सवारी दुर्घटनामा परी छ महिनामा ३८ जनाको मृत्यु
पृथ्वीराजमार्गअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार यात्रुवाहक बस दुर्घटना भयो । अनियन्त्रित भई सडकमा बस पल्टिँदा एक जनाको मृत्यु भयो भने १३ जना घाइते भए ।
बसन्त पञ्चमीमा नानीबाबुलाई विद्यामन्दिरको ‘बाल पुस्तकालय’ उपहार
बागलुङको विद्यामन्दिर पुस्तकालयले बसन्त पञ्चमीको पूर्वसन्ध्यामा विद्यालय उमेरका नानीबाबुहरुका लागि बाल पुस्तकालय सञ्चालनमा ल्याएको छ । बसन्त यामअगावै विद्यामन्दिरले बाल पुस्तकालय सञ्चालन गर्ने लक्ष्यका साथ आर्थिक तथा सहयोग सङ्कलन अभियान सुरु गरेको थियो ।
प्रदेशसभा अधिवेशन आजदेखि
गण्डकी प्रदेशसभाको सातौं अधिवेशन आजबाट सुरु हुँदैछ । हिउँदे अधिवेशनको नामले चिनिने यो अधिवेशनको पहिलो बैठक सोमबार दिउँसो २ बजे बस्ने छ ।
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
पृथ्वीराजमार्गमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा टिपरले कार र स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
ताल र हिमालप्रति सभापति देउवाको चिन्ता
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पोखराको पहिचानका रुपमा रहेका तालको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ।
मर्स्याङ्दी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले स्थापनाको ७ वर्षपछि नयाँ प्रशासकीय भवनबाट सेवा प्रारम्भ गरेको छ। आइतबार मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा निर्मित प्रशासकीय भवनको उद्घाटनसँगै सेवा प्रवाह सुरु गरेको हो।
टाइगर कप भलिबलः पुरुषतर्फ पुलिस र महिलातर्फ टाइगर च्याम्पियन
पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ आयोजक टाइगर ग्रुप च्याम्पियन बनेका छन्।
प्रेस चौतारी लमजुङ अध्यक्षमा गुरुङ
प्रेस चौतारी नेपाल लमजुङ शाखाको अध्यक्षमा देवेन्द्र गुरुङ (सुरज) सर्वसम्मत निर्वाचित हुनुभएको छ । सदरमुकाम बेसीसहरमा आइतबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट गुरुङ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
टाइगर कप भलिबल : एपिएफलाई स्तब्ध बनाउँदै आयोजकलाई उपाधि
आयोजक टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि जितेको छ ।
‘सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी छ’
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको बताउनुभएको छ ।
जिल्ला समन्वय समिति प्रमुख थापा पक्राउ
जिल्ला समन्वय समिति म्याम्दीका प्रमुख राजकुमार थापा पक्राउ पर्नुभएको छ । सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रमुख थापालाई आइतबार जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो ।
पुराना चौताराका रुख काट्नेलाई कारबाही
महानगरपालिकाले अनुगमनका क्रममा काटिएका रुखहरूको विवरण सङ्कलन गरिरहेको र अनधिकृत रूपमा रुख कटान कार्यमा संलग्नको पहिचान गरी प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अघि बढाउने व्यहोरा समेत सूचित गरिएको छ ।
भच्चेक–खरीबोट–अपुन हुँदै ओलाङ सडक कालोपत्रे हुने
गोरखाको अजिरकोट गाउँपालिका – ३ भच्चेकबाट खरीबोट अपुन हुँदै ओलाङ जोड्ने सडक कालोपत्रे हुने भएको छ । अजिरकोट गाउँपालिकाको भच्चेक मुख्य पर्यटकीय गन्तव्य हुनुका साथै गोरखा क्षेत्र नम्बर २ अन्तर्गत अन्तिम गाउँ ओलाङसम्म सहज पुग्न ६.५० किलोमिटर सडक कालोपत्रे हुन लागेको हो ।
मर्मत हुन सकेन ऊर्जा केन्द्र
हुप्सेकोट गाउँपालिका–५, धौबादीमा रहेको हावाबाट बिजुली निकाल्ने वायु ऊर्जा केन्द्र मर्मत नहुँदा जीर्ण बन्दै गएको छ । एक दशकअघि धौबादीडाँडास्थित रुद्रपुरमा नमुना योजनाका रूपमा हावाबाट
त्रिशूली नदीमा बेवारिसे शव फेला
गोरखाको त्रिशूली नदीमा बेवारिसे शव फेला परेको छ । जिल्लाको गण्डकी गाउँपालिका – २ गोर्दी स्थित त्रिशुली नदी किनारमा अन्दाजी ५०/५५ वर्षको देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुबेदीले जानकारी दिनुयभो ।
गैँडा स्थानान्तरणको काम सुरु
चितवन राष्ट्रिय निकुञ्जले पश्चिम सेक्टर (नवलपुर क्षेत्र) बाट गैँडा स्थानान्तरणको काम सुरु गरेको छ । पहिलो दिन पश्चिम सेक्टरमा रहेको कावासोती–१५ मा पर्ने गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन
आँबुखैरेनी अध्यक्ष कपको उपाधी प्रहरीलाई
तनहुँको आबुँखैरेनी गाउँपालिकाको आयोजनामा गरिएको दोस्रो अध्यक्ष कप भलिवल प्रतियोगिताको उपाधी इलाका प्रहरी कार्यालय आबुँखैरेनीले जितेको छ ।
अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण
लमजुङ दरबार बजेट अभावले पुननिर्माण अझै सम्पन्न हुन सकेको छैन । समुद्री सतहबाट एक हजार चार सय ४५ मिटर उचाइमा रहेको सो दरबार १६औँ शताब्दीमा बनेको बताइएको छ ।
बाह्र किलोको काउली फलाएका खत्री भन्नुहुन्छ– ‘विदेश जाने सोच कहिले पनि आएन’
बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल हुनुभएको थियो । गतवर्ष उहाँ आफ्नै ‘खत्री एग्रो फार्म’मा नौ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृत समेत हुनुभएको थियो ।
सडक निर्माण गति लिँदै
मनाङमा सडक चौडा गर्ने कार्यले निरन्तरता पाएको छ । विशेष गरी जाडो चिसोको समयमा सिमेन्टजन्य कार्य प्रभावकारी नभए पनि मनाङ सडक निर्माण कार्यले गति लिएको छ ।
तनहुँमा ४२ करोड ५० लाखको सुन्तला बिक्री
तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी रु ४२ करोड ५० लाखको आम्दानी गरेका छन् । जिल्लामा गत वर्ष रु ३० करोड बराबरको सुन्तला बिक्री भएको थियो ।
ग्यास ट्याङ्कर दुर्घटनामा भारतीय नागरिकको मृत्यु
पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ कमलबारी, गोल्लामा भारतीय ग्यास बुलेट ट्याङ्कर दुर्घटना हुँदा भारतीय नगरिकको मृत्यु भएको छ ।
कावासोती १ का वडाध्यक्षको हृदयाघातबाट निधन
नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तावाराक अहमद मिँयाको निधन भएको छ। उहाँ नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो।
बिसौनी मोड-गोरखा क्याम्पस जाने सडक स्तरोन्नति
गोरखाको बिसौनी मोडदेखि गोरखा क्याम्पस सडक अन्तर्गत भिआइपी बस्तीमा सडक स्तरोन्नतिको काम सुरु भएको छ ।