स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
म्याग्दी, चैत २ गते । यहाँको मालिका गाउँपालिका–२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानी उत्खनन् गर्न पाउने भएका छन् । गाउँपालिकाले गाउँ सभामार्फत ढुङ्गा खानी तथा उत्खनन्सम्बन्धी ऐन पारित गरेपछि स्लेट खानी दर्ता गरेर सञ्चालन गर्न पाउने भएका हुन् ।रुम गाउँको सिरानमा रहेको डुडे लेक तथा निजी जग्गा, पाखो र खरबारीमा घर छाउनी ढुङ्गा, स्लेट र औषधीजन्य जडिबुटीको खानी भएपनि सञ्चालन सम्बन्धी कार्यविधि अभावमा उत्खनन् हुन सकेका थिएनन् । ऐन पारित भएसँगै निजी जग्गामा रहेका स्लेट ९ढुङ्गा० खानी दर्ता गर्ने कानुनी बाटो खुलेको हो ।मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले निजी जग्गामा भएका स्लेट खानीलाई प्रक्रिया पुरा गरेर गाउँपालिकाले सञ्चालनको अनुमति दिन मिल्ने कानुनी व्यवस्था गरेको बताउनुभयो । यहाँको पाखो तथा निजी जग्गामा भएका ढुङ्गा खानीलाई व्यवस्थित गरी सञ्चालन गरेमा स्थानीयले रोजगारी पाउनुका साथै गाउँपालिकालाई समेत आम्दानी हुने स्थानीय टेकबहादुर रोकाले जानकारी दिनुभयो ।“यहाँको स्लेट र ढुङ्गा गुणस्तरका हिसाबले साह्रै उत्कृष्ट छन् । प्रविधि र प्रशोधनको व्यवस्था हुने हो भने अन्तरराष्ट्रिय बजारमा समेत यहाँको स्लेट अब्बल ठहरिने सम्भावना छ”, उहाँले भन्नुभयो ।रुमका विभिन्न ७ ठाउँमा स्लेट खानी छन् । व्यक्तिगत जग्गा र पाखोमा समेत स्लेट खानी रहेको स्थानीय जगबहादुर पुनले जानकारी दिनुभयो । केही वर्ष अघिसम्म म्याग्दी,पर्वत, बागलुङ, कास्की, स्याङ्जा, अर्घाखाँचीलगायतबाट घर छाउने ढुङ्गाको माग आउने गर्दथ्यो । सभाबाट पारित भएको ढुङ्गा खानी तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन ऐन, २०८१ मा स्लेट खानी सञ्चालनसम्बन्धी व्यवस्था गरिएको हो । स्थानीयवासीले ढुङ्गा खानीलाई वैधानिकता दिन माग गर्दै आएका थिए ।
बहुपति प्रथामा आधारित ‘द्रौपदी’
बहुपति प्रथाको कथामा आधारित चलचित्र ‘द्रौपदी’ को निर्माण पक्षले शुक्रबार पोखरामा चलचित्रबारे सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।
विशिष्ट पदाधिकारीको सुविधा बढाउने प्रस्ताव अस्वीकार्य : डा. भण्डारी
नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले अति विशिष्ट पदाधिकारीहरूको सेवा सुविधा घटाउन माग गर्नुभएको छ ।
भलिबलको सेमिफाइनल समिकरण पूरा
प्रथम पिङ्क सिटि महोत्सव कप–२०८१ पुरुष भलिबलमा सेमिफाइनल समिकरण पूरा भएको छ ।
मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र
मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन गरी ७३ दशमलव ११ किलोमिटर दूरीमा कालोपत्र भएको हो ।
लमजुङमा एसइईका लागि १६ परीक्षा केन्द्र ताेकियाे
लमजुङमा दुई हजार ९४१ जनाले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् ।
गोरखाबाट एसइई दिने परीक्षार्थीको सङ्ख्या बर्सेनी ओरालो लाग्दै
गोरखा जिल्लामा माध्यमिक शिक्षा परिषद (एसइई) परीक्षार्थीको सङ्ख्या बर्सेनी ओरालो लाग्दै गएको छ । विगत केहि वर्षदेखि एसइई दिने परीक्षार्थीको सङ्ख्या वर्षेनी ओरालो लाग्दै गएको शिक्षा विकास तथा समन्वय इकाई गोरखाका प्रमुख रमेशप्रसाद मैनालीले जानकारी दिनुभयो ।
एसइईमा ४ जिपिए ल्याउनेलाई बारपाक सुलीकोटले एक लाख दिने
गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पालिका भित्रका विद्यार्थीलाई प्रोत्साहन स्वरूप एक लाख रुपियाँ उपलब्ध गराउने घोषण गरेको छ ।
माटोको अवस्था पहिचान गर्न निःशुल्क माटो परीक्षण
स्याङ्जाको वालिङ नगरपालिका–१ का कृषकहरूले गाउँमा नै निःशुल्क माटो परीक्षण गराएका छन्।
कष्टकर जीवन जिउन बाध्य मालढुङ्गाका माझीबोटे समुदाय
