• २९ फागुन २०८१, बिहिबार

वालिङको अपराजित यात्रा कायमै

blog

बिहीबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

अर्जुन काफ्ले 

स्याङ्जा, फागुन २९ गते । वालिङ नगरपालिकाले प्रथम पिकं सिटी महोत्सव कप–२०८१ पुरुष भलिबलमा अपराजित कायमै राखेको छ ।

लिग खेलमा दुई खेल अगावै सेमिफाइनको यात्रा तय गरेको वालिङले बिहीबारको चौथो खेलमा कालीगण्डकी गाउँपालिकालाई ३–१ को सेटमा पराजित गरेको हो । वालिङले २५–२२, १९–२५, २५–२१ र २५–२० को नतिजा निकाल्यो । 

अर्को खेलमा बिरुवाले गल्याङ नगरपालिकालाई ३–२ को सेटमा पराजित गरेको  । बिरुवाले २५–२१, २३–२५, २३–२५, २५–१९ र १३–१५  को नतिजा निकाल्यो । एक एक खेल हारेका दुबै टिम समेत सेमिफाइनमा प्रवेश गरेका छन् । चापाकोट लगातार तीन खेले हार बेहोर्दै दुई खेल अगावै बहिरिएको छ ।

 छ पालिकाको सहभागिता रहेको प्रतियोगिताका विजेता टिमले नगद एक लाख ५५ हजार रुपियाँ सहित कप, मेडल र प्रमाणपत्र हात पार्ने खेल संयोजक उमराज गुरुङ(राज)ले जानकारी दिनुभयो । 

उपविजेताले नगद एक लाख ५ हजार रुपियाँ सहित मेडल र प्रमाणपत्र पाउने छ भने तेस्रो ले ५५ हजार र चौथो हुनेले ३० हजार रुपियाँ पाउनेछ । फागुन २६ गतेबाट सुरु भएको खेलकुद चैत ३ गते समापन हुनेछ ।