प्रदिप पन्त
बागलुङ, चैत्र ०५ गते। गलकोट बहुमुखी क्याम्पस बागलुङको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका प्रभात साहनी निर्वाचित हुनुभएको छ।
साहनीले संयुक्त प्यानलकी रेनुका परियारलाई ४१ मत अन्तरले पछि पार्दै विजयी हुनुभएको हो। साहनीले ९९ र परियारले ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चूडामणि शर्माले जानकारी दिनुभयो।
साहनी अखिल क्रान्तिकारीबाट र परियार नेविसंघ, अनेरास्ववियु र अखिल छैठौंको संयुक्त प्यानबाट निर्वाचनमा उम्मेदवारी दिनुभएको थियो। सचिवमा अखिल क्रान्तिकारीका पवन विकले ८५ मत र कोषाध्यक्षमा स्मृति बुढाथोकीले ८९ मत प्राप्त गरेर विजयी हुनुभएको छ।
समानुपातिक सदस्यमा अखिल क्रान्तिकारीका निकिता साहानी, अजय केसी, प्रमिला विक, निकिता थापा, शंकर परियार, सारा पुन, सुधा साहनी, ममता घर्र्ती विजयी हुनुभएको निर्वाचन अधिकृत शर्माले बताउनुभयो। स्ववियु निर्वाचनमा एक सय ५८ मत खसेको थियो।