• ४ चैत २०८१, सोमबार

भिरमौरीले टोकेर तीन जना घाइते

blog

फाइल तस्बिर ।

बोमलाल गिरी

नवलपुर, चैत ४ गते । नवलपुरको बौदीकाली गाउँपालिका २ डेढगाउँमा भिरमौरीले टोकेर तीन जना घाइते भएका छन् । 

नवलपुर प्रहरीका अनुसार खेतमा काम गर्ने क्रममा भिरमौरीले टोकी बौद्धीकाली २ डेढगाउँ निवासी ६३ वर्षीया ओम माया राना, ४५ वर्षीया इनमाया राना र ६३ वर्षीय लालबहादुर सारू घाइते भएका हुनुभएको हो । 

उहाँहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल अस्पताल पोखरा लगिएको प्रहरीले जनाएको छ ।