संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
जिल्लाको बारागुङ मुक्तिक्षेत्र–४ कागबेनी गाउँभित्र भग्नावशेष अवस्थामा बाह्र सय वर्ष पुरानो ऐतिहासिक दरबार छ । पूरै सख्खर माटोले निर्माण भएको सात तलाको यो दरबार अहिले चार तलामा परिणत भएको छ ।
मेयरकपको उपाधि वडा ३ लाई
मेयर कपको पुरुष फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले जितेकाे छ ।
झुण्डिएको अवस्थामा मृत फेला परे वडाध्यक्ष
जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मृत भेटिनुभएको छ । सो वडाको काँक्राखोर बस्ने ५० वर्षीय कर्णबहादुर भण्डारी मृत अवस्थामा भेटिनुभएको हो ।
नसर्ने रोगका बिरामी बढ्दै
बागलुङमा पछिल्लो समय नसर्ने रोग लागेका बिरामीको सङ्ख्या बढेको पाइएको छ ।
अर्खलाथरमा विद्युत् पुगेपछि स्थानीय खुसी
नवलपरासी पूर्व (नवलपुरको) बौदीकाली गाउँपालिका-५ बबकको अर्खलाथरमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि स्थानीय निकै हर्षित भएका छन् ।
नारायणी नदीमा बेपत्ता भएका दुवै जनाको शव फेला
पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–१ स्थित नारायाणी नदीमा बेपत्ता भएका दुवै जनाको शव फेला परेको छ ।
सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो
जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मालिकाधुरी जाने यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिका र रघुगङ्गा गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मालिकाधुरीमा पुग्न रघुगङ्गा गाउँपालिका-६ ठाडाखानीबाट सडक निर्माण गरिएपछि यात्रा छोटिएको हो ।
बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक सम्पन्न
चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले सबैभन्दा बढी बजेट विनियोजन गरेको बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक आयोजना लक्ष्य भन्दा तीन महिना अघि सम्पन्न भएको छ ।
पातपतिङ्गर सङ्कलन गर्नेलाई गाउँपालिकाद्वारा प्रोत्सहन रकम
गोरखाको भिमसेन थापा गाउँपालिकाले पालिका भित्र रहेका सामुदायिक वनमा डढेलो नियन्त्रण गर्नका लागि पातपतिङ्गर सङ्कलन गर्नेलाई प्रोत्सहन स्वरुप नगद उपलब्ध गराउने भएको छ ।
पाँच वर्षपछि कालीगण्डकीमा पुल निर्माण
कोरोना महामारी लगायत विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीले ढिलाई गर्दा निर्धारित समयभन्दा पाँच वर्ष ढिला गरी बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकीमा पुल निर्माण भएको छ ।
सघन सहरी विकास आयोजना सञ्चालन
पश्चिम बागलुङको गलकोट नगरपालिकामा सघन सहरी विकास आयोजना सञ्चालनमा आएको छ ।
पुरिन थाल्यो नुन खानी
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, तेताङकी कुनसाङ गुरुङ गाउँबाट डेढ घण्टाको दुरीमा रहेको नर्साङखोलाको किनारस्थित नुन खानीबाट हिउँदको समयमा नुन ल्याएर प्रयोग गर्नुहुन्छ ।
दाउन्नेमा आजदेखि गाडी रोकेर काम, बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्डमा पर्ने दाउन्ने खण्डमा आजदेखि गाडी रोकेर सडक विस्तारको काम गरिने भएको छ । आजदेखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकेर सडक विस्तारको काम गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग
बागलुङको निसीखोला गाउँपालिका–७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्ने पदमार्ग निर्माण गरिएको छ । बुर्तिवाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरी रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो ।
नारायणीमा डुबेर दिदीभाइ बेपत्ता
नवलपुरको गैडाकोट नगरपालिका–१ ब्रिटिश पेन्सन क्याम्पनजिकै नारायणी नदीमा बेपत्ता भएका दिदीभाइ अझै फेला परेका छैनन् ।
ऋण भुक्तानका लागि पुराण !
बागलुङमा सहकारीप्रतिको नकारात्मक भ्रम चिरेर ऋणीलाई ऋण तिर्न प्रेरित गर्न सहकारी पुराण लगाइएको छ ।
म्याराथन र खेलाडीका लागि दुई करोडको अक्षयकोष
नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले पोखरा अन्तर्राष्ट्रिय म्याराथन, प्रतिभावान खेलाडी प्रोत्साहन र खेलाडी उत्पादनका लागि दुई करोड रुपियाँको अक्षयकोष बनाउन सुरु गरेको छ ।
लेक लागेर पर्यटकको मृत्यु
तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना कोरियाली नागरिकको मृत्यु भएको छ । जिल्लाको ङिस्याङ गाउँपालिका-९ थोरोज खोला भन्ने स्थानमा उहाँको मृत्यु भएको हो ।
स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा
घरपझोङ गाउँपालिकाका युवा यतिबेला स्थानीय स्तरको प्राकृतिक तथा जैविक सम्पदा जोगाउन जुटेका छन् ।
केपी ओली कप क्रिकेट : गण्डकी हिरोज र हिमालयन विजयी
दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मङ्गलबार गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमी विजयी भएको छ ।
अन्नपूर्णको हिउँपहिरोमा बेपत्ता भएकाको उद्धारमा कठिनाइ
अन्नपूर्ण प्रथम हिमाल आरोहणका क्रममा सोमबार बेपत्ता भएका दुई जना शेर्पाको उद्धारमा कठिनाइ भएको छ ।
लोभलाग्दो च्याउखेती
जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । कृषि पेसाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत ११ वर्षदेखि व्यावसायिक कृषिखेतीमा सक्रिय खत्रीले च्याउ र तरकारीखेतीबाट बर्सेनि रु १२ लाखभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ ।
पुनहिलमा विद्युत सेवा विस्तारपछि पर्यटकलाई सहज
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ स्थित पर्यटकीय स्थल पुनहिलमा विद्युत सेवा विस्तार भएपछि यहाँ पुग्ने पर्यटकलाई सहज भएको छ ।
आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क
आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीको उपचार आँबुखैरेनी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको छ । गाउँपालिकाको शिक्षा समितिले पालिकाभित्रका कुनै विद्यार्थी बिरामी भए आँबुखैरेनी अस्पतालभित्र हुने सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।