पोखरामा आजदेखि दाइँ महोत्सव
पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो ।
‘मानव सेवाभन्दा ठुलो धर्म अरू हुन सक्दैन’
बेँसीसहर नगरपालिका–७ स्थित मानवसेवा आश्रममा आज आयोजित आश्रमको भवन निर्माणका लागि एनसेलद्वारा सहयोग रकम हस्तान्तरण कार्यक्रममा उहाँले विविध कारणले सडकमा पुगेका मानिसको सेवाका लागि गरिने सहयोग महत्वपूर्ण रहेको बताउनुभयो।
गायक महत तनहुँमा सम्मानित
तनहुँको शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीमा जन्मनु भएका लोक दोहोरी गायक प्रेमराजा महत आफ्नो जन्मभूमी तनहुँमा सम्मानित हुनभएको छ।
स्कुल बसमा पनि ट्राफिक चेकिङ्ग सुरु
नवलपुरका स्कुल बसमा पनि ट्राफिक चेकिङ सुरु भएको छ। स्कुल बसमा पनि ट्राफिक नियम उल्लंघन हुने गरेको घटना बाहिर आएपछि जिल्ला ट्राफिक प्रहरीले ट्राफिक चेकिङ्ग सुरु गरेको हो।
बाख्रापालक किसानलाई सम्मान
तनहुँमा उत्कृष्ट बाख्रा पालक किसानलाई नगदसहित सम्मान गरिएको छ । तनहुँको भानु नगरपालिका, राष्ट्रिय बाखा अनुसन्धान कार्यक्रम बन्दीपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दमौली, बरभन्ज्याङ बाख्रा पालन समूह र नेपाल व्यावसायिक बाख्रापालक महासङ्घको संयुक्त आयोजनामा चौंथो राष्ट्रिय बाख्रा दिवसको अवसरमा सम्मान गरिएको हो ।
विद्यालय तहबाटै व्यावसायिक शिक्षा सुरु गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विद्यालय तहबाट व्यावसायिक शिक्षा सुरु गर्ने बताउनुभएको छ।
आरुघाट गाउँपालिकाद्वारा निःशुल्क लोकसेवाको तयारी कक्ष
गोरखाको आरुघाट गाउँपालिकाले निःशुल्क लोकसेवा आयोगले अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।
सुन्तला बेचेर तीन करोड आम्दानी
तनहुँको देवघाट गाउँपालिका–३ ले यस वर्ष सुन्तला बिक्रीबाट तीन करोड रुपियाँ आम्दानी गरेको छ । व्यावसायिकरुपमा सुन्तला खेती गर्ने किसानले ठेक्का तथा आफैँले बिक्री आम्दानी गरेका हुन् ।
मुस्ताङको सिर्कुङमा चर्दै पशुचौपाया
मुस्ताङको थासाङ गाउँपालिका २ सिर्कुङ गाउँस्थित कालीगण्डकी बगरमा चर्दै गरेका पशुचौपाया । कृषकहरु हिउँदेयाममा चरनको अभावमा कालीगण्डकी नदी किनारमा पाइने मुसीकाँडालाई गाइबस्तु र भेडाच्याङ्ग्राको घाँसको रुपमा प्रयोग गर्ने गर्छन् ।
चीन जोड्ने सडक कालोपत्रे गर्न ६० करोड बजेट
गोरखा हुँदै चीन जोड्ने सडक अन्तर्गत बेनीघाट – आरुघाट – लार्के सडक खण्ड कालोपत्रेका लागि ६० करोड बजेट स्रोत सुनिस्चित भएको छ । आर्खेत देखि हाबाडाँडा सम्मको १० किलोमिटर सडक कालोपत्रे तथा स्तरोन्नतिको लागि अर्थ मन्त्रालयले बहुबर्षिय ठेक्का स्रोत सहमति दिएको गोरखा सडक योजना कार्यालय गोरखाका प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो ।
अन्नपूर्णमा लाली लप्काको स्पर्श
८१ सालको भाइटीकालगत्तै अन्नपूर्ण बेस क्याम्प (एबिसी) यात्रामा निस्किने तयारी थियो ।
