गुणबहादुर रोका
सुलीकोट, चैत ११ गते । मनकामना केबलकार चैत १४ गते बिहीबार बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सोमबार एक सूचना जारी गर्दै चैत १४ गते बिहीबार मनकामना केबुलकार मर्मत सम्भारका लागि सेवा बन्द हुने जानकारी गराएको हो ।
मनकामनना केबुलकारको नियमित टावरको मर्मत सम्भार गर्नुपर्ने भएकाले १ दिनका लागि बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जल सेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार बटम स्टेशनस्थित रेस्टुरेन्ट सेवा भने यथावत् रुपमा सञ्चालन हुने उहाँले बताउनुभयो । २०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनार्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो ।
२६ वर्षअघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तराेन्नति गर्ने कार्य सम्पन्न भएपछि पुनः एक पटक त्यसको मर्मत कार्य गर्नुपर्ने भएकाले १ दिन बन्द गरिएको मनकामना केबलकार प्रालिले जनाएको छ ।
१ दिन केबुलकार बन्दले दर्शनर्थीलाई परेको असुविधाप्रति मनकामना केबुलकारले क्षमायाचना गर्दै चैत १५ गते शुक्रबार पुनः सञ्चालनमा ल्याइने मनकामना दर्शन प्रालिका प्रबन्धक सेरचनले जानकारी दिनुभयो ।