शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस १२ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूवै प्रशिक्षक जगत टमटासहित पाँच जना नियुक्त हुनुभएको छ ।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शुक्रबार रिक्त रहेको सदस्य पदमा टमटासहित नेपाल तेक्वान्दो सङ्घका सदस्य कुमार लामा घिसिङ, शान्तकुमार महता, राजेश खड्का र प्रयास कार्कीलाई नियुक्त गर्नुभएको हो ।
मन्त्री गुप्ताले शुक्रबारनै पाँचै जना सदस्यहरुलाई सपथ गराउनुभयो । सबै सदस्यको कार्यकाल चार वर्ष रहनेछ ।