शिक्षक अभावमा प्रयोगविहीन कम्प्युटर
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ स्थित कृष्णभवन धर्म माध्यमिक विद्यालयमा शिक्षकको अभावमा दाताले सहयोग गरेका कम्प्युटर अलपत्र परेका छन् ।
सुन्तलाले फेरिएको बाँसखर्कको पहिचान
पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ५२ वर्षअघि बलबहादुर अर्मजा र बलबहादुर खत्रीले सुन्तलाका बिरुवा लगाउँदा तप्केनी भई खेतीबाली बिग्रन्छ भनेर छिमेकीले उखेलेर फालिदिएका थिए ।
पोखरामा ३३ औं औद्योगिक व्यापार मेला
पोखरामा ‘घुमौं मधेश, बुझौं मधेश’ को व्यापक प्रचार गरिएको छ । पोखरामा आयोजित महोत्सवमा मधेश प्रदेशका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा खानपिन संस्कृतिको व्यापक प्रचार गरिएको हो ।
मकवानपुरमा साढे बाइस हजार किशोरीलाई एचपिभी खोप लगाइने
सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत एचपिभी खोप अभियानमा मकवानपुरका २२ हजार सात सय १३ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ ।
लमजुङमा छ हजारभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइने
लमजुङमा ६ हजारभन्दा बढी छात्राहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप (एचपिभी) लगाइने भएको छ । जिल्लाका आठ पालिकाका छ हजार ५४४ जना बालिकालाई एचपिभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।
सुन्तला बजार पठाउने तयारी
म्याग्दी, माघ १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा आइतबार बजार पठाउनका लागि बगैँचाबाट टिपेर सङ्कलन गरेको सुन्तला ग्रेडिङ गरिँदै । पैँतालिस घरपरिवारको बसोबास रहेको दोसल्लेमा यस वर्ष रु. एक करोड ६५ लाख मूल्य बराबरको सुन्तला फलेको दोसल्ले सुन्तलाजात कृषक समूहले जनाएको छ । तस्बिरः रासस
आलु खेती
स्याङ्जा, माघ १५ गते । स्याङ्जाको वालिङ १ खहरेमा व्यावसायिक रुपमा गरिएको आलुखेती । आलु पकेट कार्यक्रमअन्तर्गत यस ठाउँमा उन्नत जातका आलुका बीउ उत्पादन हुने गरेको छ । तस्बिरः रासस
सुन्तला बेचेर २० लाख आम्दानी
बेनी नगरपालिका–३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यस वर्ष रु २० लाख आम्दानी गर्नुभएको छ । भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती सुरु गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका थप पाँच सय बोटले केही वर्षपछि उत्पादन दिनेछन् ।
आँधीखोला पुल : सातवर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि सम्पन्न भएन
भीरकोट नगरपालिका–४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल झण्डै सात वर्ष हुनै लाग्दा निर्माण सम्पन्न हुनसकेको छैन ।
पर्यटकीय सम्भावनाको उपयोगमा जोड
गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको प्रदेश भएकाले यहाँका पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय पर्यटन बजारसम्म पुु¥याउनुपर्नेमा जोड दिइएको छ ।
सुन्तलाखेतीमा जलवायु परिवर्तनको प्रभाव
म्याग्दे गाउँपालिका–३ गुञ्जार उमाचोक, देवघाट गाउँपालिका–२ र ३ नम्बर वडा सुन्तलाखेतीको पकेट क्षेत्रका रूपमा मानिन्छन् । गुञ्जार उमाचोकमा केही वर्षअघि सुन्तला उत्पादन प्रशस्त हुनेमा पछिल्लो समय उत्पादनमा कमी आएको गुञ्जारका सुन्तला किसान निरे विकले बताउनुहुन्छ ।
दोसल्लेको सुन्तला बगान
म्याग्दी, माघ १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको सुन्तला बगान । ४५ घरपरिवारको बसोबास रहेको दोसल्लेमा यस वर्ष रु। एक करोड ६५ लाख मूल्य बराबरको सुन्तला फलेको दोसल्ले सुन्तलाजात कृषक समूहले जनाएको छ । तस्बिरः रासस
