योजना चाँडो सम्पन्न गर्न निर्देशन
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले निर्माणाधीन दुई योजनाको अनुगमन गर्नुभएको छ ।शुक्लागण्डकी नगरपालिकाको योजनाको अनुगमन गर्नु भएको हो।
गाउँ रित्तिँदै जानु राष्ट्रका लागि सङ्कट हो : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको शक्तिको रूपमा रहेको श्रमशक्ति नै रित्तिएर आउन सक्ने राष्ट्रिय सङ्कटबाट जोगाउन गाउँमै आम्दानी र रोजगारीेको व्यवस्था पहिलो आवश्यकता भएको बताउनुभएको छ।
देश र जनताप्रति समर्पित भएर लाग्ने प्रेरणा मिलोस्ः प्रमुख भट्ट
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सहिद दिवसले देश र जनताप्रति समर्पित भएर लाग्नका लागि सम्पूर्ण पक्षहरूलाई प्रेरणा मिल्ने अपेक्षा गर्नुभएको छ। सहिद दिवस २०८१ को अवसरमा सन्देश जारी गर्दै भट्टले राष्ट्र, राष्ट्रियता, समानता, स्वतन्त्रता, नागरिक हक अधिकारको रक्षा, लोकतन्त्रको स्थापनालगायतका न्यायपूर्ण आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात अमर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्नुपर्छः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सहिदले नेपाली जनताको स्वतन्त्रताका लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई अपिल गर्नुभएको छ।
महिला हाफ म्याराथनको उपाधि विकलाई
व्यास नगरपालिकाको आयोजनामा बुधबार आयोजना गरिएको महिला हाफ म्यारथन प्रतियोगिताको उपाधि रोल्पाकी आस्मा विकले जित्नुभएको छ ।
राष्ट्रपति पौडेलबाट सहिद स्मारकमा पुष्पहार अर्पण
राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दिवसका अवसरमा आफ्नो गृह जिल्ला तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद स्मारकमा पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण प्रकट गर्नुभएको छ ।
राष्ट्रपति पौडेल गृह जिल्लामा
राष्ट्रपति रामचन्द्र पौडेल बुधबार गृह जिल्ला तनहुँ आउनुभएको छ ।
माघेऔँसी मेलामा भक्तजनकाे भिड
नवलपुरको त्रिवेणीधाम धार्मिक, ऐतिहासिक गन्तव्य बन्दै गएको छ ।
टाइगर कप भलिबल : एपिएफ पहिलो क्वालिफायरमा
सशस्त्र प्रहरी बल एपिएफ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको छ ।
गोरखामा दस हजार बढी छात्रालाई एचपिभी खोप लगाइने
गोरखामा दस हजार बढी छात्रालाई पाठेघरको मुखमा हुने क्यान्सार विरुद्धको एचपिभी खोप लगाइने भएको छ ।
डोल्पामा आगलागी हुँदा एक जनाको मृत्यु
मुड्केचुला गाउँपालिका–४ ईल गाउँमा आज बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । ईल गाउँस्थित बादी सार्कीको घरमा आगलागी हुँदा ७५ वर्षीया सार्कीको सुतेको अवस्थामा ज्यान गएको मुड्केचुला–४ का वडाध्यक्ष कृतिबहादुर बुढाले जानकारी दिनुभयो ।
नारायणघाट-बुटवल सडक निर्धारित समयमा नसकिने
तेस्रो पटक थपिएको म्याद सकिन पाँच महिना बाँकी रहँदा नारायणघाट–बुटबल सडक विस्तारको कामले तिब्रता पाएको छ ।
सुन्तला खेतीबाट वार्षिक ४२ करोड आम्दानी
तनहुँका किसानले यस वर्ष सुन्तला बिक्री गरेर ४२ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् ।
गण्डकी सङ्ग्रहालय भ्रमण
मेरो विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सकिएपछि दसैँ, तिहार र छठसम्म लामो छुट्टी भयो ।
भूमिगत तारबाट सुरु भयो बिजुली
पोखरामा अहिले भूमिगत तारबाट घर घरमा बिजुली बल्न थालेको छ ।
पुल निर्माणमा ढिलासुस्ती उपभोक्ता आन्दोलित
पुल निर्माणमा ढिलासुस्ती तथा सडक स्तरोन्नति नभएपछि बुद्धसिंह मार्गमा उपभोक्ता आन्दोलनमा उत्रिएका छन् ।
जलवायु परिवर्तन रणनीति बनाइँदै
गण्डकी प्रदेश सरकारले जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलताका लागि रणनीति तयार गर्दै छ ।
पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेलाः ‘घुमौँ मधेसः बुझौँ मधेस’ प्रति विशेष आकर्षण
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी ३३औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा सूचना प्रविधि ९आइटी० महोत्सवको उद्घाटनका अवसरमा मिथिलाको झिझिया नाचबाट गरिएको स्वागतलाई यहाँका स्थानीयले बिर्सेका छैनन् ।
लमजुङमा ट्याक्टर दुर्घटना, एकको मृत्यु
लमजुङको दोर्दी गाउँपालिका–५, पाचोक स्थित कैँची डाँडाको जङ्गलमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा पुग्छ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य बिमाको रकम पाँच गुणा वृद्धि गर्ने बताउनुभएको छ।
तनहुँ जलविद्युतको सहयोगमा विद्यालय भवन निर्माण
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण गरेको छ ।
टाइगर कप भलिबल : गण्डकीसँग एपिएफ स्तब्ध
एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ मङ्गलबार भएको खेलमा गण्डकी प्रदेशले सशस्त्र प्रहरी बल एपिएफलाई हराएको छ ।
विद्युत् उत्पादकको शुल्क निर्धारण
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आन्तरिक स्रोत बढाउन विद्युत् उत्पादन गर्ने कम्पनीलाई शुल्क निर्धारण गरेको छ ।
उच्च अदालतले माग्यो रविको कैफियत प्रतिवेदन
सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत पोखराले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको कैफियत प्रतिवेदन पेश गर्न आदेश गरेको छ ।