गुणबहादुर रोका
सुलीकोट, चैत २५ गते । बुढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता हुनुभएको छ ।
बेपत्ता हुनेमा गोरखाको गण्डकी गाउँपालिका–८ का ११ वर्षीय निकेश नेपाली भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शनिबार दिउँसो करिब ४:०० बजे गण्डकी गाउँपालिका–८ बुढीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर अहिलेसम्म बेपत्ता भएको उहाँले बताउनुभयो ।
बेपत्ता भएका नेपालीलाई स्थानियले पौडी खेल्दा खेल्दै बेपत्ता भएपछि घरपरिवार र स्थानियलाई खबर गरेपछि आफन्तले आइतबार प्रहरीमा खोजिदिन भन्दै जिल्ला प्रहरी कार्यालय गोरखामा निवेदन दिएका थिए ।
प्रहरी नायब उपरीक्षक सुवेदीले भन्नुभयो, “स्थानिय र प्रहरीको टोलीले २ दिनसम्म खोजी कार्य गर्दा समेत बेपत्ता नेपाली फेला परेको छैनन् ।”