हराउँदै चैते दसैँ मेलाको मौलिकता
चैते दसैँको विषयलाई समेटेर गायक बिमराज क्षेत्री, टीका क्षत्री र र सर्मिला गुरुङले वर्षौँअघि गाएको गीत हो यो । बागलुङको चैतै दसैँ मेलाका रूपमा मात्रै नभई प्रेम र प्रेमिकाको भेट्ने मौकाको रूपमा रहेको पनि गीतले भाव बोकेको छ ।
केपी ओली कप क्रिकेट : स्याङ्जा र काठमाडौँको विजयी सुरुवात
केपी ओली कप टी–२० राष्ट्रिय खुुला पुरुष क्रिकेट प्रतियोगितामा स्याङ्जा र काठमाडौँले विजयी सुरुवात गरेको छ ।
दाउन्नेमा अब सवारी साधन रोकेर बाटो विस्तार गरिने
नारायणघाट–बुटबल सडक खण्डको दाउन्नेमा अब दिउँसो पाँच घण्टा र राति ६ घण्टा आवागमन बन्द गरी सडक विस्तारको काम गरिने भएको छ ।
वर्षाै पुरानो ‘बाह्रबिसे’ मेलाको तयारी पूरा
स्याङ्जाको वालिङ नगरपालिकाको परम्परागत बाह्रबिसे (चैतेदसैँ) मेलाको तयारी पूरा भएको छ । वालिङ ९ र १३ को सिमानास्थित आँधीखोला किनारमा लाग्ने चैते दसैँ मेलाको तयारी पूरा भएको बाह्रबिसे बजार संरक्षण समितिका अध्यक्ष अर्जुन गौतमले जानकारी दिनुभयो । रामनवमीको दिन आइतबार मेला लाग्ने उहाँको भनाइ छ ।
फिस्लिङ–आग्रिडाँडा सडक अनिश्चितकालका लागि बन्द
गोरखाको गण्डकी गाउँपालिका–६ अन्तर्गत पर्ने पृथ्वीराजमार्गको फिस्लिङदेखि आग्रिडाँडा हुँदै गाउँकार्यपालिका जाने सडकखण्ड शनिबारदेखि अनिश्चियतकालका लागि बन्द भएको छ ।
चैते धान प्रवर्धन गर्न किसानलाई प्रोत्साहन
कृषि ज्ञान केन्द्र तनहुँले चैते धानखेती प्रवर्धन गर्न किसानलाई प्रोत्साहन गरेको छ । भारताबाट चामल र चिउराको आयातलाई घटाउन यहाँका किसान अनुदान दिएरलाई प्रोत्साहन गर्न थालिएको हो ।
खेलका माध्यमबाट पर्यटन प्रवर्धनमा टेवा पुग्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुदको माध्यमबाट पोखरा र गण्डकी प्रदेशकै पर्यटनको प्रवर्धन गर्न सकिने बताउनुभएको छ ।
रायोको सागमा ९९ प्रतिशत विषादी
नवलपुर सदरमुकाम कावासोतीमा बेच्न राखेको रायोको सागमा अत्याधिक विषादी प्रयोग गरेको पाइएको छ । कावासोतीको हाट बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा अत्याधिक मात्रामा विषादी प्रयोग गरेको पाइएको हो ।
चैत्राष्टमी मेलामा स्थानीय उत्पादन (फोटो फिचर)
आधुनिक मुद्राको प्रचलन अघिनै यहाँ वस्तुहरूको विनिमय हुन्थ्यो । वर्षभरी घरायसी प्रयोजनका लागि आवश्यक सामग्रीको जोहो गर्न बागलुङ र आसपासका नागरीकको भरोसा आफ्नै घरमा उत्पादन भएका वस्तुमा नै थियो ।
रघुगङ्गाको कोसेरा खोलामा स्टिल ट्रस पुल निर्माण
रघुगङ्गा गाउँपालिकाको दुर्गम गाउँ कुइनेको कोसेरा खोलामा स्टिल ट्रस प्रविधिको पुल निर्माण गरिएको छ । पुल निर्माण भएसँगै बर्खायममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।
चैत्राष्टमीमा भक्तजनको घुइँचो
चैत्राष्टमीको अवसरमा नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठको रुपमा रहेको कालिका भगवती मन्दिर बागलुङमा शनिबार श्रद्वालु भक्तजनको घुइँचो लागेको छ । चैत्राष्टमीको दिन मन्दिरमा पूजा गर्ने भक्तजनहरु देशका विभिन्न स्थानबाट बिहानैदेखि आएका छन् ।
हिम पहिरोमा बेपत्ता चिनियाँको शव फेला
माछापुच्छ्रे, चैत २३ गते । कास्कीको अन्नपूर्ण आधार शिविर पुगेर फर्किने क्रममा हिम पहिरोमा बेपत्ता हुनुभएका चिनियाँ नागरिकको शव फेला परेको छ । २७ वर्षीय चेङयुअने गत चैत ११ गतेदेखि बेपत्ता हुनुभएको थियो । सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य तिमिल्सेनाका अनुसार शनिवार उहाँको शव फेला परेको हो । उहाँको खोजीमा नेपाल प्रहरीको साथै कालिका गणका सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमान्डमा विपद् व्यवस्थापन टोली खटिएको थियो । सशस्त्र प्रहरीको टोलीले उहाँको शव फेला पारेको हो । बेपत्ताका आफन्त र चिनिया राजदूतावासका कर्मचारी पनि घटनास्थल पुगेको थिए ।
उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन माग
करिब एक दशकदेखि लगातार स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा प्रतिनिधि र प्रदेश सभा सदस्यले पर्यटकलाई सहज आवतजावतको वातावरण बनाउन गरेको माग पूरा भएको छैन । माथिल्लो मुस्ताङमा पर्ने तीन वटा स्थानीय तहका जनप्रतिनिधिले चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्रमा रहेको उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन माग गरिरहेका छन् ।
प्रदेश नीति तथा आयोगमा रिजाल र लामिछाने नियुक्त
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पर्वतका डा योगेन्द्रराज रिजाल र कास्कीकी दुर्गा लामिछानेलाई सदस्य नियुक्त गरेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले जानकारी दिनुभयो।
तनहुँको भानुमा बस पल्टियो : १५ जना घाइते, चालक फरार
तनहुँको भानुमा बस दुर्घटना भएको छ । शुक्रबार जिल्लाको भानु नगरपालिका १ अधेरी खोला नजिक बस पल्टिएको इलाका प्रहरी कार्यालय भानुका प्रमुख दीपक कुँवरले जानकारी दिनुभयो ।
समाज रूपान्तरणमा गीत शक्तिशाली : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रूपान्तरणमा गीत सङ्गीत शक्तिशाली हुने बताउनुभएको छ ।
कालीगण्डकी नदीमा एक पुरुष मृत फेला
माछा मार्न भनी हिँडेका एक पुरुष कालीगण्डकी नदीमा मृत अवस्थामा फेला परेको छ । रम्भा गाउँपालिका–१ असेर्दीका ५२ वर्षीय सञ्जय बोटे रम्भा–१, बिसमुरे घाटमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
गाउँपालिका अध्यक्षमाथि आक्रमण
नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीमाथि आक्रमण भएको छ ।
पृथ्वीराजमार्गको पूवीखण्डमा ६१ किलोमिटर सडक कालोपत्र
विस्तारको काम भइरहेको पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डको ६६ किमी सडकमा अन्तिम चरणको कालोपत्र पूरा भएको छ ।
उद्यमशीलता प्रवर्धनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ
सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्यमशीलताको प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
म्याग्दीमा शैक्षिक सत्र अगावै पुस्तक
यहाँ नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण गर्न थालिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो ।
मध्यनेपालमा रैथाने बाली प्रवर्धन गरिने
कुनैबेला मुख्य बालीमा पर्ने कागुनो खेती अहिले भने लोपोन्मुख अवस्थामा पुुगेको छ ।
वनको डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु
वनमा लागेको डढेलो आगो निभाउने क्रममा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रिव्दीकोट गाउँपालिका–७, पालुङ्मैनादीका ६१ वर्षीय टेकबहादुर सर्तुङ्गीमगर रहनुभएको छ ।
बागलुङको गलकोटमा सघन सहरी विकास आयोजना सञ्चालन
पश्चिम बागलुङको गल्कोट नगरपालिकामा सघन सहरी विकास आयोजना सञ्चालनमा आएको छ । नगरका शहरी क्षेत्रलाई व्यवस्थित बनाउने, विकासले प्रभाव पारेका स्थानीयलाई आयआर्जनमा जोड्ने, पूर्वाधारमा अब्बल र नगरको आफ्नै सहरी शासकीय क्षमता विकास गर्ने लक्ष्यसहित सघन सहरी विकास आयोजना सञ्चालनमा ल्याइएको हो ।