• २४ चैत २०८२, मङ्गलबार

अफगानिस्तानमा युद्व अपराध गरेको आरोपमा पूर्व अस्ट्रेलियाली सैनिक पक्राउ

blog

क्यानबेरा, चैत २४ गते । अफगानिस्तानमा युद्ध अपराध गरेको को आरोपमा पूर्व अस्ट्रेलियाली सैनिक पक्राउ परेको जनाइएको छ । अस्ट्रेलियन प्रहरी (एएफपी)ले विज्ञप्ति जारी गर्दै अस्ट्रेलियाली रक्षा बलका पूर्व सदस्यलाई सिड्नी एयरपोर्टमा पक्राउ गरिएको जनाएको छ । आरोपितलाई हत्या युद्ध अपराधलगायत पाँच वटा अभियोग लाग्ने जनाइएको छ ।

स्थानीय मिडियाले पक्राउ परेका बेन रोबट्र्स-स्मिथ पूर्व विशेष बलका सिपाही रहेको पुष्टि गर्दै  उनलाई सन् २०११ मा अफगानिस्तानमा शाहसिक कार्यकाका लागि अस्ट्रेलियाली सम्मान प्रणालीमा सर्वोच्च पुरस्कार अस्ट्रेलियाका लागि भिक्टोरिया क्रस प्रदान गरिएको थियो । एएफपीका अनुसार सन् २००९ देखि २०१२ को बिचमा अफगानिस्तानमा पाँच जनाको हत्या भएको छ । दोषी ठहर भएमा आरोपीले अधिकतम आजीवन कारावासको सजाय भोग्नुपर्ने जनाइएको छ । रासस/सिन्ह्वा