• ८ वैशाख २०८२, सोमबार

जङ्गली च्याउ खाँदा दुईको मृत्यु

blog

अमरराज नहर्की

तनहुँ, चैत ७ गते । तनहुँमा जङ्गली च्याउ खाएर बिरामी भएका मध्ये दुईको मृत्यु भएको छ । व्यास नगरपालिका–६ शान्ति टोलका ४ वर्षीय सुमित पुलामीको बिहीबार मृत्यु भएपछि मृत्यु हुनेको सङ्खा दुई पुगेको हो ।

गण्डकी मेडिकल कलेज पोखरामा उपचार गरी थप उपचारको लागि काठमाडौं लागिएकोमा उपचारको क्रममा बालक पुलामी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीषक अशोक थापाले जानकारी दिनुभयो । 

यसअघि गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको गण्डकी मेडिकल कजेज पोखरामा उपचारको क्रममा  सोमबार मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

प्रनाउ थापाका अनुसार म्याग्दे गाउँपालिका–६ का नारायण मगरले बारीमा उम्रिएको जङ्गली च्याउ व्यास नगरपालिका–६ शान्ति टोलस्थित मामाघारमा लगेर चैत १ गते पकाएर खाँदा दश जना बिरामी भएका थिए । 

च्याउ खाँदा बिरामी हुने अन्यमा ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, २३ वर्षीया पवित्रा मगर,४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी र ६५ वर्षीया सीता पुलामी बिरामी हुनुहुन्छ । जङ्गली च्याउ खाँदा दश जना बिरामी भएका थिए ।