरा भएको महोत्सव निर्देशक परिवर्तनले जानकारी दिनुभयो । पोखरालाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले पोखरा थिएटरले महोत्सवको आयोजना गरिएको उहाँले बताउनुभयो ।
“महोत्सवमा नेपालका साथै चीन, ट्युनिसिया, नर्बे र जापानका छ वटा नाटक महोत्सवमा मञ्चन हुने छन् ।” पोखरालाई सांस्कृतिक तथा पर्यटन गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय पहिचान दिलाउन महोत्सव महत्वपूर्ण हुने उहाँको अपेक्षा छ । पोखरा थिएटरले छ वर्षपछि अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गर्न लागेको हो ।