• २ चैत २०८१, शनिबार

भलिबलको सेमिफाइनल समिकरण पूरा

blog

शुक्रबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

अर्जुन काफ्ले 

स्याङ्जा, चैत १ गते । प्रथम पिङ्क सिटि महोत्सव कप–२०८१ पुरुष भलिबलमा सेमिफाइनल समिकरण पूरा भएको छ । छ वटा पालिका रहेका प्रतियोगितमा लिग चरणका खेल सकिएसँगै सेमिफाइनमा प्रवेश गर्नेको टुङ्गो लागेको हो । 

लिग खेलमा अपराजित रहेको वालिङलाई सिधा सेटमा गल्याङले २५–१९, २५–१९ र २५–१९ ले पराजित गरको हो । गल्याङको जितसँगै दुबै टिमको समान १२/१२  अङ्क  रहेपनि सेट जितको आधारमा गल्याङ पहिलो बनेको हो । पहिलो बनेको गल्याङ चौथोँ भीरकोट सँग फाइनल प्रवेशको लागि भिड्ने छ । 

पालिका स्तरीय पुरुष भलिबलमा समान अङ्क भएपनि सेटको आधारमा दोस्रो बनेको वालिङले तेस्रो स्थानको बिरुवासँग सेमिफाइनमा भेट पक्का गरेको हो । बिरुवाले भीरकोट लाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो र चौथो भएका हुन् । 

प्रतियोगिताका विजेता टिमले एक लाख ५५ हजार रुपियाँ र उपविजेताले एक लाख ५ हजार रुपियाँ तथा तेस्रोले ५५ हजार र चौथो हुनेले ३० हजार रुपियाँ सहित मेडल र प्रमाणपत्र पाउनेछ । फागुन २६ गतेबाट शुरु भएको खेलकुद चैत ३ गते समापन हुनेछ ।