सन्तोष सुवेदी
कास्की, चैत ७ गते । पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८१ को तयारी पूरा गरिएको छ । चैतको ९ गतेबाट पाँच दिनसम्म चल्ने नाटकको तयारी पूरा भएको महोत्सव निर्देशक परिवर्तनले जानकारी दिनुभयो ।
पोखरालाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रुपमा स्थापित गर्ने उद्धेश्यले पोखरा थिएटरले महोत्सवको आयोजना गरिएको परिवर्तनले बताउनुभयो । "महोत्सवमा नेपालका साथै चीन, ट्युनिसिया, नर्वे र जापानका ६ वटा नाटक महोत्सवमा मञ्चन हुनेछन् । महोत्सवमा नेपालसँगै बाहिर देशका कलाकारहरुको पनि बाक्लो उपस्थिति रहनेछ अपेक्षा गरिएको छ । महोत्सवमा नाटक देखाउनको लागि सय बढी नाटकले आवेदन दिएका थिए," उहाँले भन्नुभयो ।
पोखरालाई सांस्कृतिक तथा पर्यटन गन्तव्यका रुपमा अन्तर्राष्ट्रिय पहिचान दिलाउन महोत्व महत्वपूर्ण हुने उहाँको अपेक्षा छ । पोखरा थिएटरले ६ वर्षपछि अन्तर्राष्ट्रिय नाटक महोत्सवका गर्न लागेको हो। "यस्तै परम्परालाई निरन्तरता दिँदै थिएटरले पुन पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव आयेजना गर्न लागेको हो । कोभिडपछि अन्तर्राष्ट्रिय नाटक महोत्सवलाई निरन्तरता दिन सकिएन् । महोत्सवले नेपाली तथा अन्तर्राष्ट्रिय नाट्य समुदायलाई एकसाथ ल्याउने विशेष अवसर हुनेछ," उहाँले भन्नुभयो ।
महोत्सवमा नाटकको अलावा खुला छलफल तथा संवाद कार्यक्रम पनि समेटिएको परिवर्तनले बताउनुभयो । पोखरालाई सांस्कृतिक गन्तव्यका रुपमा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनको लागि विविध साँस्कृतिक कार्यक्रमहरु रहने उहाँले जानकारी दिनुभयो ।
महोत्सव हेर्नको लागि दुई सय, तीन सय र पाँच सयको टिकट काट्नुपर्ने व्यवस्था रहेको आयोजकले जनाएको छ ।