पुनहिलमा विद्युत सेवा विस्तारपछि पर्यटकलाई सहज
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ स्थित पर्यटकीय स्थल पुनहिलमा विद्युत सेवा विस्तार भएपछि यहाँ पुग्ने पर्यटकलाई सहज भएको छ ।
आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क
आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीको उपचार आँबुखैरेनी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको छ । गाउँपालिकाको शिक्षा समितिले पालिकाभित्रका कुनै विद्यार्थी बिरामी भए आँबुखैरेनी अस्पतालभित्र हुने सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।
धौलागिरि आयुर्वेद अस्पतालमा पूर्वाधार थपिँदै
धौलागिरि आयुर्वेद अस्पताल बागलुङमा पूर्वाधार विस्तार गरिएको छ । गण्डकी प्रदेश सरकारले पाँच शय्याको धौलागिरि आयुर्वेद अस्पताललाईअन्तर्गत सेवासहित २५ शय्यामा सुविधायुक्त अस्पतालका रूपमा स्तरवृद्धिको तयारी गरिरहेको छ ।
बढ्न थाल्यो जताततै डढेलो
स्याङ्जामा डढेलो तथा आगलागीका घटना बढ्न थालेका छन् । केही दिनयता जिल्लाका विभिन्न स्थानमा आगलागी भइरहेको छ ।
पृथ्वीराजमार्ग विस्तारः ‘प्रिकाष्ट प्रविधिबाट’ १७ वटा पुल निर्माण पूरा
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत पूर्वीखण्डमा १७ वटा पुल निर्माण पूरा भएको छ । प्रिकाष्ट प्रविधिबाट सो सङ्ख्यामा पुल निर्माण पूरा भएको आयोजनाले जनाएको छ ।
चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान
चैते धानखेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । अधिकांश सिञ्चित क्षेत्रका खेतमा चैते धान रोपाइँ जारी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
अन्नपूर्ण चुचुरोमा एकै दिन पुगे ३२ आरोही
अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा सोमबार वसन्तकालिन यामको सबैभन्दा धेरै आरोही पुगेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको पाँच समहुका स्वदेशी र विदेशी गरी ३२ आरोहीले सफल आरोहण गरेका हुन् ।
ट्होटें पर्व मनाउन क्व्होलासोथारमा सार्वजनिक बिदा
लमजुङसहित गण्डकी प्रदेशका गुरुङ समुदायले आज आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाउँदै छन् । गण्डकी प्रदेशभित्र गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मङ्गलबार सांस्कृतिक पर्वका रुपमा ट्होटे पर्व धुमधामका साथ मनाउने गर्दछन् ।
ट्याक्टर दुर्घटनाका मृतकका परिवारलाई आर्थिक सहयोग
लुलाङका ट्याक्टर दुर्घटनामा परी ज्यान गुमाएका र घाइते भएकाको परिवारलाई प्रवासीहरुले अर्थिक सहयोग गरेका छन् ।
म्याग्दी प्रतिष्ठानलाई उपाधि
चैत्राष्टमी मेलामा आयोजना गरिएको राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि म्याग्दी प्रतिष्ठानले हात पारेको छ ।
कांग्रेसको महाधिवेशन २०८४ अगाडि नै हुन्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको महाधिवेशन २०८४ साल अगाडि नै हुने बताउनुभएको छ ।
शिक्षकको माग तुरुन्त सम्बोधन गरिनुपर्छ : काँग्रेस महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकको माग तुरुन्तै सरकारले पुरा गर्नुपर्ने बताउनु भएको छ ।
हिउँपहिरोमा दुई जना बेपत्ता
म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुई जना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बिचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले बताउनुभयो ।
केपी ओली कप क्रिकेट : सिइसी काठमाडौँ सेमिफाइनलमा
पोखरा रङ्गशालाको क्रिकेट खेल मैदानमा जारी केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिइसी काठमाडौँ सेमीफाइनलमा पुगेको छ ।
वायु प्रदूषणले आँखाका बिरामी बढे
वायु प्रदूषणले गर्दा आँखाका बिरामी बढेका छन् । हाल जिल्लामा आँखा उपचार हुने सरकारी तथा निजी अस्पतालहरूमा आँखाका बिरामीको चाप बढेको हो ।
गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्ने आचार्य चार दिनदेखि फरार, कारबाही गर्न माग
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीमाथि आक्रमण गर्ने सन्दीप आचार्य चार दिन फरार रहेको प्रहरीले जनाएको छ ।
तनहुँमा तीन दिन विद्युत सेवा अवरुद्ध
तनहुँको व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका केही क्षेत्रमा सोमबार देखि तीन दिनको लागि विद्युत सेवा अवरुद्ध भएको छ ।
बुढीगण्डकीमा डुबेर एक बालक बेपत्ता
बुढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता हुनुभएको छ ।
‘स्वास्थ्य बिमा व्यवस्थित बनाउनुपर्छ’
नेपालमा स्वास्थ्य बिमा लागु भएको नौ वर्ष पुगेको छ । हुनेहरूले नहुनेका लागि योगदान गर्ने तथा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्ने लक्ष्यसहित थालिएको बिमा अभियानलाई अझै प्रभावकारी बनाउनुपर्ने सरोकारवालाले जोड दिएका छन् ।
थारू विद्यार्थी समाजको अध्यक्षमा विमल
थारू विद्यार्थी समाजको केन्द्रीय अध्यक्षमा सप्तरीका विमल चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले अर्का उमेदवार गिता चौधरीलाई ३३ मतान्तरले पराजित गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
कृषकलाई चैते धानको बिउ अनुदानमा
महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।
‘कालिका कप’को उपाधी गलकोट नगरपालिकालाई
‘कालिका कप’ पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी गलकोट नगरपालिकाले जितेको छ ।
फुटबलर दिपेशको प्रशिक्षणलाई जुट्यो सहयोग
नेपाली राष्ट्रिय टिमको अन्डर–१३ फुटबल खेलाडी दिपेश गुरुङलाई लमजुङ सेवा समिति हङकङले आर्थिक सहयोग गरेको छ । लमजुङको क्व्होलासोँथार गाउँपालिका–३, फुल्म्रोका दिपेश गुरुङको शैक्षिक तथा खेल प्रशिक्षणका लागि समितिले आर्थिक सहयोग गरेको हो ।
अन्नपूर्णमा आरोहण सुरु
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्त यामको आरोहण सुरु भएको छ ।