• १० पुस २०८२, बिहिबार

जङ्गली जनावरको आक्रमणबाट एकको मृत्यु

blog

नारद कोहार

तौलिहवा (कपिलबस्तु), पुस १० गते । जिल्लाको विजयनगर गाउँपालिकाको डेडुवा जोतस्थित भारततर्फको जङ्गलमा जङ्गली जनावरको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक महेश आचार्यका अनुसार कृष्णनगर नगरपालिका–१०, अमौलीकी उर्मिला कोरीको भारततर्फको जङ्गलमा जङ्गली जनावारको आक्रमणबाट मृत्यु भएको प्रारम्भिक सूचना आएको बताउनु भयो । 

सो घटनाबारे भारतीय सुरक्षाकर्मीसँग समन्वय भइरहेको उहाँले बताउनु भयो । घटनाबारे थप विवरण आउन बांँकी रहेको उहाँको भनाइ छ ।