टिपर दुर्घटनामा एकको मृत्यु
गाउँपालिका वडा नं.–५ कृषि–ओहिया भित्री कच्ची सडक खण्डमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
‘प्राप्त अधिकार कायम राखी संविधान संशोधन’
नेपाली कांग्रेसका उपसभापति एवं नेपाली कांग्रेस प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले सबै जातजातिले प्राप्त गरेका अधिकारलाई कायम राखी संविधान संशोधन हुने बताउनुभएको छ ।
जिबीको राहदानी रोक्का
देशको मुख्य सहरमा सहकारी खोली सङ्गठित रुपमा ठगी गर्ने समूहका प्रमुख गीतेन्द्रबाबु (जिबी) राईको राहदानी रोक्का भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले शुक्रबार राईको राहदानी रोक्का हुने आदेश गरेको हो ।
रुखबाट लडेर वृद्धाको मृत्यु
स्याङ्जामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । गल्याङ नगरपालिका–२ की ६१ वर्षीय पोविसरा थापाको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
हरिनासमा एकल पुरुषलाई मासिक एक हजार भत्ता
पालिकाको १६ औं गाउँसभामा कार्यविधि बनाएर एकल पुरुष भत्ता दिने निर्णण गरेको हो ।
विद्यालयमा सोलार वितरण
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – ६ चुम्लिङस्थित सिद्धगणेश आधारभूत विद्यालयलाई सोलार बत्ती वितरण गरिएको छ । तेन्जिङ एण्ड डोल्मा हेल्प नेपाल, फ्रान्स र चुम कम्युनिटी स्कुल प्रोजेक्टको साझेदारीमा सोलार बत्ती वितरण गरिएको हो ।
गोरखामा ५४ लाखभन्दा बढी राजस्व सङ्कलन
गोरखामा ट्राफिक प्रहरीले गत साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा ५४ लाख १२ हजार १ सय रुपियाँ राजस्व सङ्कलन असुल उपर गरेको छ ।
तनहुँमा उन्नत बोका प्रदर्शनी सुरु
तनहुँमा स्थानीय तथा उन्नत बोका प्रदर्शनी सुरु भएको छ ।
आठौँ नवलपुर महोत्सव हुने
आठौँ नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने भएको छ ।
लालपुर्जाको पर्खाइमा बोटे समुदाय
लालपुर्जाको पर्खाइमा बर्सौंदेखि बसेका माझी तथा बोटे समुदाय भूमिसम्बन्धी अध्यादेश जारी भएसँगै खुसी भएका छन् ।
प्रयोगविहीन बन्यो हुलाक सेवा
लमजुङ, माघ ४ गते । कुनै समय एकमात्र सञ्चारमाध्यमका रूपमा रहेको हुलाक सेवा पछिल्लो समयमा हुलाक कार्यालय प्रभावकारी हुन नसक्दा प्रयोगविहीन हुँदै गएको छ । समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा लमजुङस्थित जिल्ला हुलाक कार्यालयसहित सबै हुलाक प्रयोगविहीन बन्दै गएको हो ।