पोखरा–मुग्लिङ सडकखण्ड विस्तार : सटर र टहरा हटाइँदै
पोखरा–मुग्लिङ सडकखण्ड विस्तारका क्रममा मापदण्डले छुने सडक छेउछाउमा रहेका सटर र टहरा हटाउन थालिएको छ ।
१४ लाख चोरी गर्ने दुई जना पक्राउ
पोखरामा १४ लाख नगद चोरी गरेर फरार रहेका दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
टाइगर कप भलिबल : ट्राभल इन्क्वारीको लगातार दोस्रो हार
पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डले लगातार दोस्रो हार बेहोरेको छ ।
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
विपन्न परिवारका विद्यार्थीलाई पहिलो पाइला नेपाल पुतलीबजार स्याङ्जा शाखाले न्यानो कपडा (पोशाक) तथा शैक्षिक सामग्री वितरण गरेको छ । पुतलीबजार नगरपालिका –१३ कर्बुजे, हिरापाटामा रहेको जनप्रिय आधारभूत विद्यालयमा अध्यनरत २० जना विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।
रवि लामिछाने पुगे उच्च अदालतमा
सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशविरुद्ध सरकारी वकिलपछि पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पनि उच्च अदालत पुग्नुभएको छ ।
कार्यान्वयनमा आएन ‘स्वतः प्रकाशन प्रावधान’
सार्वजनिक निकायले २० प्रकारका सूचना तीन–तीन महिनामा स्वतः प्रकाशन गर्नुपर्ने व्यवस्था भए पनि लमजुङमा यसको कार्यान्वयन हुन सकेको छैन । सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ मा सो प्रावधान रहेको छ ।
पुल निर्माण भएपछि पाँच घण्टाको बाटो तीन घण्टामा छोटियो
झलुङगे पुल निर्माण सम्पन्न भएपछि पाँच घण्टा लाग्ने बाटो छोटिएर दुई घण्टामा पुगिने भएको छ । उत्तरी गोरखाको धार्चे गाउँपालिका २ र ३ नम्बर वडाको रुन्चेत र लुसिकाङ भन्ने ठाउँको बुढीगण्डकी नदी माथिको १२२ मिटर लामो झलुङगे पुल निर्माणले पाँच घण्टा लाग्ने बाटो अब दुई घण्टामै पुगिने भएको हो ।
राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौँ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय परिचयपत्र वितरणको कामलाई सहज बनाइने बताउनुभएको छ । कास्की जिल्ला प्रशासन कार्यालयमा आज आफ्नो राष्ट्रिय परिचयपत्र लिने क्रममा पत्रकारसँग कुरा गर्दै उहाँले सबै नागरिकको हातमा परिचयपत्र पुर्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
एचआईभी सङ्क्रमित बालबालिकाले मासिक भत्ता पाउने
तनहुँमा एचआईभीबाट सङ्क्रमित बालबालिकालाई मासिक भत्ता दिने भएको छ । व्यास नगरपालिकाले एचआईभी सङ्क्रमित बालबालिकालाई जीवनयापन र अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले मासिक दुई हजार भत्ता दिने निर्णय गरेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।
सुन्तलाखेतीले फेरियो दोसल्ले गाउँको मुहार
रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताउनुभएका अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तलाखेतीमा रमाइरहनुभएको छ । उहाँ यसैले आफूलाई आत्मनिर्भर बनाएको बताउनुहुन्छ ।
मादी नदीको पुल निर्माण तीव्र गतिमा
नेपालमै पहिलो पटक तनहुँमा बन्न लागेको चारलेनको पुल निर्माण धमाधम भइरहेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत मादी नदीमाथि चारलेनको पुल धमाधम निर्माण भइरहेको छ ।
सम्ले गाउँ र आसपासका क्षेत्र
मुस्ताङ, माघ १४ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा रहेको सुन्दर सम्ले गाउँ र पृष्ठभूमिमा चर्चित पर्यटकीय स्थल ढुम्बा तालसहित आसपासका क्षेत्र । तस्बिरः रासस