• १० माघ २०८१, बिहिबार

विद्यालयमा सोलार वितरण

blog

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – ६ चुम्लिङस्थित सिद्धगणेश आधारभूत विद्यालयलाई सोलार बत्ती वितरण गरिँदै । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, माघ ४ गते ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – ६ चुम्लिङस्थित सिद्धगणेश आधारभूत विद्यालयलाई सोलार बत्ती वितरण गरिएको छ । तेन्जिङ एण्ड डोल्मा हेल्प नेपाल, फ्रान्स र चुम कम्युनिटी स्कुल प्रोजेक्टको साझेदारीमा सोलार बत्ती वितरण गरिएको हो ।

गत महिना असोज महिनामा गएको बाढीपहिरोका कारण चुम्लिङ लगायतका ठाउँ र विद्यालमया विद्युत् अवरुद्ध भएकाले सोलार बत्ती वितरण गरिएको चुम कम्युनिटी स्कुल प्रोजेक्टका दाबा ग्याल्जेन बताउनुभयो ।

उहाँका अनुसार त्यस विद्यालमा विभिन्न सङ्घ संस्थाले दिएको कम्प्युटर बत्ती नभएका कारण चल्न सक्ने अवस्थामा नभएकाले विद्यार्थीहरु कम्प्युटर सिक्नबाट वञ्चित नहोउन् भन्ने मर्म बुझी उक्त विद्यालयमा सोलार वितरण गरिएको उहाँले बताउनुभयो ।

सोलारसँगै विद्यालयमा दिवा खाजाका लागि प्रेसर कुकर, विद्यालय छात्रावासका लागि दुई वटा दराज, पाँच थान टेबल र खेलकुद तथ सरसफाइका सामग्री पनि वितरण गरिएको विद्यालयले जानकारी दिएको छ ।