पछिल्लो समयमा मोबाइल फोन, इमेल, भाइबर, फेसबुकलगायत आधुनिक प्रविधिको विस्तारसँगै हुलाक कार्यालय प्रयोगविहीन बन्दै गएको हो । विसं १९३५ मा हुलाक घरको स्थापना भई सुरू भएको हुलाक सेवा सरकारी कामकाजलाई सहज बनाउन हुलाक ऐन, २०१९ अन्तर्गत देशभर नै स्थापना गरिएको थियो । व्यक्तिगत तथा पारिवारिक सूचना आदान–प्रदान गर्न कुनैबेला प्रमुख साधन बनेकोे हुलाक सेवा पछिल्लो समय निष्प्रभावी भएको छ । प्रविधिको बढ्दो प्रयोगका कारण हुलाकप्रति मानिसको अरूचि बढ्दै गएको पाइन्छ । राइनास नगरपालिकाका ९३ वर्षीय मनमाया गुरूङले भन्नुभयो, “विगतमा चिठ्ठीपत्र हुलाकी दाईले घरघरमा ल्याउने गर्दथे, हाम्रो पालामा हामीले कसैलाई केही खबर पठाउन परे पनि हुलाक सेवा अर्थात् चिठ्ठीपत्र प्रयोग गरेका थियौँ । विगतमा हुलाकीलाई गाउँमा आएको देखेपछि विदेशमा गएका छोरा र आफन्तको खबर आयो कि भन्दै सोध्ने गरिन्थ्यो, खबरको माध्यम भनेकै चिठ्ठीपत्र थियो ।” अहिले आधुनिक प्रविधिसँगै मोबाइल, इन्टरनेटको माध्यमबाट विदेश तथा विभिन्न ठाउँमा रहेका आफ्ना आफन्तको हालखबर मिनेटमै पाउने गर्दा चिठ्ठीपत्र पठाउन नपर्ने भएसँगै यसको बेवास्ता भएको उहाँले बताउनुभयो । “विगतमा चिठ्ठीपत्र पाउन पनि महिनौँ दिन कुर्नुपथ्र्यो, त्यसको महत्त्व ठूलो थियो । घर वरिपरि नै हुलाकी दाइ भेटिन्थे तर अहिले हुलाकी दाइ देख्न पनि रहर भइसक्यो,” उहाँले भन्नुभयो । तर अहिले हुलाक समयानुकूल हुन नसक्दा नयाँ पिँढीलाई हुलाक सेवा भनेकै थाहा छैन । हुलाक भनेको सुनेको, हुलाक कार्यालय देखे पनि यसको काम के हो रु जानकारी खासै नभएको मध्यनेपाल नगरपालिकाका २२ वर्षीय कुमार विकले बताउनुभयो । अहिलेसम्म हुलाक सेवा हामीलाई आवश्यकता नपरेकाले कुनै जानकारी तथा महत्व थाहा छैन र मैले सुने बुझेअनुसार पहिलाजस्तो हुलाक सेवा प्रभावकारी नभएकाले पनि थापा नभएको उहाँको भनाइ छ । नयाँपुस्ताका विकजस्तै कयौँलाई हुलाक सेवाबारे कमैलाई जानकारी छ ।प्रविधिको युगसँगै हुलाकको ढाँचा परिवर्तन हुन नसक्दा सरकारी कामकाजका चिठ्ठी, पत्रपत्रिका आदाप्रदान, हुलाक टिकट बिक्री, कहिलेकाहीँ बैंकबाट ऋण लगेर भाखा नाघेका व्यक्तिलाई चिठ्ठी पठाउनेलगायत मात्रै काम हुने गरेको हुलाक अधिकृत गङ्गा घलेले बताउनुभयो । केही वर्षअघिसम्म प्रविधिको विकास नभएकाले हुलाक सेवा प्रभावकारी बने पनि अहिले हुलाक सेवाबाट भन्दा इन्टरनेट, इमेल, मोबाइल, वेबसाइटजस्ता नयाँ प्रविधिले छिटोछरितो सञ्चारसेवा प्रवाह गर्ने भएकाले हुलाक सेवा उपयोगिविहीन बन्दै गएको हुलाक अधिकृत घलेको भनाइ छ ।लमजुङबाट प्रतिनिधिसभा सदस्य समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले यस जिल्लामा मात्र नभई देशभरिका हुलाक सेवा प्रभावकारी नभएको गुनासो आइरहेको र महत्त्व कम हुँदै गएको पाएकाले यसलाई प्रभावकारी, प्रविधिमैत्री बनाउँदै समयसाक्षेप बनाउनुपर्नेमा आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो । विगतकै पारामा अब हुलाक सेवा चल्न नसक्ने र तत्कालै यसलाई परिवर्तन गर्न सक्ने अवस्था पनि नभएकाले विस्तारै हुलाक सेवाका पुरानो नीतिनियमलाई परिमार्जन गरेर प्रविधिमैत्री बनाएर अघि बढ्न लागेको उहाँको भनाइ छ । जिल्ला हुलाक कार्यालयका अनुसार सरकारी चिठी र केही व्यक्तिको पार्सललगायत गरी बढीमा २०र२५ वटा चिठ्ठी दैनिक आउने गरेको छ । जिल्लामा एक जिल्ला हुलाक, १० वटा इलाका, ५० वटा अतिरिक्त हुलाक गरी ६१ वटा हुलाक कार्यालय छन् । यी सबै कार्यालयमा दुई सय १० जनाभन्दा बढी कर्मचारी छन् । यतिबेला हुलाकका कर्मचारी कार्यालयका कर्मचारी कार्यालय कुर्ने र घाम तापेर घर आउने जाने गरिरहेका छन् ।
अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’
निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन् । पुतलीजस्तै बनेर नाचिने यो नाच महँगो पनि मानिन्छ । थरिथरि रङका कपडा पहिरिएरका बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् । युवा पुस्तामा पुतली नाच संरक्षण गर्ने चासो बढेपछि बर्सेनि नाचको रौनक बढ्दै गएको छ ।
बेनी–मल्लाज सडक स्तरोन्नति
म्याग्दी, माघ ४ गते । पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका पाँचवटा वडालाई म्याग्दीको सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–मल्लाज सडक स्तरोन्नति भएको छ । उकालो र साँघुरो कच्ची सडकमा सवारीसाधन सञ्चालनमा असहज हुनुुका साथै दुर्घटनाको जोखिम थियो । घुुम्ती तथा ग्रेड सुधार र ढलान गरेर सडक स्तरोन्नति गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो । पर्वत–बेनी खानेपानी योजनाको ट्याङ्कीमाथि र माइनडाँडा क्षेत्रमा तीन सय मिटर सडक ढलान भएको उहाँले बताउनुभयो । उक्त योजनाका लागि जलजला गाउँपालिका, वडा नं २, ३ र ४ ले चालुु आर्थिक वर्ष २०८१र८२ मा रू ५० लाख विनियोजन गरेका थिए । सडक स्तरोन्नति भएसँगै माझफाँट, बाँसखर्क, लेखफाँट, म्याग्दीको नागी र राम्चेका स्थानीयलाई आवतजावतमा सहज भएको छ । फराकिलो सडक, नाली निर्माण र उकालोमा ढलान गरेसँगै सवारीसाधन आवतजावतमा सहज भएको जलजला–३ का वडाध्यक्ष एकिन्द्र खत्रीले बताउनुभयो । यसअघि आव २०७९र८० मा रू एक करोड १५ लाखको लागतमा सोही सडकको विभिन्न ठाउँमा चार सय सात मिटर दूरीमा सडक फराकिलो, उकालोमा आरसिसी ढलान, नाली, ग्याबियन जाली र मेसिनरी पर्खाल निर्माण गरिएको थियो । मल्लाजवासीलाई पालिका केन्द्र लामाखेत जान र व्यावसायिक कामका लागिसदरमुकाम बेनी जाने यो छोटो दूरीको सडक हो । विसं २०७३ मा मार्ग खुलेको तीन किलोमिटर दूरीको पर्वत–बेनी–मल्लाज सडकको अप्ठ्यारो अधिकांश ठाउँमा ढलान भएको छ । बाँकी ठाउँमा आगामी वर्ष स्तरोन्नति गरिने जनप्रतिनिधिले बताएका छन् । सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रममार्फत मल्लाजको भुुरतुुलाबाट लेकफाँटतर्फ कालोपत्रसहित स्तरोन्नति योजना निर्माणाधीन छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङमार्फत गत असारमा जलजला वडा नं ४ को दोवदोवेबाट वडा न ३ र २ को मल्लाज हुँदै वडा नं १ बाँसखर्कको सिमानासम्म तीन किलोमिटर एक सय मिटर कालोपत्र र दुई सय ५० मिटर सडक ढलान भएको थियो ।