कालीगण्डकी किनारमा रहेको मालढुङ्गा भन्ने स्थानमा सयौं वर्षदेखि बस्दै आएको माझीबोटे बस्ती अभाव र सङ्कटबाट गुज्रिनु परेको छ । अल्पसङ्ख्यक समुदायमा पर्ने माझीबोटेलाई राज्यले उचित संरक्षण गर्न नसक्दा कष्टकर जीवन जिउन बाध्य बनेका छन् ।
पदमार्गको डिपिआर बनाउँदै ताराखोला
जैविक गाउँपालिकाको समेत पहिचान बनाएको ताराखोलाले ग्रामिण क्षेत्रमा पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित ओझेलमा परेका पर्यटकीय स्थललाई पदमार्गमार्फत जोड्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने भएको छ ।
आमाहरूको फुटबल प्रतियोगिता
खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा आमाहरूको फुटबल प्रतियोगिता भएको छ ।
जलविद्युत आयोजनाको गाडी दुर्घटना हुँदा चालकको मृत्यु
रघुगंगा जलविद्युतमा काम गर्ने क्रममा रघुगंगा गाउँपालिका–४ बुकलमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
रोमाञ्चक पदमार्ग ‘ग्रेट लेक ट्रेल’
यातायातको पहुँचले मनास्लु र अन्नपूर्ण पदमार्गको यात्रा छोटिँदै गएको मात्र छैन, धुलो, धुँवा र ध्वनि प्रदूषणले पर्यटकलाई अशान्त पनि बनाउँदै आएको छ ।
पुर्ख्यौली जग्गामा कृषि उद्यम गर्दै सुशील
मङ्गला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती गर्नुभएको छ । हाल बागलुङमा बसोबास र काठमाडौँमा व्यवसाय गर्नुहुने ३८ वर्षीय सुशील खड्काले जन्मथलोमा पुख्र्यौली जग्गालाई सदुपयोग गर्न केराखेती सुरू गर्नुभएको हो ।
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयले व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाउन थालेपछि यहाँका विद्यार्थी आत्मनिर्भर हुन थालेका छन् ।
निसीखोलामा ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पढाइ
बागलुङको निसीखोला गाउँपालिकाले ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले यस वर्षदेखि गेमी (हाम्रो) निसीखोला नाम पाठ्यपुस्तक तयार गरेर पठनपाठन गराउन थालेको हो । सात वडा रहेको निसीखोलामा वडा नं ५ र ६ मा मात्र खाम भाषा बोल्ने गरिन्छ ।
एबिसीमा प्रतिउडान दस हजार
कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने अन्नपूर्ण आधार शिविर (एबिसी) मा हेलिकोप्टर उडान गर्दा प्रतिउडान १० हजार रुपियाँ शुल्क तिर्नुपर्ने भएको छ । पालिकाको वडा नम्बर ११ मा पर्ने एबिसीमा अहिले दुई हेलिप्याड छन् ।
हसौरामा छुट जग्गा नापजाँचको काम अघि बढाइने
मालपोत कार्यालय नवलपुरले कावासोती नगरपालिका –४ को छुट जग्गा नापजाँचको काम तत्काल अघि बढाउने जनाएको छ । कावासोतीका प्रमुख मालपोत अधिकृत हरिकृष्ण सुवेदीले तत्काल छुट जग्गा नापजाँचको काम अघि बढाइने बताउनुभएको हो ।
‘थकालीलाई अरूले बदनाम गरे’
नेपालका अधिकांश क्षेत्रमा थकाली भान्साघरको नाममा सञ्चालित व्यवसायले मुख्य थकालीको अपनत्वलाई नै बदनाम गर्ने काम गरेको गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताउनुभयो ।
निसेल ढोरवासी अझै दियालोको सहारामा
पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेल ढोर प्राकृतिकरूपमा जति मनमोहक छ त्यहाँको जनजीवन भने कष्टकर छ । निसीखोलाको मध्य भाग हुँदै पुष्पलाल मध्यपहाडी लोकमार्ग विस्तार हुँदा सडक आसपासमा बजारीकरणको लहर चलेको छ । तर गामीण जनजीवन अत्यासलाग्दो छ ।
लमजुङ र गोरखा जोड्ने पर्वतीय पदमार्ग निर्माण
यातायात पहुँचले मनास्लु र अन्नपूर्ण पदमार्गको यात्रा छोटिँदै गएको मात्र छैन, धुलो, धुँवा र ध्वनि प्रदूषणले पर्यटकलाई अशान्त बनाउँदै लगेको छ ।
वालिङको अपराजित यात्रा कायमै
वालिङ नगरपालिकाले प्रथम पिकं सिटी महोत्सव कप–२०८१ पुरुष भलिबलमा अपराजित कायमै राखेको छ ।
कुखुरा पालनबाट मनग्य आम्दानी
गोरखा नगरपालिका–८ का कृष्णबहादुर केसीले कुखुरा पालनबाट मासिक २ लाख ५० हजार भन्दाबढी आम्दानी गर्दै आउनुभएको हो ।