गण्डकी प्रदेश स्थापना दिवसमा मुख्यमन्त्री पाण्डेको शुभकामना
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयता कार्यान्वयनसँगै प्रदेश सरकार सुशासन, समुन्नति र सामाजिक न्यायलाई आत्मसात् गर्दै दिगो विकासको लक्ष्यमा अघि बढेको बताउनुभएको छ ।
देवचुलीमा ट्रमा सेन्टर बनाउन छ सय ४६ रुख कटानी गरिने
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमामा ट्रमा सेन्टर स्थापनाका लागि बाटो खुलेको छ । जिल्लाको देवचुली नगरपालिका–१७ मा ट्रमा सेन्टर निर्माणस्थलमा रहेका रुख हटाउनेगरी सम्झौता भएपछि निर्माणको बाटो खुलेको हो ।
४६ देशका ६१८ पर्यटकले गरे मनाङ भ्रमण
सन् २०२५ को पहिलो महिना जनवरीमा जाडो तथा चिसोको पर्वाह नगरी ४६ देशका ६१८ विदेशी पर्यटकले मनाङ भ्रमण गरेका छन् ।
अध्यक्ष प्रचण्ड बेनीमा
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेनी आउनुभएको छ । पार्टीले मङ्गलबार बेनीमा आयोजना गर्न लागेको खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड बेनी आउनुभएको हो ।
देवघाटमा भक्तजनको भीड बढेपछि आवतजावतमा समस्या
तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका र जोड्ने त्रिशुली नदीको झोलुङ्गे पुलबाट आवतजावतमा समस्या भएको छ । देवघाटधाममा जारी देवघाट महामहोत्सवमा भक्तजनको भीड बढेपछि समस्या भएको हो ।
राजनीतिक स्थिरताको जनचाहनाअनुसारनै वर्तमान सत्तागठबन्धन : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।
नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार लागिरहेको छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउनतर्फ केन्द्रीत भएर लागेको बताउनुभएको छ ।
गण्डकी प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा
गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा माघ २२ गते मङ्गलबार सार्वजनिक बिदा हुने भएको छ ।
‘कांग्रेस–एमाले मिल्दासम्म सरकारलाई केही हुँदैन’
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ता साझेदार दुई ठुला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) मिल्दासम्म सरकारलाई केही नहुने बताउनुभएको छ । विपक्षी दलहरूले सरकार लामो समय जाँदैन भनेर दिइरहेका अभिब्यक्तिप्रति लक्षित गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
दिवा शिशु स्याहार केन्द्र स्थापना
गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र पोखरा महानगरपालिकाको समन्वयमा पोखरा ८ स्थित श्रीराम आधारभूत विद्यालय सिमलचौरमा स्थापना गरिएको हाे ।
‘हामी सबैमा एकता रहिरहे बहुमत टाढा छैन’
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान विश्वकै उत्कृष्ट भए तापनि संविधानको प्रयोगमा आएका केही कठिनाईलाई संशोधन गर्न आवश्यक भएको बताउनुभएको छ ।
झिँ वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिने
म्याग्दीको रघुगङ्गा गाउँपालिका –५ झिँको वडा कार्यालय भवन निर्माण सम्पन्न भएकाले अब चाँडै आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएको छ ।
३३ स्वास्थ्य संस्थामा ल्याब, २२ प्रतीक्षाघर निर्माण
फेयरमेड फाउन्डेसनले सञ्चालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाअन्तर्गत बागलुङका ३३ वटा स्वास्थ्य संस्थामा ल्याब स्थापना गरिएको छ ।
कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा पार्टीको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा आयोजित अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन
गण्डकी प्रदेशमा यस वर्ष रु चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकडाअनुसार ६६ हजार पाँच सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।
कृषिमा आधुनिकीकरण गर्न जरूरी छः सञ्चारमन्त्री
लमजुङ मर्स्याङ्दी गाउँपालिका–८ मा रहेको सिमलचौर भूमिगत सिँचाइअन्तर्गत बोरिङ उद्घाटन गरेपछि मन्त्री गुरूङले स्थानीयमा खेतीपाती र उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।
गरिब तथा विपन्न बालबालिकाका लागि विद्यालयमा कोष स्थापना
विद्यालयमा अध्ययन गर्ने अनाथ, गरिब तथा विपन्न बालबालिकाको शैक्षिक उन्नयनमा सहयोग पुउन रघुगंगा गाउँपालिका भित्रका दशवटा विद्यालयहरुमा अक्षयकोष स्थापना गरिएको छ ।
३३ स्वास्थ्य संस्थामा ल्याब स्थापना, २२ सुत्केरी प्रतीक्षाघर निर्माण
फेयरमेड फाउण्डेनले सञ्चालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाअन्तर्गत बागलुङका ३३ वटा स्वास्थ्य संस्थामा ल्याब स्थापना गरिएको छ । परियोजना सञ्चालन भएको साढे ६ वर्षको अवधिमा २२ वटा सुत्केरी प्रतिक्षाघर निर्माणमा साझेदारी र पाँच स्वास्थ्य संस्थामा भिडियो एक्स–रे सेवा सञ्चालन लगायतका कामहरु भएका छन् ।
चार वर्षमा पनि बनेन सडक
दुई वर्षमा सक्नुपर्ने लमजुङको दोर्दी गाउँपालिका केन्द्र जोड्ने उदिपुर–रिठ्ठेबगर–नौथर सडक निर्माण चार वर्षसम्म पनि पूरा हुन सकेको छैन ।
एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै
दिनप्रतिदिन एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि सर्वत्र चिन्ता गर्न थालिएको छ । पूर्वी नवलपरासीमा यस आर्थिक वर्षको सात महिनामा १३ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् ।
सवारी दुर्घटनामा परी छ महिनामा ३८ जनाको मृत्यु
पृथ्वीराजमार्गअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार यात्रुवाहक बस दुर्घटना भयो । अनियन्त्रित भई सडकमा बस पल्टिँदा एक जनाको मृत्यु भयो भने १३ जना घाइते भए ।
बसन्त पञ्चमीमा नानीबाबुलाई विद्यामन्दिरको ‘बाल पुस्तकालय’ उपहार
बागलुङको विद्यामन्दिर पुस्तकालयले बसन्त पञ्चमीको पूर्वसन्ध्यामा विद्यालय उमेरका नानीबाबुहरुका लागि बाल पुस्तकालय सञ्चालनमा ल्याएको छ । बसन्त यामअगावै विद्यामन्दिरले बाल पुस्तकालय सञ्चालन गर्ने लक्ष्यका साथ आर्थिक तथा सहयोग सङ्कलन अभियान सुरु गरेको थियो ।
प्रदेशसभा अधिवेशन आजदेखि
गण्डकी प्रदेशसभाको सातौं अधिवेशन आजबाट सुरु हुँदैछ । हिउँदे अधिवेशनको नामले चिनिने यो अधिवेशनको पहिलो बैठक सोमबार दिउँसो २ बजे बस्ने छ ।
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
पृथ्वीराजमार्गमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा टिपरले कार र स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।