राष्ट्रपति रनिङशिल्डको उपाधि सिरानचोक गाउँपालिकालाई
गोरखामा भएको जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि सिरानचोक गाउँपालिकाले हात पारेको छ । गएको आइतबारदेखि भएको १२ औं जिल्ला राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सात स्वर्ण, नौ रजत र तीन कास्य गरी कुल १९ पदक हात पार्दै सिरानचोक गाउँपालिकाले उपाधी हात पारेको हो ।
‘राइजिङ’ पदमार्गमा पर्यटकको आकर्षण
अन्नपुर्ण चक्रिय पदमार्गका अधिकांश ठाउँमा मोटरबाटो पुगेसँगै पर्यटकको आकर्षण घट्न थालेपछि पर्यटन व्यावसायीहरूले नयाँ पदमार्गमा पर्यटक लैजान सुरु गरेका छन् ।
आम्दानीको स्रोत बन्दै लप्सी
उहिलेदेखि भन्दै आइएको ‘हरियो वन नेपालको धन’ भनाइलाई यहाँको एक सामुदायिक वनका उपभोक्ताले थप चरितार्थ गरेका छन् । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ लक्ष्मी देउरालीस्थित वनपाले सामुदायिक वन समूहले लप्सीबाट अतिरिक्त आम्दानी गर्दै हरियो वन नेपालको धन नै भएको पुष्टि गरेको हो ।
स्वास्थ्यप्रति सचेत बन्दै आमाहरु
यहाँको निसीखोला गाउँपालिका–२ कान्लेचौरका आमा समूहमा ३० देखि ३५ वर्ष उमेर समूहका आमाहरु आबद्ध छन् । उनीहरु गाउँमा बालविवाह न्यूनीकरण, महिलाको स्वास्थ्यलगायत विषयमा नियमित छलफल गर्छन् ।
स्कुटर दुर्घटनामा एक जनाको मृत्यु
गोरखामा स्कुटर दुर्घटना हुदाँ एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा अजिरकोट गाउँपालिका – ३ भच्चेक स्थायी घर भई अस्थाई रुपमा पालुङटार नगरपालिका – ५ बसोबास गर्दै आएका २४ वर्षीय सुरेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी
पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ । गत वर्षको तुलनामा यस वर्ष २९ दशमलव छ टनले मह वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका सूचना अधिकारी सरोज थापाका अनुसार यस वर्ष १७ हजार एक सय ९७ वटा मौरीका घारबाट एक सय २९ दशमलव १७ टन मह उत्पादन भएको छ ।
बेनी-जोमसोम-कोरोला सडक स्तरोन्नति
मुस्ताङ, माघ ८ गते । बेनी जोमसोम कोरोला सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका ४ घासा नजिकैको सडक स्तरोन्नति गरिँदै । वि.सं. २०७३ चैत १ गते सडक निर्माणको ठेक्का पाए पनि निर्माण कम्पनीले पटकपटक म्याद थप्दा निर्माणमा ढिलाइ भएको छ । तस्बिरः रासस
तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
गोरखाको जराङ खोलामा मोटरेबल पुल निर्माण हुने
गोरखाको भीमसेन थापा गाउँपालिका – १ र बारपाक सुलिकोट गाउँपालिका – ८ जोड्ने जराङ खोलामा मोटरेबल पुल निर्माण हुने भएको छ ।
बिक्न छाडे ठेका र मदानी
सदरमुकाम बेनीमा ठेका र मदानी बिक्री गर्न आउनुभएका टीका चुदारा निरास बन्नुभएको छ । बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा मेला भर्न आउने दर्शकलाई लक्षित गरेर माघ सुरुदेखि नै बागलुङबाट ठेका र मदानी लिएर म्याग्दी आउनुभएका उहाँले सोचेअनुरुप सामान बिक्री गर्न सक्नुभएको छैन ।
देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु
जिल्लाको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु गरिएको छ । चितवनको भरतपुरबाट देवघाट जाने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल मर्मत थालिएको हो ।
गाउँको बाटो देखाउन सुन्तला महोत्सव
पर्वतको बास खर्क देशभरमै सुन्तला उत्पादनका लागि ख्याती कमाएको गाउँ हो । वर्षेनी १० करोड भन्दा बढी मूल्यको सुन्तला विक्री गर्दै आएको गाउँमा पहिलो पटक सुन्तला महोत्सवको आयोजना बाटो देखाउनका लागि गरिने भएको छ ।
हिउँदे अधिवेशनबाट अध्यादेश पास हुन्छः सञ्चारमन्त्री गुरुङ
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले माघ १८ गतेबाट सुरू हुने हिउँदे अधिवेशनबाट अध्यादेश पारित गरेर लागू गरिने बताउनुभएको छ । सोमबार लमजुङको मध्यनेपाल १ जितास्थित सप्तधारा माध्यमिक विद्यालयको ९१ औं बार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरूङले मुलुकको शासन ब्यवस्थामा देखिएको संकट टार्न अध्यादेश ल्याउनुपरेको बताउनुभयो ।
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारप्रति जनताको भरोसा रहेको बताउनुभएको छ ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि रेसुङ्गालाई
गुल्मीको रेसुङ्गा नगरपालिकाको आयोजनामा भएको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रेसुङ्गा माध्यमिक विद्यालयले जितेको छ।
रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता
उच्च अदालत पोखरामा रवि लामिछानेसहित सात जनालाई थुनामा राखी अनुसन्धान गर्न माग गर्दै निवेदन दर्ता भएको छ ।
शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधार भएको बताउनुभएको छ ।
स्याङ्जाका ९ हजार बढी छात्रालाई 'एचपिभी खोप' लगाइने
स्याङ्जामा आगामी माघ २२ गतेदेखि एचपिभी खोप लगाउन सुरु गरिने भएको छ ।
फेदीखोलाका ८५ उत्कृष्ट कृषक पुरस्कृत
स्याङ्जाको फेदीखोला गाउँपालिकाले ८५ जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ ।
गुरुङ र मगर भाषामा सरकारी कामकाज
गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउने भएको छ । यी दुई भाषा बोल्ने समुदायको अधिक बसोबास रहेकोले प्रदेश सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउने पक्रिया अघि बढेको गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले बताउनुभयो ।
तरङ खोलाको निर्माणाधीन पुल अलपत्र
नवलपुरको बुलिङटार र गैंडाकोट जोड्ने तरङ खोलामा निर्माणाधीन पुल अलपत्र परेको छ । निर्माण कम्पनी सम्पर्कमा नआउदा र तोकिएको समयमा कार्य सम्पन्न गर्न नसकेपछि कालीगण्डकी कोरिडोर (गैंडाकोट–बुलिङटार–रामपुर) खण्डको तरङ खोलामा निर्माणाधिन पुल अलपत्रमा परेकोे हो ।
गोरखा चिनाउने चित्र बनाउँदै गोरखा नगरपालिका
गोरखा नगरपालिकाले पर्यटन वर्ष २०२५ मनाउन गोरखा नगरपालिका–६ बसपार्कमा गोरखा चिनाउने चित्र बनाउन सुरु गरिएको छ ।
गुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
कास्कीको मादी गाउँपालिका-२ मा रहेको पर्यटकीयस्थल कर्पुडाँडादेखि लमजुङको क्व्होलासोथार जोड्ने पदमार्गको निर्माण अघि बढाइएको छ ।
'विकास निर्माणको काम समयमै पूरा गर्नुपर्छ'
पूर्वमन्त्री तथा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले तनहुँको विकास निर्माणको काम समयमा नै पूरा खबरदारी गर्नुभएको छ ।