• ५ माघ २०८१, शनिबार

टिपर दुर्घटनामा एकको मृत्यु

blog

अर्जुन काफ्ले

स्याङ्जा, माघ ५ गते । गाउँपालिका वडा नं.–५ कृषि–ओहिया भित्री  कच्ची सडक खण्डमा  टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । 

कृषिबाट ओहिया तर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको टिपर गए राती ११ बजे दुर्घटना भएको हो । 

दुर्घटनामा कुस्मा नगरपालिका–१४ पर्वतका ३७ वर्षीय चन्द्र बहादुर नेपालीको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । 

शारदा नगरपालिका वडा नं. –७ सल्यानका १५ वर्षीय हरि परियार, आँधी खोला गाउँपालिका वडा नं. २ ओहियाका ३३ वर्षीय कमल नेपाली,  राप्ती नगरपालिका वडा नं.–६ भण्डारा, चितवनका ४१ वर्षीय प्रकाश विक, सुमित्रा विक गम्भीर घाइते भएको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानाकारी दिनुभयो । 

गम्भीर घाइतेको दुवै  हातखुट्टा, टाउकोमा चोट रहेको र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । 

टिपर सडक देखी अन्दारी ५० मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान अगाडि बढाएको श्रेष्ठले बताउनुभयो ।